नेपाली कांग्रेसले यसो गरे कसो होला?

Loading...

कात्तिक १५ – नेपाली कांग्रेसले व्यवस्थापिका संसदमा सवैभन्दा ठूलो दल भएर पनि राजनैतिक दललाई आफ्नो विश्वासमा लिन नसकेकोले नेपालका सवै सम्माननीय पदहरु गुमाउनु परेको छ। यो दल अव पुराका पुरा प्रतिपक्षमा नै रहने भएको छ। नेपाली काग्र्रेसले आफ्नो ऐतिहासिक शाखलाई जोगाउनको लागि अब पुर्ण प्रजातान्त्रीक कार्यकर्ता तथा यसका सदस्यको दल बनाउनु पर्ने नकि केहि नेताको लहडमा दल र यसका कार्यकर्तालाई अपठ्यारोबाट मुक्ति दिलाउने नै आजको आजको आवश्यकता हो। नेपाली कांग्रेसका कार्यकर्ताले अबको अधिवेशनमा जसले सुशिल गुट्, देउवा गुट्, पौडेल गुट वा अन्य गुटवन्दीको कुरा गर्दै आफुलाई भोट माग्छन भने तिनलाई कुनै कार्यकर्ताले भोट नदिदा हुन्छ तर जसले नेपाली कांग्रेसको लागि भनि भोट माग्छन तिनै उमेदवारलाई स्थानिय निकाय देखि केन्द्र सम्मका पदमा निर्वाचित गर्नुपर्छ।वयोवृद्द नेताहरुलाई सम्मान र नया युवा पङक्तिका कार्यकर्तालाई अबको नेतृत्व दिनुपर्ने देखिन्छ। अन्य दलमा हेर्दा प्राय सरकारको नेतृत्व गर्दा सदस्यहरु नयाँ अनुहार देखिन्छन तर नेपाली कांग्रेसमा प्राय जसो ०४८ का मन्त्रीहरु पुन तिनै अनुहार देखिन्छन । तर, जति अनुभवि भएपनि कार्यकुसलता नभएको इतिहासले पुष्टि गरेको छ। अन्य विकशित मुलुकमा राष्ट्रहाक्नेहरु ५० वर्र्ष मुनिका देखिन्छन जस्तै अमेरिकाका राष्ट्रपति बाराक ओबामा । तर, नेपाली कांग्रेसभित्र ७० नाघेका नेताहरु नै युवा नेता भनिन्छ । अवको अधिवेशनमा जुधारु युवाहरु अघि बढ्नुपर्ने देखिन्छ। युवा पुस्ताले अधिवेशनमा नेताका आशिर्वाद भन्दा पनि कार्यकर्ताको मायाबाट अघि बढेमा स्वत ः रुपमा नेपाली कांग्रेस नेपालीको मुटुको ढुकढुकी बन्नसक्ने छ। त्यस्तै गरी प्रत्येक नेपाली कांग्रेसका कार्यकर्ता सदगुणी, असल, अध्ययनशिल हुनुपर्ने देखिन्छ र घुशखोरी, सरकारी कार्यलयमा देखापरेका ढिलासुस्ति तथा अनिमियताको निगरानी राख्दै गलत आचरणको भण्डाफोर गर्दै जनताको प्रिृय बन्नुपर्ने देखिन्छ। अधिवेशनमा गुटबन्दी देखिएमा पनि अधिवेशन पछि ६०–४० को अवधारणालाई अन्त्य गर्दै सवल, असल र सक्षम कार्यकर्तालाई अवसर दिनुपर्ने हुन्छ भने समय समयमा आफ्ना कार्यकर्तालाई सभा, सम्मेलन र विचार गोष्ठीको माध्यमबाट विचारले सुसज्जित गर्दै समाजसेवामा लाग्नको लागि उत्प्रेरणा दिनुपछर््। त्यस्तै गरि जब आफ्नो दल प्रतिपक्षमा पुग्छ,त्यो समयलाई उपयोग गर्दै आफ्ना कमिकमजोरिलाई केलाउँदै भावीयोजना वनाउनुपर्छ। अहिलेको अवस्थामा नेपाली कांग्रेसका गौरव गर्नेस्थान भनेको प्रजातान्त्रिक पद्धतीले विजय हासिल गरेको छ र शक्ति बन्दुकको नालवाट नभएर जनताको अभिमतबाट गर्न सकिन्छ भन्ने सत्यताको पुष्टी भएको छ भने हत्या हिंसा कोहि कसैले सराना गर्दैनन र यदि कोहि सत्तामा पुगेको छ भने पनि उसलाई बारम्वार त्यसैले पिरलेको देखिन्छ। वर्तमान अवस्थामा नेपाली कांग्रेसका भातृ सङगठनलाई पनि सशक्त वनाउनुपर्ने आजको आवश्यकता हो। नेपाली कांग्रेसका नेताहरुले विदेशी शक्तिको अगाडि आफ्नो सानलाई बचाई असल मित्रको रुपमा आफुलाई चित्रित गर्नुपर्छ नकि बिदेशीलाई ठूलदाइको रुपमा हेरिनुहुन्न। त्यस्तै गरी सरकारमा पुग्दा आफ्नो कामकर्तव्यलाई पाखा लगाइ आफ्नो फाइदाको पछि लाग्ने कर्मचारीलाई पनि निगरानीमा राख्नु पर्छ किन कि देश तिनकै हातमा छ र तिनकै कारणले आफ्नो योजना कार्यन्वयन हुन सक्दैन। सरकारी कामकाजमा हस्तक्षपी भुमिका भन्दा पनि योग्य व्यक्तिलाई सहि स्थानमा कामगर्ने वातावरण मिलाउनुपर्छ चाहे त्यो जुनसुकै विचारधारबाट प्रभाभित किननहोस किन कि उ पनि नेपाली हो र प्रजातन्त्रमा सवैको विचारको स्वतन्त्रता हुन्छ र त्यसको संरक्षण सरकारले गर्नुपर्छ। त्यस्तै गरी प्रत्यक नेपाली कांग्रेसका गाउँस्तरदेखि केन्द्रसम्मका नेताहरु प्रत्येक क्षेत्रका अनुयायी पात्र बन्नुपर्छ र दुखसुखको साथी पनि तिनै वन्नु पर्छ। नेता गाडिमा सरर तर आफूसंगै राजनिति सुरु गरेको कार्यकर्तालाई चप्पल पड्काउदै कांग्रेसका वकालत मात्र गराउन लगाउनको साटो उसलाई पनि रोजिरोटीको व्यवस्थापन गराउने मार्ग खोज्नु पर्छ। अब पनि नेपाली कांग्रेसले आफुलाई ठूलो दलको दम्भको रुपमा अघि सार्छ र जनता र यसका कार्यकर्ता प्रति बेवास्ता गर्छ भने भोलिका दिनमा पछुताउनु बाहेक उसको साथमा केही रहदैन किनकी नेपाली कांग्रेसका गाउँ समालेर वसिदिने गाउँस्तरका नेताहरु दिनप्रतिदिन पृथिवीबाट विदाई भैरहनुभएको छ भने अर्को तर्फ अलि अलि पैसावालका सन्तानहरु पश्चिमी तथा युरोपियन मुलुकमा अध्ययनको लागि गएको अवस्था छ भने पैसा नहुने पनि अरवियन मुलुकमा रोजगारीका लागि गएको अवस्था छ। त्यसैले पनि अब कांग्रेसले आफ्नो अवस्थालाई सबल वनाउनको लागि कृषिक्रान्ती थाल्नै पर्छ जसले गर्दा एक आफ्ना कार्यकर्ता गाउँमा नै रहने छन र स्वाभिमानी जिवन विताउने छ भने अर्को तर्फ राष्ट्रीय आम्दानी समेत बढ्ने छ । यसको साथै उद्योग कलकारखाना आदि सुचारु गर्दै आय आर्जन आफ्नै भिर, पखेरी र टोलमा पाएमा कोहि पनि परदेशिने थिएनन्,दोस्रो दर्जाको मानव बन्नको लागि । यदि यी बुँदाहरुलाई मध्यनजर राख्दै नेपाली कांग्रेस अगाडि बढ्छ भने आउँदा दिनमा उसको उचाई अझ उचो रहनेछ।
चन्द्र कान्त पण्डित
लेखनाथ–१५, कास्की

Loading...

Similar Posts :


11

अष्ट्रेलियामा नेपालीलाई स्थानिय सरह अवसर

बि.सं २०२४ सालमा लम्जुङको चितिमा जन्मिएका तिवारी एक कुसल व्यवसायी एंव अष्ट्रेलियामा चार्टर अकाउन्टेन्ट हुन् । उनी लामो समयदेखी शैक्षिक, अकाउन्टिङ, रेमिट्यान्स, पर्यटन छेत्रमा...

जहाँ पुग्यो त्यहीँ राम्रो लाग्छ : उमेश श्रेष्ठ

घुमफिर कत्तिको गर्नुहुन्छ ?पहिला असाध्यै घुमफिर गर्थें । धेरै ठाउँ पुगियो । तर, अहिले व्यस्तताले कम भएको छ । पहिला वर्षमा दुई महिनाजति घुम्थेँ...

कामकाजी भाषा तोक्ने आधार के के हुन् ?

प्रदेशमा नेपाली भाषाका अतिरिक्त एक वा एकभन्दा बढी अन्य भाषालाई प्रदेश कानुनबमोजिम सरकारी कामकाजको भाषा तोक्न सकिन्छ तर त्यस्ता भाषा प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने र...

यसरी हेरौ एशिया प्यासेफिक समिटलाई

 केहि सामाजिक संजाल प्रयोगकर्ताहरु र केहि प्रायोजित अनलाईन समाचारमाध्याम बाहेक धेरै संचार माध्यमले यो सम्मेलनलाई सर्वधर्म छलफलको फोरमको रुपमा व्याख्या गरे । कार्यक्रमका अधिकांश...

स्थानीय सरकारले जनतामा निराशा

जुन उत्साहका साथ निर्वाचन सम्पन्न भएर स्थानीय सरकारको गठन भयो, परिणाम त्यति सन्तोषजनक भएन । अभ्यासरत स्थानीय सरकारको कार्यान्वयनले अहिले जनतामा निराशा बढेको छ । लाखौ...

जमिन राज्यको हुनु पर्छ

रविन्द्र श्रेष्ठ ,मंसिर ५ गते बुधबार अर्थमन्त्रीले एक कार्यक्रममा जमिन निजी सम्पति नभई भोगाधिकार मात्र हुनुपर्ने बताउनु भयो । उहाँको भनाइ थियो ‘जमिनमा कसैको...
loading...
Loading...

एकदिवसीय खेल खेल्न नेपाली क्रिकेट टोली यूएई तिर

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेपाली क्रिकेट टोली दुवै...

आईसीसीकाे ३ विशेष अवार्ड कोहलीलाई

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रदान गर्ने अवार्डको तीन...

विदेशमा व्यापारबाट आर्जित रकम १५ दिनमै ल्याउन राष्ट्र बैंककाे निर्देशन

विदेशी संस्थाहरूसँगको सेवा व्यापारबाट आर्जन हुने रकम उतै लुकाउने प्रवृत्ति निरुत्साहित गर्न राष्ट्र बैंकले...