नयाँ प्रधानमन्त्रीको निर्वाचन पर्सी

Loading...

असोज २२-  नयाँ प्रधानमन्त्री चयनका लागि पर्सी ब्यवस्थापिका संसदमा निर्वाचन हुने भएको छ ।
प्रधानमन्त्री चयनका लागि सभामुख सुवास नेम्वाङले असोज २४ गते बिहान ११ बजेका लागि संसद बैठक आह्वान गर्नुभएको हो ।
राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार निर्माणका लागि दिएको एक साताको म्याद सकिएपछि बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चुन्न संसदलाई पत्र पठाउनुभएको थियो ।
सहमतीय सरकारका लागि राष्ट्रपतिले दिएको एक साताको म्याद हिजो सकिएको हो ।
सभामुख नेम्वाङको निर्देशन अनुुसार संसद सचिवालयले आज नै नयाँ प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
भोली विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म प्रधानमन्त्री पदका उम्मेदवर सांसदले उम्मेदवारी मनोनयन गर्नुपर्नेछ । मनोनयनस्थल संसद भवन नयाँ बानेश्वरको ल्होत्से हल तोकिएको छ ।
संसद सचिवालयका अनुसार बहुमतीय पक्रियाका लागि भोली उम्मेदवारी दिने, फिर्ता लिनेलगायत चुनावी कार्यक्रम सन्चालन गर्ने र पर्सी प्रधानमन्त्रीको निर्वाचन गराउने तयारी गरिएको हो ।
५ सय ९८ सदस्य रहेको सदनबाट प्रधानमन्त्री पदमा निर्वाचित हुन कम्तिमा २ सय ९९ मत आवश्यक पर्छ ।

Loading...

Similar Posts :


25

निर्मला पन्तको हत्यारालाई सरकारले नै लुकाउन चाहेकाे देउवाकाे अाराेप

सरकार अधिनायकवाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसका सभापति देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारबिरुद्ध डटेर लड्ने बेला आएको बताएका छन् । कम्युनिस्टहरुको वर्तमान सरकार अधिनायकवादतर्फ...

प्रदेश पाँचमा स्थायी राजधानी तोक्न समस्या

प्रदेश पाँचको स्थायी राजधानी तोक्न गठित समितिले काम गर्न सकेन । गत साउन २४ गतेको प्रदेशसभा बैठकले ५ नं. प्रदेशको नाम र स्थायी राजधानी...

चोरमारामा अाधुनिक पुल निजी लगानीमा निर्माण

चोरमाराका जग्गा व्यापारी लक्ष्मी ज्ञावालीले व्यक्तिगत लगानीमा चोरमाराको उल्टी खोलामा एक करोड बढी निजी लगानीमा गाँउमा अाधुनिक सुविधाकाे तीन तले पुल निर्माण गरेका छन्...

वाणिज्य बैंकहरूकाे मुनाफा उच्च

लगानीयोग्य रकम अभाव भएको भन्दै बैंकहरू आत्तिएको र केही बैंकले ऋण प्रवाह रोकेको समयमा पनि बैंकको खुद नाफा उल्लेख्य रूपमा बढेको छ । अप्ठ्यारो...

१० अर्बको लागतमा पञ्चासेमा केबलकार बन्ने

कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेमा केबलकार बन्ने भएको छ । पञ्चासे केबलकार परियोजनाले १० अर्बको लागतमा केबलकारसहित अन्य संरचना बनाउन लागेको हो ।धार्मिक...

अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ सम्पन्न (फाेटाे फिचर)

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले शनिवार ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ को आयोजना गरकाे छ । काठमाडौं...
Loading...

निर्मला पन्तको हत्यारालाई सरकारले नै लुकाउन चाहेकाे देउवाकाे अाराेप

सरकार अधिनायकवाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसका सभापति देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारबिरुद्ध डटेर...

प्रदेश पाँचमा स्थायी राजधानी तोक्न समस्या

प्रदेश पाँचको स्थायी राजधानी तोक्न गठित समितिले काम गर्न सकेन । गत साउन २४...

चोरमारामा अाधुनिक पुल निजी लगानीमा निर्माण

चोरमाराका जग्गा व्यापारी लक्ष्मी ज्ञावालीले व्यक्तिगत लगानीमा चोरमाराको उल्टी खोलामा एक करोड बढी निजी...