बन्ने भाे एेतिहासिक ठूलाे कम्युनिष्ट पार्टी

Loading...

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे पत्रमा  हस्ताक्षर गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अवेर एमाले र माओवादीका नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिपत्रमा एमाले तर्फबाट केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेलले हस्तक्षार गरेका छन् भने माओवादी तर्फबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन्।एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र मार्क्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ ।साथै जनताको बहुदलीय जनवाद, माओवाद र २१ औं सताब्दीको जनवादबारे छलफल गर्दै जाने सहमति भएको सातबुँदेमा उल्लेख गरिएको छ ।

अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी एकीकृत पार्टी सञ्चालन गर्ने दुर्इ दलले बताएका छन् ।तर, पार्टी नेतृत्व, सरकारमा सहभागिता, राष्ट्रपति, सभामुख लगायत पद बाँडफाँटबारे सहमतिपत्रमा केही उल्लेख छैन । दुई दलबीच एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष हुने भद्र सहमति भएको छ ।

 

Loading...

Similar Posts :


25

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ । कानून मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतको...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग गरेको फेसबुकले सार्वजनिक गरेको छ । फेसबुकले यसैसाता सार्वजनिक गरेको...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरेर २४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।...

कूटनीतिक राहदानी दिन कडाइ

परराष्ट्र मन्त्रालयले सांसदहरूलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) दिन कडाइ गरेको छ । संविधानसभा र अघिल्ला प्रतिनिधिसभाका कतिपय सांसदले रातो पासपोर्टको दुरुपयोग गरेको अनुभवका आधारमा परराष्ट्र...

एसियाकै शक्तिशाली कम्युनिस्ट पार्टी

दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकीकरण भएर एसिया महादेशमा भएका विभिन्न  कम्युनिष्ट पार्टिहरू मध्य नेपालकाे कम्युनिष्ट पार्टि शक्तिशाली भरएकाे...

फेकनले गर्याे लेखा तथा कर सम्बन्धी तालिम

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फकनले लेखा तथा कर सम्बन्धी तालिम सम्पन्न गरेकाे छ ।अार्इतवार राजधानीकाे फेकनकै कार्यलयमा अायाेजीतक कार्यक्रममा अध्यक्ष युवराज कटुवालले तालिमले...
Loading...

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी...