मधेशी नेता, यो पनि बुझ्नुहोस् ।

Loading...

 मधेशी नेताज्यू  भारतको गोटी बनेर नेपाल र नेपालीहरुलाई मृत्युशैयामा पुर्याउने कार्यमा तपार्इहरु लागिराख्दा नेपालीहरुको मन मुटु दुखेको छ । तपाईहरु स्वाभिमानी नेपाली हो भने भारत र नेपालका नाकामा  धर्ना वसेर नेपालीहरुलाई दुख दिने काम तुरुन्त बन्द गर्नोस। नालापानी किल्लामा अङ्ग्रेजहरुले पानीको मुहान बन्द गराई नेपालीहरुलाई पानी पिउन नदिदा पनि शानका साथ मर्न तयार हुने नेपाली जनताहरुलाई दुखदिने कार्यले कसैको हित गर्देन ।  तपार्इहरुको नाकाबन्दीले ओली र प्रचण्डको घरमा चुलो नबल्ने र उनका गाडी कुद्न नछोड्ने होइन। तपार्इहरुको बन्दको कारणले तपार्इका छिमेकीहरुको करेसावारीमा बैकबाट ऋण लिएर उत्पादन गरेका गोलभेडा कुइरहेका छन, तपाईका सन्तानहरु कहि कुनै विदेशी विद्यालयमा अध्ययन गरिराखेका होलान तर तपाइहरुको घरदैलोमा टाँगा चलाई जिविकोपार्जन गर्नेका सन्तानहरु हिजो भुकम्पले दुख दियो भने आज तपाइहरु किन र कसका लागि यो कार्य गर्दै हुनुहन्छ ?  बिरोधको शैली परिर्वत गरी आफ्नो जायज माग प्रकृयाबाट राक्नुहोस, त्यसमा सम्पूर्ण नेपालीहरुको साथ रहने छ । संसद बन्द गर्नोस। ओली र प्रचण्डको गाडी रोक्नोस। सरकारको गाडी रोक्नोस तर जनताको चुलो नरोक्नोस र एक मधेशी नभएर नेपाली हुँ भन्ने  भावना बढाउनोस। प्रदेशले केहि गर्दैन? तपार्इहरुको वरिपरी हेर्नोस त तपाइ नेता हुनुभएको छ, गाडीमा सवार गर्नुभएकै छ तर तपाइहरुको छिमेकिको झुपडिमा चुलो नबाली जिउन परेको  दिनहरु कति भए होलान। हिमाल, पहाड, र मधेशको बिभाजन होइन, अहिलो सिङ्गो नेपालीलाई न्याय चाहिएको छ। आफ्नो कारणले सर्वसाधरण नेपालीजनताहरुलाई दुख दिने काम रोक्नोस।  अति भएपछि सर्वसाधारण सडकमा तपाइको विरुद्धमा उत्रने छन, यो अवस्थामा सारा नेपालीहरुको सुखत दिन पक्कै हुने छैनन्

 प्रदेश सिमाङ्कन आदिको  मुद्दालाई छोडिदिनोस हिमालको भोटे, पहाडका पहाडीया र मधेशका मधेशीको जिवनस्तर उचाल्ने बाटो रोज्नोस। भलै तपाइहरुको अहिलेको माग पुरा भएमा के संचार माध्यममा देखिएका तस्विरमा भएको तपाइभित्र लुकेको सामान्तीपनवाट मुक्त दिलाई  तपाइहरुलाई तेल लगाइदिने वा तपाइको चुलोमा काम गरिदिने तपार्इहरुको सेवकलाई नेतृत्त्व दिन तयार हुनुहुन्छ? आफ्ना श्रीमती वा आफ्ना नजिकककाहरुलाई छोडि सभासद वनाउने आट छ तपाइहरुमा? हिजोका दिनमा तपाइहरु पनि चुकिसक्नुभएको छ। सुरुमा आफूलाई परिवर्तन गरेर देखाउनोस अनि सिङ्गो समग्र नेपालीहरुको वारेमा आवाज उठाइनोस यसैमा नेपाल र नेपालीको कल्याण हुनेछ्।

मधेश गरीब र हेपिएको छैन तर तपाइहरुले लगाएको चस्मा नै दोषि देखिन्छ। दोषि चस्मालाई नै फेर्ने होकि? तपाइहरु मधेशको भएर पनि नेता बन्नुभएकै छ, मन्त्री बन्नु भएकै छ तर तपाइहरुसंग विचारनै छैन भने तपार्इहरु हिमलको भोटे भएर हेपिनुभएको छ, बाहुन काठा भएर हेपिएको छ, मगर भेडो भनेर हेपिएको छ, क्षेत्री नामर्द भएर हेपिएको छ। हेपिनु मधेश मात्र हैन पहाड अनि हिमाल पनि हेपिएको  छ। समग्रमा भन्नु पर्दा न हिमाल न पहाड न मधेश केहि हेपिएको छैन। म हेपिएको छु भने यहाको गरिवता हेपिएको हो, यहाको अशिक्षा हेपिएको हो अनि तपाइहरुको हेर्ने हेराई वा चस्मा हेपिएको हो किनकि मधेशी, पहाडी अनि हिमाली सवै सत्तामा पुगेका नै हुन। नपुगेका त यहाँका दीनदुखी नै त हुन।  जसरी आज तपाई केन्द्रलाई दोषि देखिरहनु भएको छ एक पटक आफ्नो टोल छिमेकमा राजा रामले झै गरी बुझ्नोस त दोषि को हुनेछ। सिधा जवाफ पाउनुहुनेछ। तपाइ नै त्यस समाजको दोषि भनेर। खोइ तपाइहरुको मागले गरीबीलाई कहा छोएको छ?  खोइ तपाइहरुको मागले अशिक्षालाई कसरी उजगार गरेको छ? अव ढोँगी कुरा गर्न छोडिदिनोस, साचो र सत्यतालाई अगाँल्नोस। मान्नोस या नमान्नोस आज नेपालको यो दुरदशामा आइपुग्नु एमाओवादकै कारणले हो। हो उहाँहरुले जातियताको कुरा, क्षेत्रियता, दलित आदिका कुरा उठाउनुभयो तर दुइ पटकसम्म देशको नेतृत्व गर्दा किन राम बहादुर थापामगर वा अन्य कोहि गुरुङग् वा कुनै यादवलाई प्रधानमन्त्री नवनाएको वा अनि दलको अध्यक्ष सधै आफैमात्र भैरहेको? राष्ट्रियताको लागि साइकल चढ्नु पर्छ भन्नेले साइकल कहा बनेको छ भन्ने सवालको जवाफ पनि दिन सक्नु पर्छ र अगाडि , पछाडि लगाई हिड्ने गाडिको सवार पनि बन्द गरेर सर्वसाधरणले भोगेको सास्तीको पनि महशुश आफै गर्नु पर्छ। मधेशी मोर्चाका नेताहरु सावधान हुनुहोस तपाई पनि प्रचण्ड जस्तै चलाखि गर्दै हुनुहुन्छ।  किनकि तपाइहरुको मागमा तपाइको स्वार्थ जोडिएको छ न कि त्यो दीन दुखी मधेशीको। सच्चा मधेशीको, नेपालीको, र समग्रमा मानवताको आवाज उठाउनुहोस, त्यसमा नेपाली मात्र नभएर विश्वले नै तपाइहरुको आवाज उठाउने छ। अहिलेको तपाइहरुको आवाजमा भारतको गन्ध मिसिएको छ अनि  तपाई नेताहरुको व्यक्तिगत स्वार्थ जोडिएको छ। तपाईमा विवेक छ भने अरुको गोटी नबन्नुहोस यसैमा सवैको कल्याण हुनेछ। आज तपाइहरु भारतको आडमा नेपालीलाई दुख दिदै हुनुहुन्छ भने भोलीका दिनमा, ०६२ सालमा प्रचणड, गिरिजा  र माधव कुमार नेपाल लगायत अन्य नेताले भारतका नेताहरुलाई साक्षी राखि गरेको सम्झौता जस्तै हो। यीनै नेताहरु कोहि सरकारमा वसेर कोहि विद्रोहि भएर एक नेपालीले अर्को नेपाली मार्नको लागि तयार भए तर आफू मरिन्छ भन्ने डरले भारतीय माटो अनि नेता प्रयोग गरे त्यसको भाग खोजिराखेको छ अहिले भारत। समयमा नै बुझ्नोस र आफ्नो हैसियत नेपाली हुनुमा गौरव गर्नोस नकि मधेशी

 – चन्द्र कान्त पण्डित

लेखनाथ-१५, कास्की

Loading...

Similar Posts :


25

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्वाध चलिरहेका छन्...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोकसेवा आयोगलाई पत्र लेखेको छ ।...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ । मलेसियाको शिलानगोर ट्रफ क्लबको...

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अनुशासनहीनता र चुनावका बखत हुने अन्तरघात अन्त्य गर्न आफू प्रतिबद्ध रहेकाे बताएका छन् ।...

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै भेट्यायाे ।...

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताएका छन् । नेपाल महिला सङ्घद्वारा शुक्रबार नयाँ वर्ष २०७६ को...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका