चौतर्फी संकटका यी कहालिलाग्दा श्रृङ्खलाहरु

Loading...

राजकुमार उप्रेती,

इतिहासको धेरै जटिल मोडहरु पार गर्दै , हालका दिन सम्म आइपुग्दा नेपालले धेरै ऐतिहासिक उपलब्धी हासिल गर्यो, तर ती उपलब्धी संस्थागत हुन नसक्दा, अस्थिरता र संकट भने ज्यूँकात्यूँ नै छ । हामीले बुझेको र थाहा पाएको नेपाल भनेको एउटा गौरवशाली इतिहास र प्रशस्त संम्भावना भएको राष्ट्र हो, तर स्थिती भने आर्दशमा मात्र सिमित छ । यसले के देखाउँछ भने हामीमा पद्दती प्रति विश्वास गर्ने संस्कारको कमी छ , केबल स्वार्थी र संकीर्ण भावको प्रस्तुतीको भावले गाँजेको छ हाम्रो जीवन पद्दतिलाई । यसर्थ पनि विगतका दिनमा हामीले भोगेका र वर्तमानमा हामीलाइ समस्यामा पारेका असामाञ्जस्य पक्षहरु­ अझ भनौ राजनीतिक विश्रृङ्खलता, कुटनीतिक असक्षमता र कटुता तथा अस्पष्टताको मात्र उचित व्यवस्थापन हुुन सके, भावना बलियो हुन्छ­ त्यसैले नै शान्ति, विकास र स्थायित्वलाई सुनिश्चित गर्छ । सबै कुरामा निश्चयात्मक परिणामको अपेक्षा त होइन र गर्नु पनि हुदैन तर न्यूनतम रुपमा पनि कुनै कुराको भरोसा नहुनु अर्को ठूलो विडम्बना हो । यस आधारमा पनि संवेदनशील र दिगो तवरले निर्णय गर्ने बेला आएको छ , इतिहासले दिएको यो अवसरको सदुपयोग गरी सम्पूर्णमा यसको श्रेय र प्रतिफल लिन सकिने वातावरण तय गर्ने तर्फ केन्दि«त हुने की ? यी कुराहरुको सन्दर्भ के सँग छ भन्नेकुरामा स्पष्ट गर्नुपर्दा­ पछिल्ला दिनहरुमा सिर्जित गतिरोध, राजनीतिक मतैक्यता कुटनीतिक तिक्तता र देश व्यापी रुपमा भइरहेको दैनिक उपभोग्य सामाग्रीको अभाव इत्यादी मुख्य कुरा हुन् ।
एकताको सुत्रधार ः संकट समाधानको आधार
आज मुलुकले लोकतान्त्रिक संविधान पाएको छ, तर मधेशमा भड्किएको सद्भावले गर्दा सिंगो देश नै विक्षिप्त छ । हामीमा एकातिर राजनीतिक समिकरण मिलाउनु पर्ने चुनौती छ भने अर्कातिर एक असल छिमेकी सँगको साँठगाँठको उचित निकास खोज्नु छ । यो परिस्थिती भनेको आरोप प्रत्यारोप गर्ने बेला भन्दा पनि बढी विषय केन्दि«त भई विधमान समस्याको दीर्धकालीन समाधान खोज्नु हो । चाहे सरकारको नेतृत्व गर्ने राजनीतिक दल होस् या प्रतिपक्षमा रहेका शक्तिहरु नै किन नहुन, आ­आफ्नो अडानमा कसिलो हुन भन्दा पनि बढी राष्ट्रिय हीतको सवालमा साझा अवधाराणा बनाई सद्भावको बाटो रोज्नुमा नै सम्पूर्णको जीत हुने देखिन्छ । पचास भन्दा बढी दिनको लगातारको मधेश बन्द र एक साता भन्दा बढीको भारतीय अघोषित नाकाबन्दिले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक वृतमा ठुलो चुनौतीको सिर्जना गर्यो ­ अझ संविधान जारी भइसके पछिका दिनहरु त थप तनावग्रस्त देखियो । यसमा कतिपय अवस्थामा तराई आन्दोलन र मधेशी नेताको गतिविधीले समस्यालाई चरम उत्कर्षमा पुर्यायो भने , हामा्रे रोटी बेटीको सम्बन्ध रही आएको, साँस्कृतिक र सामाजिक रुपमा पनि निकट असल छिमेकी देश भारतको आश्चर्यजनक प्रतिक्रियाले ठूलो अभावको सिर्जना भयो । तर, हामी स्वाभिमानी नेपालीले यो भुल्न हुदैन कि ­ दबाव, अभाव र प्रभाव हामी सामु आएता पनि त्यसको विकल्प रोज्नुपर्छ, नेपाली हुनुको भावनात्मक एकता खोज्नु पर्छ ।
अर्कातर्फ, नयाँ सरकार गठनको कुरा पनि अघि बढिरहेको छ । संविधान जारी गर्नु अघिका राजनीतिक सहमती अनुुसार र यसै संविधान अनुसार पनि हालको सरकार विघटन गरी नयाँ राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बाध्यता छ । कहिले भुकम्पको विनाशकारी धक्का त कहिले दक्षिणी (भारतको) धक्काले नेपाललाई ठूलो आर्थिक र राजनीतिक समस्या पैदा गरेको छ । यस विषम परिस्थिती माझ सम्पूर्ण समस्यालाई हल गर्दै, नयाँ संविधानको मर्म अनुरुपको नयाँ सरकार गठन गर्नुपर्ने छ । यस क्रममा हाल मुलुकको शिर्ष पार्टिको रुपमा रहेको नेपाली काँगे्रस र सत्ता साझेदार नेकपा एमाले बिच जोड घटाउ सुरु भइसक्यो । यसका अलावा अन्य दल भने आ­आफ्नो भविष्यका सवालमा सोच्दै छन् । तसर्थ अबको सरकार बनाउने प्रक्रियाले जसरी संविधान निर्माण गर्दाको बखत् देखिएको दलहरु बिचको एकता र प्रतिबद्दता थियो, त्यसलाई नभत्काओस्­ जुन कुराले राजनीतिक स्थायित्व र स्थिीरताको वातावरण निर्माण गर्न सक्छ । अपेक्षा गरौ, हाल मधेस केन्दि«त आन्दोलन र अघोषित नाकाबन्दिको सम्बन्धमा सकारात्मक पहल अघि बढिरहेको छ । क्रमश यसले वातावरण थप सहज तुल्याउँदै सामान्यता तर्फ डोर्याउँछ, तर कुनै पनि पक्षमा आफ्नो स्वार्थलाई बढावा दिने प्रवृतिको अन्त हुनु जरुरी छ, जुन यस प्रक्रियाको अनिवार्य सर्त नै हो ।
हालको विकसित घटनाक्रम र सिक्नुपर्ने शवक
अब भने सबै प्रकारका संक्रमणको अवस्थालाई व्यवस्थापन गरि, प्रगतिशील रुपान्तरणका खातिर अघि बढ्ने बेला आएको छ । कहिले सशस्त्र द्धन्द्ध त कहिले जन आन्दोलन ­ कहिले प्राकृतिक विपत्तिको बज्रपात र निरन्तरको राजनीतिक अस्थिरताले हामीलाई निश्चय पनि सभ्यताको किनारामा अड्याइरहेको छ । अब हामी पानी झैँ बग्नु छ, यथास्थिती बाट माथि उठेर पुन जाग्नु छ । तसर्थ, संविधानको असन्तुष्ट पक्षमा संविधान भित्रको अन्तरवस्तुलाई बुझेर जायज कुराको सवालमा सहमति गरेमा एउटा सहज परिस्थितीको निमार्ण गर्न सकिन्छ भने, तिनै असन्तुष्ट पक्षको मागलाई आधार लिएर असल छिमेकी राष्ट्र भारतले गरेको अव्यवहारीक प्रतिक्रियालाइ पनि सकारात्मक रुपमा दीर्घकालीन समाधान खोज्दै नाकाबन्दि लगाएतका गतिविधीको अन्त्य गर्न सकिन्छ । यो स्वभावीक पनि हो कि, छिमेकी जति सहयोगी भएता पनि अर्को छिमेकीले असल र गुणी (सुन्दर) श्रीमती भित्रायो भने इष्र्या त हुन्छ नै, तर बिस्तारै त्यसको समाधान हुन्छ । ठीक यहि हो, नेपालले जारी गरेको यो लोकतान्त्रिक संविधान र भारतीय प्रतिक्रियाको । कतिपय नाका त खुलिसके तथापी वातावरण थप सहज हुनका लागि छिट्टै औपचारिक वार्ता र निष्कर्ष आउनुपर्छ । अब नेपाली जनताले पुन यस किसिमको विषम् संकटको सामना गर्न नपरोस्­ हामी हाम्रो स्वाभिमानमा र आत्मनिर्भरतामा सक्षम र व्यवहारीक बन्न सकौं । अन्तमा, पुन यो दोहोयाउन चाहन्छुु कि­ हामीमा हाम्रो घर आफै सफा गर्न सक्ने सक्षमता प्रस्तुत गर्न सके, न त अर्काको भर पर्न पर्छ, न त अरुले फोहोर गर्न नै सक्छ । तसर्थ, अबको सरकारको नेतृत्वले यी सम्पूर्ण कुरामा प्रतिबद्ध भई भूमिका खेल्न सकोस्, यही छ कामना । जय देश जय मातृभूमि
                                                                                                                                                                 लेखक कानुनका विधार्थी हुन

Loading...

Similar Posts :


25

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्वाध चलिरहेका छन्...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोकसेवा आयोगलाई पत्र लेखेको छ ।...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ । मलेसियाको शिलानगोर ट्रफ क्लबको...

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अनुशासनहीनता र चुनावका बखत हुने अन्तरघात अन्त्य गर्न आफू प्रतिबद्ध रहेकाे बताएका छन् ।...

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै भेट्यायाे ।...

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताएका छन् । नेपाल महिला सङ्घद्वारा शुक्रबार नयाँ वर्ष २०७६ को...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका