नेपाली कांग्रेसमा एजले होईन, एजेण्डाले नेतृत्व गर्ने हो ,विशेष महाधिवेशन गर्नुपर्छ : प्रवक्ता शर्मा

Loading...

‘जो बदलिन्छन्, तीनीहरुले नेतृत्व गर्छन, नबदलिनेहरुले विदा लिन्छन्’
नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले हालै सम्पन्न निर्वाचनमा व्यहोरेको हारको आवेगमुक्त भएर समिक्षा गर्नको लागि तत्काल केन्द्रिय कार्य समितिको बैठक बस्ने जानकारी दिएका छन् । उनले भने,‘केन्द्रिय कार्यसमिति बैठक चाँडै बस्छ, हामी आन्तरिक गृहकार्यमा जुटिसकेका छौँ, कार्यसमितिको बैठकपछि महासमिति हुँदै विशेष महाविधेशनसम्म जान सकिन्छ।’
राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले पार्टी पराजयको बारेमा गम्भिर समिक्षा गर्नुपर्ने र पार्टीलाई पूर्नजीवन दिलाउनको लागि अब बस्ने केन्द्रिय कार्य समितिको बैठकले ठोस निर्णय लिने पनि विश्वास दिलाए । उनले थपे,‘पहिला केन्द्रिय कार्यसमितिको बैठक बस्छ, त्यसपछि सोही बैठकले महासमिति बोलाउनेबारे निर्धारण गर्छ।’
प्रवक्ताका रुपमा मैले पार्टीको विधानलाई पनि हेर्नुपर्छ र पार्टीको विधानले केन्द्रीय कार्यसमितिको बैठकले आवश्यक ठानेमा विशेष महाधिवेशन हुन सक्छ भन्छ। निश्चित महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेमा तीन महिनाभित्रमा विशेष महाधिवेशन केन्द्रले बोलाउनुपर्छ । प्रवक्ता भइसकेपछि त्यो प्रकृयामा गएको छैन भने मैले हुँदैन भनेर बोल्न मिल्दैन । पार्टीको विधानमा व्यवस्था भएको चीज प्रवक्ताले हुँदैन भन्न पाइँदैन।’
आगामी दिनमा कांग्रेस सुदृढ बन्ने दिशामा जाने विषय व्यक्तिगत भन्दापनि समुहगत कुरा भएको उनको तर्क थियो । शर्माले थपे,‘यो सिंगो कांग्रेसको कुरा हो। युवाको वा पाकाको भन्ने होइन। नेपाली कांग्रेसलाई आज ठूलो क्षती भएको छ भन्नेमा सबै सहमत छन्, पार्टीमा रुपान्तरण जरुरी छ भन्नेमा सबै सहमत हुनुहुन्छ, प्रवक्ताका रुपमा पार्टीका नीति, कार्यक्रम र सन्देशलाई सम्प्रेषण गर्ने कुरामा पनि म अझ गम्भीर भएर लाग्छु।’
एमाले–माओवादी केन्द्रवीचको वाम गठबन्धन भत्काउन प्रधानमन्त्रीमा कसैलाई प्रस्ताव नगरिएको उनले जिकिर गरे । उनले थपे,‘सडकमा कसले कुन सन्दर्भमा के बोल्नुभयो भन्ने कुराको जवाफ मैले कांग्रेस प्रवक्ताका रुपमा दिनु उचित हुँदैन। नेपाली कांग्रेस जनताले दिएको म्याण्डेट बमोजिम प्रतिपक्षमा बस्नेतर्फ नै गम्भीरतापूर्वक लाग्छ।’
उनले आधिकारिक रुपमा कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भनेर कुनै निर्णय नगरेको पनि स्पष्ट पारे । उनले एमाले–माओवादीवीच एकता होस् भन्ने पक्षमा नै रहेको सुनाए । ‘हामी शुभकामना दिन्छौं, उहाँहरुवीच एकता होस्’–उनले भने ।
उनले आफ्ना अभिव्यक्ति अब पार्टीको अभिव्यक्ति भएको उल्लेख गर्दै भने,‘पार्टीमा जो बदलिन्छन्, तीनीहरुले नेतृत्व लिन्छन्, जो बदलिँदैनन् तीनले विदा लिन्छन्।’ उनले युवा पुस्ता भन्दापनि आफू प्रवृत्तिले पार्टीलाई डा«ईभ गर्नुपर्छ भन्ने पक्षमा रहेको सुनाए । उनले भने,‘युवाहरुले उठाएका धेरै मुद्दाहरु कांग्रेसले सम्बोधन गरेको छ, चुनाव हारेलगत्तै पार्टीले मलाई प्रवक्ता बनायो, यो पनि युवाहरुको माँग पूरा भएको भनेर बुझ्न सकिन्छ।’
सरकारले चाँडै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने उनले विश्वास दिलाए । शर्माले भने,‘यो सरकारले सबै काम सहमतिबाट गर्न खोजेको छ, तर जिम्मेवार दलका अध्यक्षले नै यो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट सपथग्रहण गर्दैनौं भन्नुभयो, यसका बावजुद पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति खोजिरहनुभएको छ।’ उनले जाँदै गरेको सरकार भन्दापनि आउँदै गरेको सरकार गम्भिर हुनुपर्नेमा जोड दिए ।
पार्टीभित्र पनि सरकारले चाँडै प्रदेश प्रमुख नियुक्ती गर्नुपर्नेमा जोड दिएको उनको भनाई थियो । उनले थपे,‘सकेसम्म सहमति कायम गर्ने यो सरकारको चाहना छ, यदि सहमति भएन भने निर्णय लिन्छ।’ त्यस्तै उनले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको दुई सातापछि नयाँ सरकार गठन हुने जनाए ।

Loading...

Similar Posts :


25

संख्या देखाएर संसदको दुरुपयोग गर्न खोजे चुप बस्दैनौं : गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा कांग्रेस चुप लागेर नबस्ने बताएका छन् । कांग्रेसले दर्ता गरेको...

जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण

उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी...

बलियो फ्रान्स, नौलो क्रोएसिया

फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनलमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन् । दाबेदार मानिएका अधिकांश ठूला टोलीले अपेक्षित प्रदर्शन गर्न चुकेको यस प्रतियोगितामा...

फिरन्ते जीवन विताउने राउटे बने स्थायी बासिन्दा

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णालीप्रदेश अन्तर्गतको दैलेख जिल्लाको गुराँस गाउँपालिका–८ स्थित पातले...

उपत्यकामा दिउँसै पेस्तोल किनबेच ! ३ जना पक्राउ

उपत्यकामा दिनदहाडै हतियार किनबेच हुने गरेको खुलेको छ । प्रहरीले जर्मन पेस्तोल विक्री गर्न हिँडेका ३ जनाको समूहलाई ललितपुरको नख्खिबोटबाट पक्राउ गरेसँगै हतियार किनबेच...

स्वास्थ्यकर्मीले सेवा रोके कारवाही गर्ने सरकारको चेतावनी

सरकारले स्वास्थ्य सेवामा अवरोध गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्ने चेतावनी दिएको छ । जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकार संवेदनशील नभए नेपाल चिकित्सक संघले...
Loading...

संख्या देखाएर संसदको दुरुपयोग गर्न खोजे चुप बस्दैनौं : गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा...

जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण

उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी...

बलियो फ्रान्स, नौलो क्रोएसिया

फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनलमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन् । दाबेदार...