डिजेल तस्करी गर्न लागेको अवस्थामा ट्याङ्करसहित पाँच जना पक्राउ

Loading...

चैत १- डिजेल तस्करी गर्न लागेको अवस्थामा विराटनगरको एक पेट्रोल पम्पबाट पाँचजान गएराति ट्याङ्करसहित पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगरस्थित नेपाल आयल निगम क्षेत्रीय कार्यालय नजिक रहेको धिताल पेट्रोल पम्पबाट डिजेल तस्करी गर्न लागेको अवस्थामा ना४ख ४१४२ नम्बरको ट्याङ्कर र पम्पका तीन जना कर्मचारीसहित पाँच जनालाई प्रहरीले राति १२ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पम्पबाट ट्याङ्करमा खन्याएर डिजेल अन्यत्र लैजान लाग्दा प्रहरीले फेला पारेको थियो । प्रहरीले पम्पका कर्मचारी सुनसरी बकलौरी–३ का अन्दाजी ३०÷३५ वर्षीय सीताराम चौधरी, विराटनगर– ५ का २८ वर्षीय बजारु चौधरी, मोरङको अमरदह–८ का ३७ वर्षीय रमेशप्रसाद अधिकारीलाई पक्राउ गरेको हो ।ट्याङ्करका चालक सुनसरी छिटाहा–२ का २४ वर्षीय जोगेन्द्र उराउ र सहचालक सुनसरी प्रकाशपुर–६ का २२ वर्षीय भीमबहादुर माझी पनि पक्राउ परेका छन् । पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर कारबाहीका लागि थप अनुसन्धान अघि बढाइएको मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले जानकारी दिनुभयो  । (रासस)

Loading...

Similar Posts :


25

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी  शैक्षिक परामर्ष प्रदान गर्दै आईरहेको ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने संकेत मिलेपछि त्यस क्षेत्रमा...

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित गरिएको छ। चिकित्सा शिक्षा विधेयक माथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११...
Loading...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...