डि.एल.ए. एकिकरण घोषणाको दिपावली

Loading...

काठमाण्डौं, कार्तिक २३
संवाददाता /राजकुमार उप्रेती

प्रजातन्त्रवादी कानून व्यवसायीको संगठन डेमोक्रयाटिक लयर्स एशोसियसनको विधिवत एकिकरण भएको छ । २०७० साल फाल्गुन १६ देखि १८ गते बाँके जिल्लाको नेपालगञ्जमा भएको नवौं महाधिवेशनमा प्रतिनिधि छनोटका विषयमा चरम विवाद सिर्जना भएपछि संगठन दुई चिरामा विभाजित भएको थियो सोही अवधि देखि विभाजित संगठनले छुट्टा छुट्टै रुपमा कार्यक्रम गर्दै आईरहेको थियो, भने औपचारिक रुपमा मान्यता पाई सांगठनिक गतिविधिको निरन्तरता भने अधिबक्ता गोपाल कृष्ण घिमिरे नेतृत्वको डि. एल.ए. ले गर्दै आईरहेको थियो । कार्यक्रम नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त एकिकरण घोषणा भेलामा नेपाली कांग्रेस पार्टीका तर्फवाट वरिष्ठ नेता शेर बहादुर देउवा, कांग्रेस महामन्त्री प्रकाश मान सिंह, पूर्व महामन्त्री कुल बहादुर गुरुङ्ग तथा केन्द्रिय सदस्यहरु डा. शेखर कोइराला, रमेश लेखक, पुष्पा भूषाल, जीवन परियार लगायका नेताहरुको उपस्थित थियो । त्यसैगरि डि.एल.ए. नेपालका सह अध्यक्ष भरत प्रसाद खरेल, डि.एल.ए. नेपालका पूर्व अध्यक्षहरु तथा ने.वा.ए. का समेत अध्यक्ष भईसकेका बरिष्ठ अधिबक्ता हरिहर दाहाल, राधेश्याम अधिकारी, डि.एल.ए. पूर्व अध्यक्षहरु अधिबक्ता शेर बहादुर के.सी., अधिबक्ता बावुराम कुँवर, नि.वर्तमान अध्यक्ष अधिबक्ता श्री यदु नाथ खनाल, ने.वा.ए. का नि. वर्तमान अध्यक्ष बरिष्ठ अधिबक्ता प्रेम बहादुर खड्का लगायत दर्जन भन्दा बढी बक्ताले आफ्नो मन्तव्य र शुभकामना व्यक्त गरेका थिए ।
उक्त भेलामा नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले आफु उक्त नवौं महाधिवेशनमा पनि अथितिको रुपमा सहभागी भएको र त्यहीँ डि.एल.ए. विभाजन भएकोले आजको यो एकिकरणको क्षण देख्न चाहेको बताए , उनले भने अब एउटा अध्याय पुरा भएको छ, नेपाली कांग्रेस पार्टी सुदृढिकरणमा पनि यसले भूमिका खेल्न सकोस् पार्टीका तर्फवाट डि.एल.ए.लाई थप महत्वका साथ भूमिका दिनेमा कुनै कमी नगर्ने देउवाले बताउनु भयो । कार्यक्रमलाई संबोधन गर्दै केन्द्रिय सदस्य डा. शेखर कोइरालाले यो एक बौद्धिक व्यक्तिहरुको संगठन भएकोले यसको छुट्टै स्थान भएको र एकताले आफूहरु झन बढी खुसी भएको बताउनु भयो । त्यस्तै गरी नेपाली कांग्रेसका महामन्त्री प्रकाश मान सिंहले डि.एल.ए. ले विगतका दिनमा पार्टी सुदृढिकरणमा खेलेको भूमिकाको प्रसंसा गर्दै आगामी फाल्गुण महिनामा सम्पन्न हुन गई रहेको पार्टीको १३ औं महाधिवेशनलाई स्वच्छ, निस्पक्ष र प्रभावकारी रुपमा सम्पन्न गरी प्रजातान्त्रिक अभ्यासको नमूना प्रस्तुत गर्नमा सहयोग गर्न पनि डि.एल.ए. लाई आग्रह गर्नु भयो ।
निरन्तरको वार्ता छलफल र संवाद पश्चात विगत २० महिना देखि संगठन भित्र देखिएको फुट र मतान्तरको विधिवत अन्त्य भई उपलब्धी पूर्ण क्षणमा आईपुगेको भनी डि.एल.ए. नेपालको पूर्व अध्यक्ष तथा न्याय परिषदका पूर्व सदस्य समेत रहनु भएका वरिष्ठ अधिबक्ता श्री उपेन्द्र केशरी न्यायपानेले बताउनु भयो । उक्त भेलालाई सम्वोधन गर्दै डि.एल.ए.का वर्तमान अध्यक्ष श्री गोपाल कृष्ण घिमिरेले यो एकता हाम्रो अभिष्ठ उद्देश्य थियो एकिकरण सँगै अव हामी बीचको सम्पूर्ण आन्तरिक टकराव समाप्त भएको छ । अब हामी सम्पूर्णको ध्यान नेपाल बार एसोसियशनको पौष महिनाको अन्तिम साता हुने चुनावका लागि केन्द्रित भई विजय हासिल गर्नेतर्फ तल्लीन हुनुपर्छ भन्दै सम्पूर्णलाई बधाई र शुभकामना दिनु भयो । कार्यक्रममा ने.वा.ए. का नि.वर्तमान अध्यक्ष बरिष्ठ अभिबक्ता श्री प्रेम बहादुर खड्काले, यो विभाजन, संगठनभित्र केही व्यक्तिहरुको स्वार्थ र कब्जा गर्ने नीतिका कारण भएको र यो एकतासँगै सम्पूर्णमा यस्तो परिपाटीको अन्त्य गर्ने कुरामा प्रतिवद्ध भईसकेको बताउनु भयो । सहमती र एकिकरणका लागि नेपाली कांग्रेस पार्टीको कुनै हस्तक्षेप नभई आफै सो कुरा मिलाउन सक्षम भएकोमा खुसी व्यक्त गर्नुभयो । त्यस्तै गरी डि.एल.ए नेपालका नि.वर्तमान अध्यक्ष अधिबक्ता श्री यदुनाथ खनालले डि.एल.ए. आधिकारिक रुपमा कहिल्यै विभाजित नभएको र केही असमझदारीका कारण फुट देखिएकोमा हाल सम्पूर्ण एकै ठाउँमा रहन पाउँदा खुसी लागेको अभिव्यक्ति दिनुभएको थियोे । उक्त कार्यक्रममा करिव ५०० भन्दा बढि कानून व्यवसायीको उपस्थित थियो

Loading...

Similar Posts :


25

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । यसअघि जोशी...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू चढेको ट्याक्सीको नम्बर टिप्दा तपाईंलाई नै सहज हुन्छ । यात्रा...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै सबैभन्दा ठूलो अयोग्यताको शिकार भएको टिप्पणी गरेको छ । केपी...

कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन

यतिवेला जापानमा काम गर्न जान पाइने अासमा कयाै नेपाली युवाहरू जापनिज भाषा अध्ययन गिररहेका छन् । अाजैमात्र सम्पन्न जापनिज भाषा परिक्षा न्याट टेष्टमा पनि...

नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने

आर्टिस्ट नेपाल एकेडेमीले मानिसमा बोल्ने क्षमताको विकास गर्ने उद्देश्यले “पब्लिक स्पिकिङ अभियान“ को सुरुवात गर्ने भएको छ । राजधानीको कमलादी स्थित अन्तराष्ट्रिय स्तरको सुविधा...

७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न अख्तियार आयुक्तले दिए राजीनामा

घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...