भिसा कार्डबाट भुक्तानी गर्दा के के छुट पार्इन्छ हेर्नुस्

Loading...

विभिन्न बैंकका भिसा तथा क्रेडिट कार्डवहाकले कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म पैसा जोगाउन सक्ने भएका छन्।बिल भुक्तानीको रकम कार्डमार्फत तिर्दा सो रकमको १० प्रतिशतसम्म नगद रकम आफ्नै खातामा फिर्ता हुने योजना बैंकहरुले ल्याएका छन्।

कार्ड लोयल्टी प्रोगामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध बैंकका कार्ड होल्डरहरुले यो सुविधा पाउने छन्।इन्भेष्टमेन्टसहित सेन्चुरी, ग्लोबल आइएमई, कुमारी, महालक्ष्मी विकास, मेगा, मुक्तिनाथ विकास, एनसिसी, राष्ट्रिय वाणिज्य, सानिमा र टुरिजम डेभलपमेन्ट बैंकका कार्ड प्रयोगकर्ताहरु यसबाट लाभान्वित हुने छन्। अन्य बैंकहरुको कार्डमा भने यो सुविधा छैन।

हरेक सामान तथा सेवाको भुक्तानी कार्डमार्फत गर्दा आफ्नो खातामा ‘क्यास ब्याक’ हुने सम्बद्ध बैंकका कार्ड डिपार्ट प्रमुखहरुले बताएका छन्। यदी क्यास ब्याक नभएमा सम्बद्ध बैंकमा ग्राहकले गुनासो गर्न सक्नेछन्।

मेगा बैंक कार्ड डिपार्ट प्रमुख राकेश श्रेष्ठका अनुसार नगदरहित भुक्तानीमा टेवा पुर्याउने उद्देश्यले यस्तो योजना ल्याइएको हो। माघ १ गतेदेखि कारोबार गर्दा यो योजना लागू हुने उनले जानकारी दिए।

‘सुरुमा हामीले एक महिनाको लागि योजना ल्याएका छौँ, यो अवधिमा परीक्षण गरिसकेपछि पुनः थप्न सक्छौँ’ उनले भने ‘कार्डबाट नगद झिक्न मात्रै नभई पैसा भुक्तानीका लागि पनि प्रयोग होस् भन्नका लागि यो योजना महत्वपूर्ण छ।’

यसअघि समग्र कारोबारमा १० प्रतिशत नै छुट दिनेगरी यिनै बैंकहरुले यो योजना ल्याएका थिए। सो योजना एकदमै प्रभावकारी भएको श्रेष्ठले जानकारी दिए। यसअघि ल्याएको योजनाले कार्डबाट हुने कारोबारमा झण्डै ५२ प्रतिशत बढेको उनले जानकारी दिए। यसबाट पैसा हराउने, चोरी हुने वा नष्ट हुने जस्ता समस्या समेत नरहने भएकाले कार्डबाटै कारोबार गर्न बैंकर्सले सुझाएका छन्।

कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिद गर्दा प्रत्यक्ष नगदको सट्टा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहन मिल्ने बैंकहरुले विश्वास छ।

कार्डलाई एटिएममा घुसाएर पैसा निकाली पुनः त्यो रकम खर्च गर्नुको साटो डाइरेक्ट कार्डबाट कारोबार गराउन आफूहरु लागेको श्रेष्ठले बताए। यसका लागि न्यूनतम ५ सय रुपैयाँको कारोबार हुनुपर्दछ। मासिक कारोबार संख्या पनि तोकिएको छ।

Loading...

Similar Posts :


21

नयाँ बर्षमा धुमधामले सजिदै पाेखरा ,फेवा नवबर्ष महाेत्सब सुरू

पाेखराकाे फेवाताल किनारमा नयाँ वर्ष उत्सव मनाइँदै  अाएकाेमा यस बर्ष ‘फेवा ताललाई संरक्षण गरौं,’ नारा दिएर पोखरामा ‘फेवा नव वर्ष महोत्सव’ सुरु भएको छ...

तामाकोसी आयोजना समयमै सम्पन्न हुन्छ – अाेली

प्रधानमन्त्री केपी ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्धारित समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आयोजना निर्माण गर्न सरकारका कुनै निकायले ढिलासुस्ती...

राष्ट्रिय प्रसारणलाइनमा जाेडिदै साेलार उर्जा

विश्व बैंकको सहयोगमा निर्माणाधीन २५ मेगावाटको सोलार ऊर्जा आगामी एक वर्षभित्रै सञ्चालनमा आउने भएको छ । नुवाकोटको देवीघाटमा निर्माण भइरहेको यो सोलार ऊर्जामा विश्व...

सरकारले सबै गाउपालिकामा एकीकृत सम्पत्ति कर लागु गर्ने

आगामी साउन १ गतेदेखि घर, जग्गा, मालपोत, भूमि लगायत नाममा छुट्टाछुट्टै कर बुझाउनु नपर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै...

अर्थमन्त्रीले जारी गरेकाे स्वेतपत्रमा नेपालकाे ढुकुटि रित्तिदै गएकाे स्पष्टाेक्ति

अर्थमन्त्री डा.युवराज खतिवडाले बैंक तथा वित्तिय क्षेत्रमा अहिले देखिएको समस्याले बैंकहरुले प्रवाह गरेको कर्जा प्रतिनै  शंका उब्जाएको बताएका छन् । शुक्रबार श्वेतपत्र जारी गर्दै...

बजार निरन्तर ओरालो लाग्दा पनि सरकार मूकदर्शक बनेको लगानीकर्ताले आरोप

वाम गठबन्धनको नयाँ सरकार गठन भएसँगै नेपाली पुँजी बजार निरन्तर ओरालो लागेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दिन नेप्से...
Loading...

जुनसुकै अवस्थामा पनि जिम्मेवारी बहन गर्न सक्छु – उमेश ढुंगेल

उमेश ढुंगेल वर्तमान कार्यसमितिका सचिव तथा आगामी निवार्चनमा उपाध्यक्षका उम्मेदवार हुन् ।ढुङ्गेल सरोज कुमार...

अार्थीक अनुशासन कायम गर्नेछु -गोविन्द अधिकारी

भाेली नेपाल शैक्षिक परामर्स संघ इक्यानको  निर्वाचन हुँदैछ । यतिखेर निर्वाचनमा प्रष्ट दुई समुह...

सफल व्यवसायी सफल नेतृत्व

बिगत लामो समयदेखी परामर्श व्यवसायमा क्रियाशिल युवा व्यवसायी जसले आफ्नो संस्था अर्विट एजुकेशनलाई परामर्श...