इन्जिनियरिङ शिक्षा

Loading...

विपीन पोख्रल ,काठमाडौँ
नेपाली समाजमा इन्जीनियरिङ पेशालाई सम्माननिय पेषाको रुपमा लिइन्छ ।विकाश निर्माणको गति संगै इन्जिनियरहरुको माग समेत बढेको छ । राष्ट्र निर्माणमा दक्ष इन्जनियरहरुको भुमीका पनि महत्वपूर्ण हुने गर्दछ । इन्जनियरहरुको महत्वपूर्ण भूमिका संगै इन्जिनियरिङ शिक्षाको पनि महत्व दिनानुदिन बढ्दो छ ।एउटा बालकलाई भविष्यमा तिमी के बन्न चाहान्छौ भनेर सोधियो भने उसको उत्तर इन्जिनियर पाईलट ,अथवा,डाक्टर नै भन्ने हुन्छ । सामान्यतया यसरी हेर्दा अभिभावकरु नै आफ्ना सन्तति इन्जियर भएर आफ्नो भविष्यको सुनौलो रेखा कोर्ने चाहाना राख्ने बताउछन् मनोविद् डाक्टर गोपीलाल न्यौपाने ।इन्जिनियर त्यो हो जसले विकाशलाई नियालेर मात्र हेर्दैन,विकासको त्यो सपनालाई साकार बनाउन महत्वपूर्ण भूमिका समेत निर्वाह गर्छ ।समाजिक प्रतिष्ठा संगै नाम र दाम पनि पाईने हुदा इन्जिनियरिङ पेशा तर्फ नेपाली विद्यार्थीहरु लालायीत हुने गरेका छन् । नेपालमा इन्जीनियरिङ शिक्षाको अवस्था पनि सन्तोष जनक नै रहेको जानकारहरु बताउछन् ।नेपाली विद्यार्थीले दश जोड दुइमा विज्ञान संकायमा फीजीक्स र म्याथ लिएर उत्तिर्ण गरेपछि स्नातक तहमा इन्जीनियरिङ पढ्न पाउछन् । नेपाल इन्जिनियरिङ काउन्सिलको तथ्याङक अनुसार वर्षेनि १६ वटा विषयमा ३० हजार भन्दा वढि विद्यार्थीले आवेदन दिने गरेका छन् ।जस मध्य नेपालमा इन्जिनियर अध्ययनका लागी चारवटा विश्वविद्यालयमा वार्षीक आठ हजार तिन सय सत्तरी सिट संख्या रहेको छ । वर्षेनि हजारौको संख्यामा नेपाली विद्यार्थीले इन्जिनियरिङ शिक्षा आर्जन गर्ने गरेको तथ्याङक शिक्षा मन्त्रालय संग छ ।नेपाल इन्जिनियरिङ काउन्सिलको तथ्याङ्कलाई हेर्ने हो भने नेपाली विद्यार्थीहरु स्वदेशमा मात्र नभई इन्जनियरिङ शिक्षा आर्जनका लागी छिमेकि राष्ट्र भारत ,चिन र वंगलादेशमा पनि जाने गरेका छन् । विदेशी विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या पनि उल्लेखनिय रहेको छ ।नेपाली विश्वविद्यालयमा रहेको वढ्दो राजनितिक गतिविधीका कारण पनि नेपाली विद्यार्थी विदेशीनु परेको शैक्षिक परामर्ष संघ इक्यानका अध्यक्ष राजेन्द्र वराल बताउछन् । उनि भन्छन् ,इन्जिनियरिङ अध्ययनका लागी नेपाली विश्वविद्यालयमा रहेको सिमित सिट संख्याका कारण पनि विद्यार्थी विदेशिनु परेको छ । इन्जिनियरिङ पेशामा आकर्षक आम्दानि विषयभित्रको विविधतासंगै विकास निर्माणको साझेदार हुने अवसरका कारण पनि नेपाली विद्यार्थीले इन्जीनियरिङ शिक्षातर्फ लालायीत हुने गरेका छन् । नेपालमा नै गुणस्तरीय ईन्जिनियरिङ शिक्षा दिइरहेको र नेपाली उत्पादनले नै नेपाली बजारमा रोजगार पाईरहेको वुझाई इन्जिनियरिङ काउन्सीलका अध्यक्ष सत्यनारायण साहको छ । उनि भन्छन् ,विगत केही वर्षयता इन्जिनियरिङ कलेजको संख्या बढेसंगै गुणस्तरमा पनि सुधार ल्याउन थालिएको छ ।इन्जिनियरिङ पेशा वास्तवमा सुरक्षित करियर संगै समाजीक प्रतिष्ठाको विषय पनि भएकाले यो क्षेत्रमा लाग्ने जो कोहिको पनि भविष्य उज्वल छ ।तर, नेपालमा दक्ष जनशक्तीको अभावका कारण भने इन्जिनियरिङ शिक्षा केही प्रभावित भएको छ ।काउन्सीलको तथ्याङ्क अनुसार त्रिभुवन ,काठमाडौँ,पोखरा,पूर्वाञ्चल र सुदुरपश्चिम विश्वविद्यालयले इन्जिनियरिङ शिक्षा अध्यापन गराईरहेका छन् ।नेपालमा इन्जनियरहरुको माग बढ्दो भएपनि विकाश निर्माणका काम सुस्त गतिमा हुनुले नेपाली उत्पादन पनि रोजागारका लागी विदेशीने गरेको र विदेशमा नै अध्ययन गरेको नेपाली विद्यार्थी उतै काम गरेर बस्ने गरेको इन्जिनियर एसोसिएसनका अध्यक्ष धुव्र थापा बताउछन् ।काउन्सिलले नेपाल बाहेकका ४१ देशका ५ सय ७१ वटा विश्वविद्यालयमा अध्ययन गर्न पाइने अुनुमति दिएको छ ।यसमध्य सवै भन्दा वढि भारतमा १सय ६२,चिनका ४३,यूएसएसआरको ८०,रसिया फेडेरेसनको ३३,अमेरिकाको ५३,वेलायतको २२ लगाएतका देशका विश्विद्यालयमा काउन्सीलले अनुमति दिएको हो ।करिव दुइदशक अघि मात्र सिभिल इन्जिनियरिङ पढाई हुने देशमा हाल इलेक्ट्रिकल,मेकानिकल,इलेक्ट्रोनिक्स,कम्प्यूटर,जियोलोजि,इन्र्फसमेशन टेक्नोलोजि,इन्ड्रसट्रियल इन्जिनियरिङ पढाई हुने गरेको छ ।वढुदो सुचना प्रविधिको विकास संगै कम्प्यूटर र आइटि इन्जिनियरहरुको माग दिनानुदिन बढ्दो छ । नेपालमा गत वैशाख १२ गते गएको विनासकारी महाभूकम्प पश्चात भत्कियका सम्रचनाको पुर्ननिर्माणका लागी पनि सिभिल इन्जिनियर तर्फ दक्ष जनशक्तीको माग बढेको छ ।नेपालमा विश्वविद्यालयबाट इन्जिनियरिङ अध्ययन सकेका विद्यार्थीले काउन्सिलबाट नाम दर्ता गराई लाइसेन्स लिनुपर्ने प्रावधान रहेको छ ।गत साउन सम्मको तथ्याङकलाई हेर्ने हो भने २८ हजार ९ सय ४८ इन्जिनियरले काउन्सिलबाट लाईसेन्स लिईसकेका छन् ।नेपाली उत्पादन पनि विश्ववजारमा विक्न सकेका थुप्रै उदाहरणहरु रहेको छन् । नेपालको इन्जिनियरिङ शिक्षा दक्षिण एसियामानै उत्कृष्ट सावित भईसकेको दावि गर्छन काउन्सिलका सदस्य सिव प्रसाद कोइराला।त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन लिएर सञ्चालीत कलेजको गुणस्तर राम्रो रहेको दावि उनको छ ।पछिल्लो वर्षहरुमा नेपालमा स्नातक उत्तिर्ण गरेर स्नातकोत्तर अध्ययनका लागी अमेरिकी र यूरोपीयन देशमा जाने विद्यार्थीको संख्या पनि उल्लेखनिय नै छ । नेपाली उत्पादन रोजगारका लागी यूएयी, कतार , मलेसिया जस्ता खाडि राष्ट्रमा जाने क्रम पनि बढ्दो छ ।नेपालको सानो भुभाग र विकास निर्माणमा भएको सुस्तगति संगै राजधानि केन्द्रित इन्जिनियरिङ अध्ययन संस्थाका कारण पनि नेपालको इन्जिनियरिङ शिक्षा प्रभावित हुन पुगेको छ ।
नेपाल इन्जिनियरिङ परिषद्बाट सञ्चालीत इन्जिनियरिङ कलेजहरु
१,आईओई,पुलचोक ललीतपुर
२,पश्चिमाञ्चल क्याम्पस,पोखरा
३,एडभान्सड कलेज अफ इन्जिनियरिङ,ललीतपुर
४,नेशनल कलेज अफ इन्जिनियरिङ,काठमाडौँ
५,पूर्वाञ्चल क्याम्पस,धरान
६,हिमालयन कलेज अफ इन्जिनियरिङ,च्यासल
७,काठमाडौँ इन्जिनियरिङ कलेज,कालीमाटि
८,कान्तिपुर इन्जिनियरिङ कलेज,धापाखेल
९,थापाथली क्याम्पस,थापाथली
१०,ख्वपा कलेज अफ इन्जिनियरिङ,भक्तपुर
११,जनकपुर इन्जिनियरिङ कलेज
१२,क्याथफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट,वालकुमारी
१३,सगरमाथा इन्जिनियरिङ कलेज,सानेपा
१४,ललीतपुर इन्जिनियरिङ कलेज ,ललीतपुर
१५,गण्डकी इन्जिनियरिङ कलेज,लामाचौर पोखरा
१६,कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजि,ललीतपु्र
१७,नेशनल एकेडेमि अफ साइन्स एण्ड टेक्नोलोजि,धनगडी
१८ नेपाल कलेज अफ इन्र्फमेशन टेक्नोलोजि ,ललीतपुर
१९,नेपाल इन्जिनियरिङ कलेज,ललीतपुर
२०,लुम्विनि इन्जिनियरिङ कलेज म्यानेजमेन्ट एण्ड साइन्स, रुपन्देही
२१,पोखरा इन्जिनियरिङ कलेज,पोखरा
२२,अक्सफोर्ड इन्जिनियरिङ कलेज एण्ड म्यानेजमेन्ट,गैडाकोट, नवलपरासी
२३,एभरेष्ट इन्जिनियरिङ कलेज एण्ड म्यानेजमेन्ट
२४,राप्ति इन्जिनियरिङ कलेज ,दाङ
२५,युनाइटेड टेक्निकल कलेज,चितवन
२६,पोखरा युनिभर्शीटि स्कुल अफ इन्जिनियरिङ
२७,युनिभर्शल साइन्स कलेज,ललीतपुर
२८,कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेनट
२९,स्कुल अफ साइन्स,धु्लीखेल
३०,स्कुल अफ इन्जिनियरिङ,धुलीखेल
३१,एक्मी इन्जिनियरिङ कलेज,सीतापाईला
३२,हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज,नयाँ वानेश्वर
३३,कान्तिपुर सिटि कलेज,पुतलीसडक
३४,ईष्ट्रन कलेज अफ इन्जिनियरिङ ,विराटनगर
३५,ख्वपा इन्जिनियरिङ कलेज,भक्तपुर
३६,कलेज अफ इन्फरमेशन टेक्नोलोजि,काठमाडौँ
३७,हिमालय इन्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजि,काठमाडौँ
३८,स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजि,विराटनगर
३९,कलेज अफ वायोमेडिकल इन्जिनियरिङ,विशालनगर,काठमाडौँ
४०,आर्यन स्कुल अफ इन्जिनियरिङ,मध्य वानेश्वर
४१,सेन्ट्रल इन्जिनियरिङ कलेज,जनकपुर
४२,जियोमेटिक्स इन्सटिच्युट अफ टेक्नोलोजि,काठमाडौँ
४३,कान्तिपुर इन्टरनेशनल कलेज, लुवु,ललीतपुर
४४,नेपाल पोलीटेक्निक इन्सटिच्युट,भरतपुर
४५,हिलसाइड कलेज अफ इन्जिनियरिङ,कोटेश्वर,काठमाडौँ
४६,मोर्गन इन्जिनियरिङकलेज एण्ड म्यानेजमेन्ट, काठमाडौँ
४७,स्कूल अफ इन्जिनियरिङ,सुदुर पश्चीम,महेन्द्रनगर
४८,पाथीभरा सेन्टर फर एण्डभान्सड स्टडिज,झापा
४९,क्यालीवर कलेज अफ इन्जिनियरिङ, काठमाडौँ

Loading...

Similar Posts :


11

संघीयता नै दुर्घटनामा पर्ने खतरा

कृष्ण खनाल प्रदेश–२ को राजधानी जनकपुरमा आयोजित सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतलाई सामुन्नेमै सत्तारुढ नेकपाका एक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भने, ‘केन्द्रलाई ओभरटेक...

परामर्श व्यवसायमा धराैटि र विदेशी लगानी अावश्यक छैन

सरोज थापा,निर्देशक,निमास एजुकेशन अहिले शिक्षा मन्त्रालयले परामर्श व्यवसायीलाई साखा कार्यालय खोल्न रोक लगाएको छ र धरौटी पनि राख्नुपर्छ भन्ने बहस चलिरहेको छ के भन्नुहुन्छ...

धावनमार्ग पूर्ननिर्माणको लागि फागुनसम्म कुर्दा मुलुकले ठूलो क्षति व्यहोर्नुपर्छ – र्इं. दिपेन्द्र कँडेल

पब्लिक ईनोभेटेर ईं. दिपेन्द्र कँडेलले फागुनभन्दा अगाडिनै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) नबनाईए वर्तमान सरकारले ठूलो क्षति व्यहोर्ने बताएका छन् । मंगलबार नागरिक उड्यन...

शैक्षिक मेलाबाटै विद्यार्थीकाे जिज्ञासा समाधान गर्छाै

अहिले ग्रेस इन्टरनेशनलले अष्ट्रेलिया अध्ययन विशेष शैक्षिक मेला आयोजना गरिरहेकाे छ ,यो शैक्षिक मेलाको उदेश्य के होला ?हामीले अस्ट्रेलियन एजुकेसन फेएर गर्नुकोे मुख्य उदेश्य...

देश विकास गर्ने कि यस्तै गरी चल्ने ?

फोहोर फाल्न पैसा दिन्छौं फोहोर घर भित्रै थुप्रि रहन्छ हप्तौ सम्म ! जलस्रोतको धनिदेश, विजुली वत्ति कुन वेला झ्याप्प जान्छ ठेगान छैन! आम्दानीको अनि...

मेडिकल शिक्षा शैक्षिक माफियाको चंगुलबाट मुक्त राख्नुपर्छ

नेपालमा मेडिकल शिक्षाको विषयमा विवाद र बहस चलिरहदा मेडिकल शिक्षाको अवस्था कता तिर उन्मुख छ भन्ने प्रष्ट देखिएको छ । मेडिकल काउन्सिलले लिने एमबिबिएस...
Loading...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी...