तिहार सुरु ः आज काग तिहार

Loading...

कात्तिक २३- आजदेखि तिहार सुरु भएको छ ।
यो पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने गरिन्छ । तिहारको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशबाहकका रुपमा लिइन्छ । आजको दिन कागलाई पूजाआजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको छ । वैदिक सनातन हिन्दू धर्मअनुसार कागलाई यमदूतका रुपमा पनि लिइन्छ ।
कात्तिक कृष्ण चतुर्दशीका दिन मङगलबार कुकुर तिहार, कात्तिक कृष्ण औँसीका दिन बुधबार लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्È अर्थात् नेपाल संवत् ११३६, र म्हः(आत्म) पूजा एवम् तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन शुक्रबार भाइटीका लगाई तिहारको समापन गरिन्छ ।
कात्तिक कृष्ण त्रयोदेशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।
तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजाको पनि पूजा गर्ने धामिर्क विधि रहेको छ ।
लक्ष्मी पूजाका दिनमा भैलो र गोवद्र्धन पूजाका दिनमा देउसी खेल्ने परम्परा छ । भैलो महिलाले र देउसी पुरुषले खेल्ने प्रचलनसमेत अहिले बदलिएको छ । अहिले महिला पुरुष दुवैले देउसी भैलो खेल्न थालेका छन् ।
तिहारलाई उज्यालोको पर्वका रुपमा समेत चिनिन्छ लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलीमिली बनाउने परम्परा पनि अहिले तिहार सुरु हुनुभन्दा एक हप्ताअघिदेखि नै गर्न थालिएको छ । दीपावलीसमेत भनिने तिहारमा दीपहरुको माला बनाएर बाल्दा अन्धकारमात्र नभई अज्ञानसमेत नासिन्छ ।
तिहारमा पूजा गरिने पशुपंक्षीदेखि घरका झ्याल ढोकामा समेत फूलको माला लगाउने गरिन्छ । घरका झ्याल, ढोकामा माला लगाई लक्ष्मीपूजा गर्दा धनकी देवी महालक्ष्मी प्रसन्न भई धन ऐश्वर्य वृद्धि हुने धामिर्क विश्वास छ ।

Loading...

Similar Posts :


25

माइक्रो बसका चालक र सहचालकलार्इ पनि आजबाट चम्किलो ज्याकेट

काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनु पर्ने भएको छ । महाशाखाका प्रमुख एवं प्रहरी...

धर्नास्थलमै बिरामी निर्मलाका बुबा ,भेटिएन अभियुक्त

निर्मलाका बुबा यज्ञराज धर्नास्थलमै बिरामी परेका छन् रुघाखोकी र ज्वरोले अस्वस्थ उनी भेट्न आएका आफन्तसित बोल्न नसकेर आँसु बगाइरहेका थिए ।सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर...

अाइपिएलमा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी  शैक्षिक परामर्ष प्रदान गर्दै आईरहेको ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...
Loading...

माइक्रो बसका चालक र सहचालकलार्इ पनि आजबाट चम्किलो ज्याकेट

काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट...

धर्नास्थलमै बिरामी निर्मलाका बुबा ,भेटिएन अभियुक्त

निर्मलाका बुबा यज्ञराज धर्नास्थलमै बिरामी परेका छन् रुघाखोकी र ज्वरोले अस्वस्थ उनी भेट्न आएका...

अाइपिएलमा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर...