चाउमिन-पिज्जाको अत्यधिक सेवनले मुटुरेागदेखि बाँझोपनासम्मको खतरा

Loading...

के तपाईं पनि फास्टफुड र बजारमा भेटिने ‘रेडी टु इट फुड’ को शौखिन हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईं जानेर-नजानेर मोनो सोडियम ग्लुटामेटको भरपुर सेवन गरिरहनुभएको छ ।

मोनो सोडियम ग्लूटामेट अर्थात एमएसजी स्वास्थ्यका लागि कति खतरनाक छ भन्ने तपाईंलाई जानकारी छैन होला । यदि तपाईं प्याकेटमा ‘नो एडेडे एमएसजी’ को लेवल देखेर यसलाई सुरक्षित मान्नुहुन्छ भने पनि तपाईंलाई कम्पनीहरुले वेवकुफ बनाइरहेका छन् ।

के हो मोनो सोडियम ग्लूटामेट ?

ग्लूटामेट एक प्रकारको प्राकृतिक एमिनो एसिड हो जुन दूध, च्याउ र माछा जस्ता थुप्रै खाद्य पदार्थहरुमा पाइन्छ । मोनो सोडियम ग्लूटामेटलाई कारखानामा बनाइन्छ । यसको प्रयोग स्वाद बढाउने पदार्थको रुपमा गरिन्छ ।

बढिजसो चाइनिज खानेकुरा, नुडल्सका मसला, पिज्जा, चिप्स, बट्टामा बन्द तरकारी, सूप र प्रशोधित मासुमा यसलाई मिसाइन्छ । खाद्य सुरक्षासँग सम्वन्धित संसारभरका तमाम संस्थाहरुमा एमएसजीको प्रयोगलाई लिएर सँधै विवाद पर्दै आएको छ । यस विवादका कारण धेरै उत्पादकहरुले आफ्नो प्याकेटमा ‘नो एडेड एमएसजी’ लेख्न थालेका छन् ।

प्याकेटमै यस्तो लेखिएको देखेपछि तपाईं यसलाई सायद सुरक्षित सम्झिनुहुन्छ । तर, तपाईं गलत हुनुहुन्छ । धेरै उत्पादनहरुमा ‘नो एडेड एमएसजी’ लेखिने भए तापनि यसमा एमएसजी हुन सक्छ, किनकी उपरोक्त टिप्पणीको अर्थ हो, यस उत्पादनलाई बनाएपछि एमएसजी मिसाइएको छैन । जबकि बनाउने क्रममा यो उत्पादन प्रयोग गरिएको हुन सक्छ ।

एमएसजीको प्रभाव

एमएसजीको प्रयोग सुरु भएयताका ३० वर्षमा संसारभरमिा टाइप २ डाइबिटिजका रोगीहरुको संख्या ३० गुणा बढेको पाइन्छ । यसैबाट थाहा हुन्छ कि एमएसजी कति हानिकारक चिज हो । साथै यसको प्रयोगले गर्दा संसारभर बच्चाहरुमा मोटोपना बढिरहेको छ ।

किन हानीकारक छ एमएसजी ?

-एमएसजीको प्रकृति नशाजस्तो हुन्छ । एकपटक एमएसजीयुक्त खाद्यपदार्थ खाएपछि बारम्बार यही खान मन लाग्छ ।

-एमएसजीको सेवनले शरीरमा इन्सुलिनको मात्रा प्रभावित हुन्छ । त्यसैले यसले टाइप २ डाइबिटिजको खतरालाई बढाउँछ ।

-एमएसजीको सेवनले आँखाको ज्योती प्रभावित हुन्छ र तपाईंको रेटिनामा असर गर्न सक्छ ।

-यसको सेवनले मुटुको धड्कन बढ्नुका साथसाथै मुटुसम्वन्धी तमाम रोगहरुको सम्भावना बढ्छ । यसका अलावा छातिको दुखाई पनि हुन सक्छ ।

-एमएसजीयुक्त पदार्थहरुको अधिक सेवनले मोटोपनाको सम्भावना बढ्छ । बच्चाहरु र युवाहरुमा मोटोपानाको एउटा ठूलो कारण फास्टफुड्स र प्याकेज्ड फुड्समा प्रयोग हुने एमएसजी पनि हो ।

-एमएसजीले हाम्रो शरीरको न्यूरोन्सलाई पनि प्रभावित गर्छ । त्यसैले यसको लगातार सेवनले हाम्रो दिमागी क्षमतामा पनि प्रभाव पर्छ । एमएसजीयुक्त पदार्थहरुको सेवनले अल्जाइमर्स, पार्किन्सन्स जस्ता मस्तिष्कका रोग पनि हुन सक्छन् ।

-एमएसजीयुक्त पदार्थहरुको सेवनले बाँझोपना पनि हुन सक्छ किनकी यसको प्रयोगले गर्भमा रहेको बच्चालाई भोजन पुर्‍याउने नली प्रभावित हुन्छ । यसबाट भ्रुणको विकास नै हुन पाउँदैन ।

-एमएसजी मिसाइएको आहारा खाँदा रक्तचाप बढ्नुका साथै मुटु रोगको सम्भावना पनि बढ्छ ।

-यसको लगातार प्रयोगले माइग्रेनदेखि टाउको दुख्ने समस्या उत्पन्न हुन सक्छ ।

Loading...

Similar Posts :


12

स्वास्थ्यकर्मीले सेवा रोके कारवाही गर्ने सरकारको चेतावनी

सरकारले स्वास्थ्य सेवामा अवरोध गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्ने चेतावनी दिएको छ । जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकार संवेदनशील नभए नेपाल चिकित्सक संघले...

रूकुममा बस दुर्घटना, एकको मृत्यु, १६ घाइते

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा आज दिउँसो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–...

डा. केसीलाई जबरजस्ती काठमाडौं ल्याउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई सरकारले जबरजस्ती भएपनि उपचारका लागि काठमाडौं ल्याउने संकेत गरेका छन् । राजधानीमा...

११ महिने छोराको मिर्गौला दान नेपाली दम्पत्तिबाट

एक नेपाली दम्पत्तिले आफ्नो ११ महिने छोराको अंग दान गरेका छन् । उनी भारतको चण्डिगढस्थित पोस्ट ग्राजुयट इन्सटिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च (पिगिमर)को...

डा.केसीकाे स्वास्थ्य जटिल बन्दै

चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी ११ दिनदेखि आमरण अनशनमा रहेका डा.गोविन्द केसीले आफूसँग वार्ता गर्न चाहे सरकार जुम्ला आउनुपर्ने बताएका छन् । आफूले...

डा. केसीसँग फोनमै वार्ता गर्ने प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग सम्वाद गर्न खोजेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयले डा. केसीसँग सम्वादका लागि वातावरण बनाइदिन नेपाल...
Loading...

संख्या देखाएर संसदको दुरुपयोग गर्न खोजे चुप बस्दैनौं : गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा...

जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण

उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी...

बलियो फ्रान्स, नौलो क्रोएसिया

फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनलमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन् । दाबेदार...