क्यानडालार्इ नेपालले जित्नै पर्ने दबाब,ब्याटिङ सुधार्न आवश्यक

Loading...

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत लिग चरणको अन्तिम खेलले नेपालको भविष्य निर्धारण गर्दैछ । नेपालको अगाडिको ढोका खोल्नका लागि लिग चरणको अन्तिम खेलमा क्यानडालाई जित्नैपर्ने हुन्छ ।

नामिवियामा जारी डिभिजन टु को अन्तिम खेल नेपालका लागि फाइनलभन्दा बढी महत्वपूर्ण छ । किनभने बुधबार हुने खेलमा क्यानडालाई हराए नेपाल डिभिजन टु को फाइनलमा मात्रै होइन, विश्वकप छनोटमा पनि प्रवेश गर्नेछ । यदि क्यानडासँग पराजित भए नेपाली क्रिकेट फेरि पछि धकेलिन सक्छ । त्यसैले नेपालसामु क्यानडालाई पराजित गर्दै अघि बढ्ने सुनौलो अवसरको साथै चुनौती पनि छ ।

नेपाललाई जित्ने पर्ने दबाब

नेपालले समूह चरणको अन्तिम खेलमा भोलि शीर्ष स्थानमा रहेको क्यानडाको सामना गर्नेछ । विश्वकप छनोट खेल्न नेपाललाई यो खेल जिर्नै पर्ने दबाव छ ।

पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग अप्रत्यासित हार व्यहोर्न पुग्यो । तेस्रो खेलमा यूएईलाई हराएपछि विश्पकप छनोटको सम्भावना कायमै छ तर, क्यानडालाई हराउनु अनिवार्य भएको छ ।अहिले अंंक तालिकाको शीर्ष तीन टिमको समान ६/६ अंक छ भने यूएईको चार अंक छ ।

भोलि नेपालले क्यानडासँग खेल्दा घरेलु टोलीले नामिबियाले यूएईको सामना गर्नेछ । यदि नेपालले जित्यो भने साझैं फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ ।हारले भने लगभग बाहिरिनेछ । एउटा अवस्थामा मात्र नेट रनरेट हेर्नु पर्ने हुन्छ ।

यदि नेपाल क्यानडासँग हार्‍यो र यूएईले नामिबियाले हरायो भने तीन टोलीको समान ६-६ अंक हुनेछ र नेट रन रेटका आधारमा नेपाल, नामिबिया र यूएई मध्ये एक टिमले फाइनलसँगै विश्वकप छनोटमा स्थान बनाउनेछ ।

तर, तीन वटै खेलमा झिनो अन्तरले जितेको नेपालको रनरेट सबैभन्दा कम छ । यस्तो अवस्थामा नेपाललाई नेट रनरेटले साथ नदिनसक्छ । त्यसैले ढुक्कसँग विश्वकप छनोटमा स्थान बनाउन क्यानाडालाई नहराई सुख्खै छैन ।

ब्याटिङ सुधार्न आवश्यक
नेपाली क्रिकेट टिमले नामिविया प्रस्थान गर्दासम्म पनि सोचेको थिएन, नेपालको ब्याटिङ यसरी खस्किन्छ । जारी डिभिजन टु मा नेपालले लिग चरणको ४ खेल खेलिसकेको छ, जसमा ३ खेलमा जित र १ खेलमा हार ब्यहोरेको छ ।

जारी प्रतियोगितामा बलिङ उत्कृष्ट भइरहेको बेला ब्याटिङ भने बिर्सनलायक बनेको छ । पहिलो खेलमा नेपालले आयोजक नामिवियासँग खेल खेलेको थियो, जुन खेलमा नामिवियाले दिएको १३९ रनको झिनो चुनौती पूरा गर्न पनि नेपालले आफ्नो ९ विकेट गुमाएको थियो ।

दोस्रो खेलमा नेपालले कमजोर मानिएको ओमनसँग नसोचेको ६ विकेटको हार ब्यहोर्नुपर्यो । १३८ रनमै अलआउट भएको नेपाल आफ्नो दोस्रो खेलमा ब्याटिङकै कारण ओमनको सिकार बन्यो ।

तेस्रो खेलमा बलियो प्रतिद्वन्दी मानिएको युएईसँग नेपालको भेट भयो । बलिङ निकै किफायती गरेको नेपालको ब्याटिङ पनि सुध्रिएन । तर, खेल भने नेपालले ४ विकेटले युएईलाई हराउन सफल भयो । यो खेलमा भने कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले ।

चौथो खेल नेपालको केन्यासँग थियो, जुन खेलमा विगतकै ब्याटिङ लाइन हुने त होइन ? नेपाली खेलाडी पनि चिन्तित बनेका थिए । १७८ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । यो खेलमा पनि नेपालका कप्तान पारस बाहेक अन्य अग्रपंक्तिका ब्याट्सम्यान सस्तैमा आउट भए । कुनै समय हार नजिक रहेको नेपालको इनिङ्स युवा खेलाडी आरिफ शेख र यही प्रतियोगिताबाट डेब्यु गरेका रोहित कुमार पोडेलले सम्हाल्दै जित दिलाए ।

लगातार चार खेलमा निराशाजनक ब्याटिङ गरेको नेपालले क्यानडा विरुद्ध पनि यस्तै प्रदर्शन त गर्ने होइन ? 

नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा यु–१९ का मुख्य प्रशिक्षक विनोद दास नामिवियाको विकेट कन्डिसन फरक भएका कारण नेपाली ब्याट्सम्यान चल्न नसकेको बताउँछन् । विनोद भन्छन्, “हामी सबैलाई ब्याटिङ राम्रो भएन भन्ने लाग्छ । तर, त्यहाँको विकेट तथा मौसम कन्डिसन फरक छ । त्यसैले गर्दा नेपालमात्रै हैन, अरु टिमले पनि राम्रो ब्याटिङ गर्न सकेको छैन । हुन सक्छ त्यहाँको कन्डिसनले गर्दा पनि रन बनाउन सकेको होला । तर, हामी ४ वटा खेलमा ३ खेलमा जित हात पारेको छौं ।”

नेपालको अगाडिको यात्रा क्यानडासँगको खेलले निर्धारण गर्नेछ । क्यानडालाई पराजित गर्न नेपाली ब्याट्सम्यान चल्नैपर्छ । यसमा पूर्वकप्तान विनोद पनि सहमत छन् ।
उनी भन्छन्, “नेपाल कुनै पनि टिमलाई हराउने क्षमता राख्छ । नेपाल डिभिजन वानको टिम हो । हामी आफ्नो क्षमता अनुसार खेल्यौं भने क्यानडालाई हराउन सक्छौं । त्यसका लागि हामीले ब्याटिङ सुधार्नैपर्छ ।”

हारे के हुन्छ ?
जारी डिभिजन टु को शीर्ष स्थानमा क्यानडा रहेको छ । क्यानडाको ४ खेलबाट ३ खेलमा जित र एक खेलमा हारसहित ६ अंक रहेको छ भने नेपालले पनि समान खेलबाट ३ मा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक नै छ ।

बुधबार हुने यी दुई टिमको विजेता डिभिजन टु को फाइनलमा प्रवेश गर्दै विश्वकप छनोटमा पुग्नेछ भने पराजित टोली डिभिजन टु मै रहने निश्चित जस्तै छ । लिग चरणको अन्तिम अन्य खेलमा नामिवियाले युएईको सामना गर्दैछ । यो खेलले पनि डिभिजन टु को फाइनलमा पुग्ने टिमको छिनोफानो गर्नेछ ।

जारी प्रतियोगितामा नेपालको नेट रनरेट –०.१५८ रहेको छ । यद्यपि युएईको समान ४ खेलबाट २ खेलमा जित र २ खेलमा पराजितसहित ४ अंक छ । युएईको नेट रनरेट नेपालको भन्दा राम्रो छ । युएईको १.२२१ रहेको छ । यता, आयोजक नामिवियाको पनि नेट रनरेट नेपालको भन्दा राम्रो छ । त्यसैले क्यानडासँग नेपाल पराजित भए डिभिजन टु को शीर्ष दुईभित्र पर्दै विश्वकपमा पुग्ने सम्भावना यहीँ अन्त्य हुने सम्भावना उतिकै छ ।

पूर्वकप्तान दास क्यानडा विरुद्ध सबै खेलाडीले राम्रो प्रदर्शन गर्नुपर्ने बताउँछन् । “नेपालको हरेक खेलमा केही खेलाडीले राम्रो गरेका छन्, चाहे त्यो सोमपाल होस्, या पारस, या सन्दीप लामिछाने नै किन नहुन् । सोमबार केन्या विरुद्धको खेलमा दुई युवा खेलाडी रोहित र आरिफले राम्रो ब्याटिङ गरे,” विनोद भन्छन् ।

उनले थपे, “सबै खेलाडीले आफ्नो रोलहरू विस्तारै प्ले गर्दैछन्, यो प्रतियोगितामा । क्यानडा विरुद्ध पनि नयाँ हिरोहरू देख्न पाइएला । अहिलेसम्म ज्ञानेन्द्रको ब्याटबाट रन देख्न पाइएको छैन । शरदले पनि ठूलो इनिङ्स खेलेका छैनन् ।”

नेपाल भर्सेस क्यानडा
क्यानडा र नेपाल अहिलेसम्म २ पटक आमनेसामने भएका छन् । दुई खेलमध्ये क्यानडाले पहिलो खेलमा जित हात पारेको छ भने एउटामा नेपालले बाजी मारेको छ ।
सन् २०१४ मा विश्वकप छनोटमा नेपाल क्यानडासँग १२ रनले पराजित भएको थियो । जित नजिक पुगेर पनि पराजित भएको नेपाल क्यानडासँगको पहिलो भेटमा नै त्यतिबेला निरिह बनेको थियो ।

तर, सन् २०१५ मा नामिवियामै सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपालले क्यानडालाई ७ विकेटले पराजित गर्दै पहिलो भेटमा पराजित भएको बदला पनि लिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा ११४ रनमात्रै बनाएको थियो । नेपालका लागि त्यसबेला करण केसीले उत्कृष्ट बलिङ गरेका थिए । करणले १० ओभर बलिङ गर्दै २ मेडन राखेर २६ रन खर्चेर ५ विकेट लिएका थिए । सोमपाल कामीले पनि त्यसबेला क्यानडालाई सस्तैमा समेट्ने क्रममा २ विकेट लिएका थिए ।

त्यसबेला नेपाललाई जित दिलाउन कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरेका थिए । कप्तान खड्काले ७७ रन बनाएका थिए । त्यस्तै, ज्ञानेन्द्र मल्लले अविजित ३२ रन बनाएसँगै नेपालले क्यानडामाथि शानदार जित हात पारेको थियो । विगतको प्रदर्शन हेरेर क्यानेडीयन खेलाडी पनि कप्तान पारस र ज्ञानेन्द्रबाट सजग भएको हुनुपर्छ ।

यो पटक क्यानडालाई ठूलो अवसर छ विश्वकप छनोटमा प्रवेश गर्ने । त्यो मौका गुमाउन कुनै पनि हालतमा चाहँदैन । तर, नेपाल पनि क्यानडालाई रोक्न तयार छ ।

Loading...

Similar Posts :


5

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह ‘ए’ विजेता बनेको छ । नेपाल र बंगलादेश समूहको अन्तिम खेलअघि...

अष्ट्रेलिया भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा ८ रनले पराजीत

मंगलबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई आठ रनले हराउँदै दाेस्राे एकिदविसय खेलमा विजयी भएकाे छ । कुनै बेला जीत नजिक पुगेको अष्ट्रेलियालाई रोक्दै भारतले...

उदीयमान बर्ष खेलाडीेबने क्रिकेटर रोहितकुमार पौडेल

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रदान गर्ने ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ को वर्षको उदीयमान खेलाडीे अवार्ड रोहितकुमार पौडेलले हात पारेका छन् । सिप्यानले आज राजधानिमा...

मुलपानीमा क्रिकेट मैदानको काममा तिव्रता , सल्टिएन जग्गा विवाद

नेपाल क्रिकेटका लागि नयाँ जोन बन्ने सम्भावना देखिएको छ । धुर्मुस सुन्तलिले अन्तराष्ट्रिय गौतम बुद्ध रंगशाला बनाउन लागेको खबरले क्रिकेटको माहोल तातेको बेला काठमाडौंको...

टी–ट्वान्टी क्रिकेटको विश्व वरीयतामा नेपाली खेलाडिकाे स्थान सुधार

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले टी–ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा दुई स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–२०...

डिपीएलकाे उपाधि अत्तरियालाई, महेन्द्रनगर ३ विकेटले पराजित

घरेलु टोली सिवाइसी अत्तरियाले तेस्रो संस्करणको धनगढी प्रिमिएर लिग क्रिकेटको उपाधि जितेको छ । महेन्द्रनगर युनाइटेडमाथि ३ विकेटको रोमाञ्चक जित निकाल्दै सिवाइसी अत्तरियाले पहिलो...
Loading...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली

विखण्डनवादी क्रियाकलाप नगर्ने भन्दै सरकार र सिके राउत समुह विच ११ बुदे सहमति,प्रधान्मन्त्रीले गरे राउतकाे प्रशंसा

सिके राउत मूलधारको राजनीतिमा आउँने विषयमा प्रधानमन्त्रीसंग सहमति खाेज्दै

निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर, डिएसपीसहित ६ पक्राउ

टीकापुर घटनाः रेशम चौधरी सहित ११ जनालाई जन्मकैद