kangaroo education fair1_1100x180

किन नेपाली विद्मार्थी नै पढ्न जाने जापान ? हेर्नुस् जापान जानुपर्ने कारण

जापान विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीको रोजाईको गन्तव्य हुनुको प्रमुख कारण जापानमा अध्ययन संगै रोजगारिको अवसर सृजना हुनु नै हो ।गत बर्ष मात्रै जापान जाने नेपाली विद्यार्थीको संख्या दश हजार एक सय दुई रहेको छ । सन् १९०२ मा नेपालबाट ८ जना विद्यार्थी पहिलोपटक जापान पुगेका थिए । त्यसयता जापानमा नेपाली विद्यार्थीको प्रवेशले निरन्तरता पायो । जापानको कानुन अनुसार विदेशी विद्यार्थीको हकमा २८ घण्टा मात्र काम गर्न पाउने प्रावधान रहेको छ ।जापानमा भाषा अध्यापन गराउने स्कूलले विद्यार्थीको भाषागत तह हेरेर हप्ताको २८ घण्टा काम खोजिदिन सहयोग गर्ने गरेका छन् ।

विद्यार्थीले जापानमा काम गर्दै आफ्नो स्कूलको टिउसन फी तिर्ने गर्दछन् ।जापानमा अध्ययनका लागि जानुपूर्व आफूले आर्जन गर्ने शिक्षा र रोजागारीको विषयमा जानकार भए त्यहाँ गएर दुःख पाउनु नपर्ने इक्यान केन्द्रिय कार्यसमिति सदस्य एंव चिवा एजुकेशनका सञ्चालक प्रकाश श्रेष्ठको बुझाई रहेको छ ।जापान पुग्ने ९३ दशमलव ३ प्रतिशत विद्यार्थी निजी स्कूल तथा विश्वविद्यालयमा भर्ना हुन्छन् ।चीन, कोरिया, भियतनाम र ताइवानबाट धेरै विद्यार्थी पढ्नकै लागि जापान जान्छन् । पछिल्लो तथ्याङ्कअनुसार जापानी कलेजहरूलाई वार्षिक ३ लाख भन्दा बढि विदेशी विद्यार्थी आवश्यक छ ।जापानमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि लागत कम पर्ने हुँदा र काम गर्दै पढ्दै गर्ने वातावरण सहज रुपमा बन्ने, आर्थीक भार नपर्ने भएकाले जापानमा नेपाली विद्यार्थीको आकर्षण बढ्दै गएको ईनलाईटेन एजुकेशन कनसलट्यान्सीका सञ्चालक दिपकराज भुसाल बताउँछन् ।उनि भन्छन् “ नेपाली विद्यार्थी बढी मिहिनेती हुने हुदाँ नेपाली विद्यार्थीलाई जापानमा काम पाउन पनि सहज छ ।”अहिले भने जापानिज एमवेसीले जापान सरकारले योग्य ठहराएको व्यक्तीलाई भिसा दिने प्रक्रियामा भाषा गत समस्या देखाउँदै अनावश्यक रुपमा अड्कायको प्रति सरोकारवालाहरुको गुनासो रहेको छ ।
भाषागत समस्या
जापान जादाँ सबैभन्दा बढी ध्यान पुर्याउनुपर्ने विषय त्यहाँको भाषा हो । जापानीज बाहेकका भाषाको आम प्रयोग नहुने भएकाले त्यहाँ जानेले भाषा अध्ययनमा नै सबैभन्दा बढी मेहनत गर्नुपर्छ । ‘हिरागाना’, ‘काताकाना’, ‘खाञ्जी’ र ‘रोमाजी’ जस्ता चार लिपिमा जापानी भाषा प्रयोग हुन्छ । हिरागाना जापानीहरूको मौलिक भाषा हो भने कातागाना आयातित । यी दुवैमा ४६÷४६ वर्ण (अक्षर) हुन्छन् । जापानी भाषा शिक्षकहरूका अनुसार खाञ्जी सम्भवतः दुनियाँकै धेरै वर्ण हुने भाषामा पर्छ ।पब्लिक प्लेसमा अंग्रेजी भाषाको प्रयोग भएपनि अन्यत्र जापानिज भाषामै अक्षर लेखीएका होर्डिङवोर्डहरुका कारण समस्या पर्ने हुदाँ जापानिज भाषा जान्नुपर्ने हुन्छ । जापानको शिक्षा मन्त्रालयले साधारण लेखपढ गर्नका लागि भनेर अत्यधिक प्रयोग हुने १ हजार ९ सय ४५ खाञ्जी वर्णको सूची बनाएको छ । जापान जाने विद्यार्थीले जापानी भाषासम्बन्धी विभिन्न बोर्डमा परीक्षा दिनुपर्ने हुन्छ । जापनिज ल्याङ्गवेएज प्रोफिसियन्सी टेष्ट (जेएलपीटी), जे–न्याट, टप–जे, जस्ता बोर्डमा फाइभ लेभल (५० प्रतिशत अङ्क)सहित उत्तीर्ण हुनुपर्छ । अङ्ग्रेजीजस्तो प्रयोगमा नआएकाले नेपाली विद्यार्थीका लागि जापानी भाषा नितान्त नौलो र अनौठो छ । तर, नेपाली र जापानी भाषाको व्याकरण मेलखाने (क्रियापद अन्तिममा हुने), लिङ्ग र वचनको भेद नहुने भएकाले छोटो समयमा नै नेपाली विद्यार्थी जापानी भाषामा दक्ष हुन्छन् । भाषाविद्हरूका अनुसार नेपालीहरूमा शब्द उच्चारण गर्ने क्षमता बढी भएकाले पनि सिकाइमा सहयोग पुगिरहेको छ ।
व्यवसायीक शिक्षा प्रति आकर्षण
जापानमा पुगेका सबै विदेशी विद्यार्थीले कम्तिमा ६ महिना त्यहाँका भाषा स्कूलहरूमा जापानी भाषाको अध्ययन गर्नुपर्छ । त्यसपछि उनीहरूले औपचारिक अध्ययनमा अवसर पाउँछन् । त्यतिबेला नेपाली विद्यार्थीहरू विश्वविद्यालयमा भन्दा प्राविधिक व्यवसायीक शिक्षालयहरूमा पुग्ने गर्छन् । विश्वविद्यालयको पढाई केही महँगो र लामो अवधिको हुन्छ । अर्कोतिर विश्वविद्यालयमा प्रवेश पाउन नेपालीले निकै बढी मेहनत गर्नुपर्छ ।
मध्यम वर्गीय विद्यार्थीको रोजाई
जापान जाने अधिकांश विद्यार्थी मध्यम वर्गीय परिवारका छन् । अङ्ग्रेजीमा दक्षता प्राप्त गर्न नसक्ने विद्यार्थीहरूले जापान रोजिरहेको जाल्सानका पदाधिकारीहरू बताउँछन् । जापानमा स्वतन्त्रता जत्तिकै अनुशासनको महत्व छ । उनीहरूसँग दाँजिएर परिश्रम गर्न तिनै मध्यम वर्गीय नेपालीले सक्छन्, जो स्वदेशमा पनि शारीरिक श्रम गरेरै बाँचेका छन् । जापान जान कडा परिश्रमले मात्रै पनि पुग्दैन । त्यहाँ पुग्न लाग्ने आवश्यक खर्च (करीब रू. ११ लाख) जुटाउन सक्ने आर्थिक हैसियत पनि हुनुपर्छ । त्यसकारण जापान जाने विद्यार्थीमा मध्यम वर्गीयको बाहुल्य रहेको हो ।

जापानिज भाषामा अन्तर्वार्ता दिन सक्नेले मात्र सहज रुपमा भिसा पाएका छन्

yb

 

 

 

 

यज्ञविलास पौडेल,सञ्चालक,सेन्ट्रल कलेज
जापान जाने विद्यार्थीको संख्या बढ्दो क्रममा नै छन् तर भाषा गत ज्ञान नलिई जान खोज्नेलाई भने समस्या छ ।अहिले कक्षा १२ उत्तिर्ण गरेका युवाहरुको रहर जापानमा गएर पहिले भाषा अध्ययन गर्ने र त्यसपछी विश्वविद्यालयमा भर्ना हुने वा प्राविधिक विषय अध्ययन संस्थानमा भर्ना हुने नै हुन्छ । नेपालबाट बर्षेनि हजारौँको संख्यामा नेपाली विद्यार्थीहरु जापानमा अध्ययनका लागि जाने गरेका छन् ।नियमित विद्यार्थीको नै भिषा बढी लाग्ने भएकाले हाम्रो संस्थामा परामर्श लिन आउनेहरु अधिकासं नियमित विद्यार्थी नै हुन्छन् ।आफ्नो भविष्यलाई ध्यानमा राख्दै विद्यार्थीहरुले सम्पूर्ण तयारी पूरा गरेर मात्र जापान अध्ययनमा जानु पर्छ ।त्यहाँ हप्ताको २८ घण्टा र खालि समयमा विद्यार्थीले कानुनि रुपमै ४० घण्टा सम्म काम गर्न पाउँछन् ।जापानिज राजदुतावासले भाषामा अलिक कडाई गरेको छ । जापानिज भाषामा अन्र्तवार्ता दिन सक्नेले मात्र सहज रुपमा भिसा पाएका छन् ।जापान अध्ययनमा अवसरको खोजी ,राम्रो भविष्य ,नेपालमा फर्केर पनि प्राविधिक लाईनमा काम गर्न सक्छन् ।सेन्ट्रल कलेजले नेपालबाट जापानमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिदैँ आएको छ ।यसले अहिले देशका प्रमुख सहरहरुमा साखा समेत सञ्चालन गरिसकेको अवस्था छ ।काठमाडौँको पुतलिसडक,बुटवल,हेटौडा,चितवनको नारायणघाटमा साखा विस्तार संगै परामर्श सेवा प्रदान गर्दै आएकाले पनि विद्यार्थीहरुलाई सेन्ट्रल कलेजबारे जान्न सहज छ ।यहाँ हामीले जापानिज शिक्षकबाटै पनि विभिन्न तालिम र भाषागत ज्ञान प्रदान गर्दै आएका छौँ ।

Similar Posts :


25

संसदीय दलको नेतामा शंकर पोखरेल

नेकपा (एमाले) को प्रदेश नं ५ को संसदीय दलको नेतामा प्रदेश सांसद शंकर पोखरेल चयन भएका भएका छन्। प्रदेश सांसदको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै...

सन्दिप लामिछाने आईपीएलमा छनाेट हुन सक्ने

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनका लागि नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने पनि छनोट भएका छन् । आईपीएलको अक्सनमा पर्ने उनी पहिलो नेपाली क्रिकेटर...

सधै देउवा प्रधानमन्त्री भएपछी कांग्रेसलाई क्षति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावताकाको भाषणमा कांग्रेसको अन्तिम प्रधानमन्त्री भनिदिए । त्यसको भोलिपल्टै कांग्रेस सभापति शेरबहादुर देउवाले...

फिफा वरियतामा नेपाल ६ स्थान माथि

विश्व फुटबलको सर्वोच्च निकाय  फिफाको वरियतामा नेपाल ६ स्थान माथी उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान माथि उक्लेको...

एकता गर्न कुरा मिलिसक्यो,पार्टी अध्यक्षकाे निर्णय मात्र बाकी : प्रवक्ता भुसाल

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले नयाँ सरकार गठनअघि नै एमाले र माओवादी केन्द्रबीच एकता हुने बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार...

अस्थायी राजधानी नतोकेको विरोधमा दाङमा अान्दोलन

प्रदेश ५ को अस्थायी मुकाम रुपन्देही तोकेको विरोधमा दाङमा शुरु भएको आन्दोलनको अगुवाई राजनीतिक दलहरुले गर्ने भएका छन् ।यसअघि दाङ प्रादेशिक राजधानी सरोकार समितिको...

संसदीय दलको नेतामा शंकर पोखरेल

नेकपा (एमाले) को प्रदेश नं ५ को संसदीय दलको नेतामा प्रदेश सांसद शंकर पोखरेल चयन...

सन्दिप लामिछाने आईपीएलमा छनाेट हुन सक्ने

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनका लागि नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने पनि छनोट...

सधै देउवा प्रधानमन्त्री भएपछी कांग्रेसलाई क्षति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावताकाको भाषणमा कांग्रेसको...

26047321_1518885564847027_3260297653669222959_n