प्रधानमन्त्री के पी ओलीलाई खुला पत्र

Loading...

सम्माननिय प्रधानमन्त्री के पी ओली ज्यू,
सर्बप्र्रथम त यहाँलाई नेपालको प्रधानमन्त्रीमा आफ्नो कार्यकाल सफलताका साथ विताई नेपाल र नेपालीले एक असल प्रधानमन्त्रीे पाएकोले देशले काचुली फेर्न सम्भव भयो र नेपालीको जिवनस्तरमा आमुल परिवर्तन भयो भनि यहाँको गुणगान कालन्तरसम्म इतिहासले गर्ने सकोस भनि शुभकामना व्यक्त गर्दछु । आज नेपालको कठिन तर सुनौलो अवसरमा तपाई प्रधानमन्त्री हुनुभएको छ र संयोग पनि हिजो सडकमा हुँदा राष्ट्रियताको आवाज उठाउँदै सर्वसाधरणलाई आफ्नो पक्षमा तान्नको लागि भारतसंग भएका असमान सन्धि खारेज गर्नुपर्छ भन्दै सडकलाई गञ्जायमान बनाएको सत्यताको लागि सुन्नेहरु साक्षी हुनुहुन्छ। त्यस्तै अर्को संयोग तपाइको नेतृत्वमा बनेको सहयोगी दल एमाओवादीले पनि त्यहि आवाजले सडक गुञ्जाएको थियो। आज अवसरको रुपमा तपाइको अगाडि यो सुनौलो क्षण इतिहासले दिएको छ । आज नेपालमा तपाइं लगायत अन्य सबैले भारतले नाकावन्दी गरेको छ भन्नुहुन्छ तर तपाइंको सरकारको उपप्रधान तथा पररास्ट्रमन्त्री भारत जाँदा यो नाकावन्दी हटाउन र नेपालले भुपरिवेष्ठित मुलुकले पाउने पारवन सुविधाको कुरा उठाउन चुकेको हामीले संचारबाट थाह पाएका छौ। साथै तपाई पनि अडिग भएर नेपाल र नेपालीको भविष्य कोर्नको लागि बोलेर होइन गरेर देखाउनोस।हिजोको दिनमा एमाओवादीले जातियता, क्षेत्रीयता जस्ता विचारलाई अघिसार्दै आफ्नो पक्षमा जनतालाई पार्नको लागि लाग्यो आज त्यही आवज देशको समस्या बनेको छ । साधारण जनता आफ्नो गनतव्यमा इन्धनको अभाव र गाडिको अभावले असुरक्षीत यात्रा गर्दै तपाइंकै अगाडि यही काठमाण्डौमा छतमा बसी यात्रा गर्न बाध्य भएका छन् । जसले गर्दा हिजो रसुवामा बस दुर्घटना भयो । बस दुर्घटनाको जिम्मा कसले लिने र ती दुर्घटनामा परि मर्नेको परिवारले के पाउने ?सरकार जनता भोकभोकै मर्न लागे भन्दा यहाँका राणा तथा राजाहरु दुध र भात पनि खान पाएका छैनन भन्थे भन्ने सुनिन्थ्यो । तर त्यही समाजमा कोहि कसैले कसैको राम्रो समाचार सुनाउँदा तीम्रो मुखमा दुध र भात नटुटोस् भन्ने भनाइले समाजमा असमानता थियो भन्ने भनाईलाई पुष्टी गरेझै आज एक जना सरकारको नेतृत्वकर्ताको लागि अघि पछि सुरक्षा फौजका गाडि अनि बीचमा एउटा गाडिमा कोहि व्यक्ति सवार हुन्छ भने यसले पनि बताउँछ कि नेपाल र नेपाली माथि अन्याय भएको छ । प्रत्यक टोल सुरक्षीत राख्ने संयन्त्र खडा गर्नोस जोकोही पनि स्वतन्त्र यात्रा गर्न सक्ने वातावरण वनाउनुहोेस् । यदी यति मात्र गर्ने आँट छ भने ओली सरकार पुर्ववर्ती सरकार भन्दा फरक भएको प्रमाणित हुन्छ । यही समयमा एमाओवादीका अध्यक्ष प्रचण्डले पनि आफूुलाइ फरक देखाउनुपर्छ र सर्वसाधरणको पहँुचको नेता बन्नुपर्छ । सर्वसाधरणलाई साइकल चढ भन्ने तर आफूु भने अगाडि पछाडि गाडि हँुइकाएर गरिएको यात्राले पनि शाषक र शाषित बीचको भेदलाई पुष्टी गर्छ । एक सर्वसाधारण जसरी जिएको छ त्यही धरातलमा पुगेर आफूुलाई उतार्न सफल भएमा एक क्रान्तिकारी जनताको नेता हुनेछ नत्र हिजोका शाषकलाई तपाइंहरुले प्रयोग गरेको सामान्ती शव्दावली तपाईहरुका लागि नै हुनेछ । देशको प्रधान्मन्त्री डराउनु पर्छ जस्तो लाग्दैन र सेना र प्रहरीको घेरामा हुदा सुरक्षीत भइन्छ भन्ने भनाइलाई पनि दरबार हत्याकाण्डले देखाइसकेको छ । यदी तपाई झुपडी या सडकमा हुनुहुन्छ भने त्यहाँ बढी सुरक्षीत हुनुहुनेछ । यदी नेपाली धर्म ग्रन्थमाथि विश्वास छ भने जन्म मृत्यु निश्चित छ यसको चिन्ता गर्नु पर्दैन। चिन्ता गर्नुपर्ने विषय भनेको तपाइंको कर्म र कर्तव्यको हो । जसरी हिजो मात्र बोल्नुभएको छ ”नेपाल र नेपालीको कुभलो गर्ने कुनै काम गदिर्न” भनेर । बोलेको कुरा गरेर देखाउनोस् ।यसैमा तपाईं लगायत तपाईंले नेतृत्व गरेको सरकारको जयजयकार हुनेछ र इतिहासका पान्नामा सुनौलो अक्षरले कोरिने छ । जनताका चुलो बलोस्, यातायात सुचारु होस,मधेशको निकास निकाल्नोस् । करिब करिब नेपालको कर्मचारी तन्त्र सिथिल छ, जनताको सेवकको रुपमा नदेखिएर अफुलाई जनता भन्दा माथि राखेको पाइएको छ । एक दिनमा हुने कामको लागि कैयाँै दिन धाउन पर्ने, मुख्यतया मालपोत तथा नापी शाखामा निगरानी बढाउँदा राम्रो हुनेछ । कृषिमा क्रान्ती, उद्योेग धन्दा सुरु गरी देशमा रोजगारी, युवालाई आफ्नै देशमा राखि देश निर्माणमा प्रयोग, व्यवसायीक शिक्षामा जोड, र प्रत्येक स्थानमा राष्ट्रियता र मानवताको भावना वृद्धि गर्ने पाठ्यपुस्तक तथा अन्य व्यवहारिक संस्कार दिनु नै आजको आवश्यकता हुनेछ । विश्व मानव समाजका दुश्मन भनेको आशिक्षा र गरीबी हुन नकि जात, जाति र क्षेत्र। अशिक्षीतलाई आवशिय शिक्षा र गरीबीलाई उन्मुलन गर्नको लागि उद्योगधन्दामा राम्रो पारिश्रमीक सहितको रोजगार र अन्य क्षेत्रमा राखिएका आरक्षणको अन्त्य गर्दै योग्य व्यक्ति ठिक ठाउँमा शुुद्ध प्रतिष्पर्धाको आधारमा चयनहुने व्यवस्था गरेमा सामाजिक द्वन्द्द स्वतह आफै निष्क्रिृय हुँदै जान्छ । मेरो तेरो भावनाबाट टाढा रहि हाम्रो भन्ने संस्कार विकास गर्नु नै आजको आवश्यकता हो । के पी ओली अव एमालेको नेता मात्र नभएर सिंगो नेपाल र नेपालीको नेता बन्नुपर्ने छ जसले हिमालको भोटे देखि तराइको मधेशी, मेचिको होस की महाकालीको, पहाडको होस की उपत्यकाको सबैैलाई आफ्नो ठानी काम गरेमा राम्रो हुनेछ । यो सुवर्र्ण अवसरलाई प्रयोग गरी भारतसंग मात्रै नभएर अन्य छिमेकि मुलुक चीन वा अन्य कहींकतै बाट इन्धनको सहज आपुर्ती, आफ्नै मुलुकमा भएका इन्धनको उत्खनन गर्नु पर्ने हुन्छ ।जसले गर्दा देश आत्मनिर्भर हुनेछ र विदेशीले एक दिन ढोका बन्द गरिदिंदा देश रोकिने अवस्थामा हुनेछैन । यतातिर पनि ध्यान दिनुहोला । जुन जोगि आए पनि कानै चिरेका हुन भन्ने भनाईबाट टाढा रहनुहोला र प्रचण्डले झै को हो त्यो कटुवाल नभन्नुहोला जसले गर्दा सदाको लागि पछुताउनुपर्छ । आकारले मात्र ठूलो भएर हुँदैन सामान्य वस्तु वा चिजले नै उसको अन्त्य गरिदिनसक्छ जसरी एक सानो कमिला भिमकाय हात्तीको मृत्युको कारण हुन्छ । अन्तमा देशमा सुशाषन कायम गराई आफ्नो बोलाई र गराइमा समानता देखाई आफ्नो फोटो फरक तरिकाले झुण्डाउन सफल भई नेपाल र नेपालीको असल नेताको रुपमा चित्रित हुनसक्नुहोस् ।
चन्द्र कान्त पण्डित
लेखनाथ–१५, कास्की

Loading...

Similar Posts :


11

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी  शैक्षिक परामर्ष प्रदान गर्दै आईरहेको ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले...

संघीयता नै दुर्घटनामा पर्ने खतरा

कृष्ण खनाल प्रदेश–२ को राजधानी जनकपुरमा आयोजित सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतलाई सामुन्नेमै सत्तारुढ नेकपाका एक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भने, ‘केन्द्रलाई ओभरटेक...

परामर्श व्यवसायमा धराैटि र विदेशी लगानी अावश्यक छैन

सरोज थापा,निर्देशक,निमास एजुकेशन अहिले शिक्षा मन्त्रालयले परामर्श व्यवसायीलाई साखा कार्यालय खोल्न रोक लगाएको छ र धरौटी पनि राख्नुपर्छ भन्ने बहस चलिरहेको छ के भन्नुहुन्छ...

धावनमार्ग पूर्ननिर्माणको लागि फागुनसम्म कुर्दा मुलुकले ठूलो क्षति व्यहोर्नुपर्छ – र्इं. दिपेन्द्र कँडेल

पब्लिक ईनोभेटेर ईं. दिपेन्द्र कँडेलले फागुनभन्दा अगाडिनै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) नबनाईए वर्तमान सरकारले ठूलो क्षति व्यहोर्ने बताएका छन् । मंगलबार नागरिक उड्यन...

शैक्षिक मेलाबाटै विद्यार्थीकाे जिज्ञासा समाधान गर्छाै

अहिले ग्रेस इन्टरनेशनलले अष्ट्रेलिया अध्ययन विशेष शैक्षिक मेला आयोजना गरिरहेकाे छ ,यो शैक्षिक मेलाको उदेश्य के होला ?हामीले अस्ट्रेलियन एजुकेसन फेएर गर्नुकोे मुख्य उदेश्य...

देश विकास गर्ने कि यस्तै गरी चल्ने ?

फोहोर फाल्न पैसा दिन्छौं फोहोर घर भित्रै थुप्रि रहन्छ हप्तौ सम्म ! जलस्रोतको धनिदेश, विजुली वत्ति कुन वेला झ्याप्प जान्छ ठेगान छैन! आम्दानीको अनि...
Loading...

माइक्रो बसका चालक र सहचालकलार्इ पनि आजबाट चम्किलो ज्याकेट

काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट...

धर्नास्थलमै बिरामी निर्मलाका बुबा ,भेटिएन अभियुक्त

निर्मलाका बुबा यज्ञराज धर्नास्थलमै बिरामी परेका छन् रुघाखोकी र ज्वरोले अस्वस्थ उनी भेट्न आएका...

अाइपिएलमा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर...