एपीएफ१३औं विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको फाइनलमा

Loading...

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब नारायणगढ क्याम्पाचौरमा जारी १३औं विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमीफाइनल खेलमा एपीएफले फ्रेण्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै फार्इनलकाे यात्रा तय गरेकाे हो । प्रतियोगितामा सहभागी अरु विभागीय टिम सेमीफाइनलमा पनि नपुग्दा एपीएफ फाइनलमा प्रवेश गरेको हाे । एपीएफका लागि जर्सी नम्बर ८ का खेलाडी सन्तोष श्रेष्ठले दुई गोल गरे । त्यस्तै अर्को एक गोल जर्सी नम्बर १५ का रुपबहादुर लामाले गरे । एपीएफका तीन गोल मध्यान्तरअघि नै भएको थियो । मध्यान्तरपछि फ्रेण्ड्सले एक गोल गरेको हो । फ्रेण्ड्सका लागि जर्सी नम्बर १७ का जोनल ग्लोरीले गोल गरेका हुन् ।

एपीएफका सन्तोषले खेल सुरु भएको १०औं मिनेटमा पहिलो गोल गरेका थिए । पोस्टको देब्रे कुनाबाट आएको बललाई सन्तोषले हल्का प्रहार गरेर गोलमा परिणत गरेका थिए । उनै सन्तोषले खेलको १७औं मिनेटमा अर्को गोल गरेका हुन् । त्यस्तै खेलको ३३औं मिनेटमा रुपबहादुरले टिमका लागि गरेको तेस्रो गोलले एपीएफ मध्यान्तरअघि नै ३–० गोल अन्तरले अघि भएको थियो ।
मध्यान्तरपछि १८औं मिनेटमा फ्रेण्ड्सका जोनल ग्लोरीले गोल गरेका हुन् । विपक्षीको पोस्टसम्म बल लैजाने जोनल फ्रेण्ड्का एक्ला खेलाडी जस्तै थिए ।  टिमका लागि दुई गोल गरेका एपीएफका सन्तोष श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका छन् ।
प्रतियोगितामा फ्रेण्ड्सका धीरज श्रेष्ठ र एपीएफका रोजन गुरुङलाई रेफ्रीले चेतावनी स्वरुप पहेँलो कार्ड देखाएका थिए । बिहीबार दोस्रो तथा अन्तिम सेमीफाइनल खेल मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच हुनेछ । कुल १२ टिम सहभागी प्रतियोगिताको फाइनल खेल फागुन १९ गते शनिबार हुने छ । प्रतियोगितामा विजयी टिमले पाँच लाख रुपैयाँ र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउने छन् ।
Loading...

Similar Posts :


5

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका छन् । उनले ११ औं कार्ड बिहीबार बिहान सम्पन्न युभेन्ट्स...

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । शनिबार ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई २—० गोल अन्तरले...

नेपाल पाकिस्तानसँग २–१ ले पराजित

साफ् च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।  बंगलादेशको ढाकामा आजदेखि शुरू च्याम्पीयनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको हो...

नेपालको फराकिलो जित र यूएईको फराकिलो हारले मात्र नेपालको एसिया कपको यात्रा तय हुने

४ खेल सकिँदासमेत नेट रनरेटमा नेपाल चार टोलीमध्ये पछाडि सुरुवाती दुई खेलको पराजयले नेपालको एसिया कप खेल्ने सम्भावनालाई न्यून बनाए पनि मलेसिया र सिंगापुरमाथिको...

सिंगापुरविरूद्ध नेपालकाे सहज जीत

एसियाकप खेल्ने गणितिय संभावना बाकी एसियन क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोट खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आइतबार मलेसियाको यूकेएम...

मलेसियासंग १९ रनकाे जितपछि नेपालकाे एसिया कप पुग्ने आशा कायमै

एसियन क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियामाथि १९ रनको जित निकालेको छ । १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले ९...
Loading...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने...

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या गरिएको छ। भारतबाट मोटरसाइकलमा आएका दुई...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइदै

शिक्षक सेवा आयोगकाेपरीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै विरोध :सांसद

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान

मूल्यवृद्धि फिर्ता नलिए टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने :यातायात व्यवसायी

बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा संचारकर्मी राज बराईली नियुक्त

परामर्श व्यवसायमा धराैटि र विदेशी लगानी अावश्यक छैन