मेरो कल्पनाको नेपाल   

Loading...

मैले सोच्ने गर्थे, जव केहि कुराहरु नेपाल र नेपालीको वारेमा बुझ्न थाले, किन नेपाल गरीब मुलुक भनेर बिश्वमा चिनिन्छ, यद्यपी यहाँ सुन्दर हिमाल उत्तरमा अनवरत हिउँका साथ टल्किरहेको देखिन्छ, अनि गौतम बुद्धको मातृभुमी, सिता भृकुटी जस्ता आदर्श नारीहरुको जन्मस्थलो अनि हिन्दुहरुको तिर्थस्थलो, त्यस्तै तराईका धानको बालाको लहलहाबट, यहाँका वासिन्दाको मेलमिलाप, चालचलन रिति रिवाज आदि, दुर्लभ जिवजन्तुको वासस्थान  छ भने पहाड, उपात्यका हुँदाहुँदै पनि , विविध मठ मन्दिर, चैत्य, गुम्बा, चर्च, मस्जिद आदि हुँदाहुँदै, राजनैतिक चेतना विस्तारै बढ्न थाल्यो अनि लाग्यो नेपालको प्रशासनिक संरचना र यो देशको शासन पद्धति दोषी देख्न थाल्यो। के नेपाल साच्चैको गरिब छ त? के यहाको राज्यसन्चालन प्रकृयाले नै हो त? आदी यस्तै प्रश्नहरु मानसिकरुपमा बढ्न थाल्यो। देशमा राजनैतिक दलले  आहवन गरेका प्रत्यक आन्दोलनमा सहभागी पनि भए। धेरै राजनैतिक परिवर्तन देखियो तर समाजको परिवर्तन र सरकारी कामकाजमा देखिएका ढिलासुस्तिको कारणले भन्न थालेको छ । राज्य सन्चालन पद्धती त गौण रहेछ भन्ने सोच बढ्न थालेको छ। सवैभन्दा ठूलो कुरो मानिसको प्रवृति पो रहेछ, उसको आचरण पो रहेछ, उसको संस्कार पो रहेछ, उसको शिक्षा पो रहेछ। जवसम्म हामी अतितलाई केलाएर वर्तमानलाई  अगाडि बढाउने दृढ सङ्कल्पकासाथ लाग्दैनो यहाका राजनैतिक परिवर्तनले केहि गर्दैन। जसले त्याग गर्छ उसैको इतिहास लेखिन्छ चाहे त्यो गौतम बुद्धको होस या बलिराजाको नै किन नहोस। आज पनि हामी राजा रजौटाको बारेमा पढ्दैछौ र थाह पनि पायौ  किन मानिसहरु बलिराजालाई सम्झन्छन तर अरुको वास्ता नै छैन। त्यस्तै अर्ति उपदेश दिने धेरै मानिसहरु वर्तमान अवस्थामा त पाउछौ तर गौतम बुद्धका समकालिनको नाम आउदैन किन कि गौतम बुद्ध र बलिराजाले आफुसंग भएका भौतिक सुखसयललाई त्यागि आत्मिय सुखसयलको बाटो रोज्दै लोभ र पापलाई त्याग्दै मानव विचारलाई परिवर्तन गर्ने बाटो रोजे।त्यसैले आज मानवबाट भगवान बन्न पुगे गौतम बुद्ध। नेपालीलाई लाग्न थाल्यो नेपाल पछि पर्नको कारण यहाको केन्द्रकृत शासन पद्धती र आवश्यक सोचे सङ्घिय शासन पद्धती। तर जुन दिन सङ्घियताको घोषणा भएको छ, यसले तराइमा आगो बलिरहेको छ । अनि राजधानी लगायत अन्य नेपालका भुभागहरु इन्धनको अभावमा भोकभोकै या काँचै खानुपर्ने वा पैदल हिड्नुपर्ने भएको छ। त्यसैले भन्नै पर्छ देश उदोगतिमा लाग्नुको कारण नेपाली नेता तथा कर्मचारीको गैरजिम्मेवारीपुर्ण गतिबिधिनै हुन। यहा आज गौतम बुद्धलाई नेपाली भनेर गर्भ गर्नेले बसन्तपुरको पेरिफेरिबाट पुर्व मेचिदेखि पश्चिम महाकालीलाई नेपाल बनाउने राजा पृथ्वी नारायण शाहका शालिक ढालिन्छन। के नेपाल एकिकरण नभएको भए आज नेपालले सगरमाथा र गौतम बुद्ध, जो भिन्नै राज्यका राजकुमार थिए, उनलाई नेपाली भन्न सक्ने थियौं ? त्यसैले आज बुझ्नै पर्छ , न  गौतम बुद्ध नेपाली थिय न सगरमाथामा नै नेपाल थियो। यि दुवैलाई नेपालको सम्पदा बनाउने काम पृथ्वी नारायण शाहले गरेका हुन र उनको योगदानलाई नेपालीले चाहेर पनि भुल्न हुँदैन। होला एकिकरणको समयमा कयौ मानिसहरु मारिय पनि समग्रमा यसलाई बृहत नेपालको भलाईको लागि विर्सनु पर्छ, जसरी हिजो २०औ हजार मानिसहरु मारेर अहिले सरकार हाँकिरहेका छन। यदि पृथ्वी नारायाणलाई गलत सावित गर्न खोजिन्छ भने ति हजारौ मानिसमार्नेहरुलाई पनि यो छुट हुने छैन किनकि यि दुवै थरी नेपाली हुन। न्याय सवैले पाउनुपर्छ। यो आजको आवश्यकता हो। नेपाली नेताहरुले भारतलाई साक्षी राखेर दिल्लीमा गरेको अराष्ट सम्झौताले गर्दा आज तराई जलेको छ, इन्धनको अभावमा नेपाल प्रशव पिडामा जस्तै छ , जताततै कोलाहल छ। त्यसैले जातिय, क्षेत्रीय, रुपमा बिना सोचमा उठाइएका आबाजहरुले आज देशलाई तहस नहस बनाइराखेको छ। यसको अन्त्य तुरुन्त गर्नुपर्छ। तपाई मान्नोस या नमान्नोस यो देशमा सङ्घियता र धर्मनिरपक्षता  आगमी दिनमा पनि द्वन्दका कारण बनिराख्ने छन। संविधान जनताको विचार समेट्दा यिनको उच्चारण गर्नुपर्ने थियो। यि कुराहरु नसमेटियकोले मैले पनि अहिलेको संविधानलाई पूर्णरुपमा मेरो मुटुको ढुकढुकिसँग दाज्न सकेको छैन किनकि मेरो सुझावलाई लत्ताएको छ।  मैले कल्पना गरेको नेपालमा कुनै भेदभाव बिना हिमालको भोटे होस वा तराइको मधेशी वा पहाडको बाहुन वा भक्तपुरको ज्यापु वा जङगललाई नै आफ्नो  स्थलो मान्ने राउटे वा पुर्वको राई होस वा पश्चिमको मगर सवैले आफ्नो क्षमता अनुसार खुला प्रतिस्पर्धामा आएर योग्य ब्यक्ति ठिक स्थानमा हुनुपर्छ र आरक्षण जसले भेदभावलाई बढवा दिन्छ त्यसको अन्त्य गर्नुपर्छ। मेरो सोचमा अशिक्षितलाई आवाशिय निशुल्क शिक्षा र गरीबलाई उद्योगधन्दामा राम्रो रोजगारीको  व्यवस्था गर्नुपर्छ जसले गर्दा समाजमा रहेका सवै किसिमका द्वन्दको अन्त्य हुनेछ र नेपाल अनि मात्र सम्वृद्धिको बाटोमा लम्कने छ। हाम्रो नेपाल हाम्रो राष्टिय गान जस्तै हुनुपर्छ। नेपाल एक  सुन्दर वगैचा बनोस जहा सवै प्रकारका भमराहरु रसोस्वादन्को केन्द्र बिन्दु बनोस। अन्तमा भन्नै पर्छ जवसम्म राजनैतिक दलका नेता र कर्माचारीले आफुलाई यो देशका मालिक नभनी आफुलाई सेवकको रुपमा उतार्ने छन , त्यो दिनदेखि नेपालीको दुखका दिनहरु सदाका लागि अन्त्य भएर नेपाल एक सम्बृद्धिको  बाटोमा लम्कने छ र छिट्टै सम्पन राष्ट्र बन्ने छ किन कि न नेपाल गरीब छ न नेपाली नै । यहाको गरीव भनेको त यहाँको सरकार सधै आफूलाई भिकारीको रुपमा उतार्यो नकि कहिल्यै स्वावलम्वी बन्नु पर्छ भन्ने सन्देश जनतामा पुर्यायो। यहाको माटो, पानी, हावा, र युवाशक्तिलाई देशमा नै राखि उद्योगधन्दा संचालन गरी कृषि, जल, जडिबुटि आदिमा क्रान्ती गर्ने हो भने नेपाल सुन्दर शान्त र विशाल हुनेछ।

  -चन्द्र कान्त पण्डित

 लेखनाथ -१५, कास्की

Loading...

Similar Posts :


11

२०३० सम्म नेपालका सबै नागरिकको स्वास्थ्य बीमा गरिने – स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले २०३० सम्म नेपालका सबै नागरिकको स्वास्थ्य बीमा गरिने बताएका छन् । स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सांसदले उठाएका...

कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन

यतिवेला जापानमा काम गर्न जान पाइने अासमा कयाै नेपाली युवाहरू जापनिज भाषा अध्ययन गिररहेका छन् । अाजैमात्र सम्पन्न जापनिज भाषा परिक्षा न्याट टेष्टमा पनि...

‘बहुप्रेम’ तर्फकाे अाकर्षण

फेब्रुअरी १४ अर्थात प्रेम दिवस । प्रेमील जोडीहरु गुलाब चुँडेर हृदय जोड्छन् । सर्सर्ती हेर्दा प्रणय दिवस जोडीहरुबीच प्रेम प्रकटीकरण गर्ने दिनका रुपमा हेरिन्छ...

सानोतिनो राजनीतिक प्रभावलेसमेत शैक्षिक संस्थाहरु बन्द

विद्यालय र विद्यार्थी जहिल्यै पनि हतियारको रुपमा प्रयोग हुँदै आएका छन् । पटक–पटक हुँदै आएको विद्यालय बन्दको राजनीतिले देशकै शिक्षा क्षेत्रलाई थिलथिलो बनाइसकेपनि यो...

संघीयतामा सहर

 संघीय संरचनाको छोटो अभ्यासले देखाएको तथ्य हो– केन्द्रीकृत राज्य व्यवस्थाताकाको सहरी विकास अब न स्वीकार गर्न सकिन्छ, नत त्यो आफैमा टिक्न सक्छ । विगतमा एकात्मक...

अष्ट्रेलियामा नेपालीलाई स्थानिय सरह अवसर

बि.सं २०२४ सालमा लम्जुङको चितिमा जन्मिएका तिवारी एक कुसल व्यवसायी एंव अष्ट्रेलियामा चार्टर अकाउन्टेन्ट हुन् । उनी लामो समयदेखी शैक्षिक, अकाउन्टिङ, रेमिट्यान्स, पर्यटन छेत्रमा...
Loading...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली

विखण्डनवादी क्रियाकलाप नगर्ने भन्दै सरकार र सिके राउत समुह विच ११ बुदे सहमति,प्रधान्मन्त्रीले गरे राउतकाे प्रशंसा

सिके राउत मूलधारको राजनीतिमा आउँने विषयमा प्रधानमन्त्रीसंग सहमति खाेज्दै

निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर, डिएसपीसहित ६ पक्राउ

टीकापुर घटनाः रेशम चौधरी सहित ११ जनालाई जन्मकैद