हेर्नुहाेस् काे – काे छन् विश्वकप छनोटका १० उत्कृष्ट खेलाडी

Loading...

यही फागुन २० गतेदेखि जिम्बाबेमा आईसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता हुँदैछ । चार टेष्ट राष्ट्रसहित १० टिमको सहभागिता रहेको यो प्रतियोगिता विश्वकप भन्दा कम छैन ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न लागेका खेलाडीमध्ये १० उत्कृष्ट खेलाडी छनोट गरेको छ । १० खेलाडीमा नेपालका सन्दीप लामिछाने पनि परेका छन् ।

रोभमन पवेल (वेष्ट इन्डिज)

उनी अहिलेसम्म १७ एक दिवसीय खेल खेलिसकेका खेलाडी हुन्  । श्रीलंकाविरुद्ध डेब्यु गरेदेखि नै चर्चामा रहेका २४ वर्षीय पवेल अझै आफ्नो क्षमता प्रदर्शन गर्ने क्रममा रहेका छन् । अन्द्रे रसेलको अनुपस्थितिमा पावेलले उनको स्थान लिने पक्का भइसकेको छ । उनको जोडदार ब्याटिङ पछिल्लो समय क्यारेवियन प्रिमियर लिगमा देखिएको थियो । अलराउण्डर पवेलको बलिङ क्षमता पनि त्यत्तिकै राम्रो छ । यद्यपि अलराउण्डर कार्लोस ब्रेथवेइट, केमार रोच, जेसन होल्डर र केश्रीक विलियम्स भएकाले उनलाई बलिङको अवसर प्राप्त हुने सम्भावना कम रहेको बताइन्छ । तर पनि आवश्यक परेमा क्याप्टेन होल्डरले उनलाई पूर्ण विश्वासका साथ मैदानमा बलिङ गर्न दिनेछन् ।

सन्दीप लामिछाने (नेपाल)

१७ वर्षको उमेरमै सन्दीप सेलिब्रेटी बनिसकेका छन् । लेग स्पिनरका रुपमा प्रतिभाशाली प्रस्तुति देखाएका सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) मा पर्ने पहिलो नेपाली खेलाडी हुन् । उनी आईपीएलको दिल्ली डेयरडेभिल्समा आबद्ध भएको खबरले नेपालभर सनसनी मच्चिएको थियो भने तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले समेत ट्वीट गर्दै उनीमाथि सारा नेपालीले गर्व गरेको कुरा उल्लेख गरेका थिए ।उनको नियन्त्रण, ट्रिक र बलियो टर्न गर्न सक्ने क्षमताले उनलाई खतरनाक बलर साबित गराइसकेको छ । त्यसकारण नेपालले आफ्नो समूह बी मा प्रभाव जमाउनका लागि यी युवा खेलाडीले पनि आफ्नो क्षमता प्रदर्शन गर्नैपर्ने हुन्छ ।

पल स्टर्लिङ (आयरल्याण्ड)

स्टर्लिङले क्वालिफायरमै आफूलाई सबैभन्दा उत्कृष्ट ब्याट्सम्यानका रुपमा चिनाइसकेका छन् । खतरनाक ब्याट्सम्यानको रुपमा परिचित उनलाई जस्तोसुकै कसिलो बलिङलाई पनि  नियन्त्रणमा लिन सक्ने खेलाडी मानिन्छ । त्यसैले मैदानमा उनको शक्तिलाई हेर्दा स्कोर गर्न उनीसँग थुप्रै मौका हुने बताइन्छ ।उनले ९१ एक दिवसीय खेलमा ६ शतक प्रहार गरेका छन् भने १५ अर्धशतक बनाएका छन् । त्यस्तै, उनको स्ट्राइक रेट ९०.८७ छ भने एभरेज ३४.८० रहेको छ ।निकै सशक्त प्रदर्शन गर्ने गरेका स्टर्लिङ विपक्षीको नजरमा अत्यन्तै शक्तिशाली र खतरनाक खेलाडी मानिने गरेका छन् ।

राशिद खान (अफगानिस्तान)

राशिद खान यस्ता खेलाडी हुन्, जसले छोटो समयमा नै स्टार खेलाडी तथा बलरलाई पछि पार्दै आईसीसीको टि–ट्वान्टी विश्व बरियतामा शीर्ष स्थान ओगटेका छन् । उनी एक दिवसीय बरियतामा पनि दोस्रो स्थानमा छन् । यसले पनि के प्रमाणित गर्छ भने उनी विश्वकै एक प्रभावशाली खेलाडी हुन् ।सर्वाधिक लोकप्रिय मानिने आईपीएलमा समेत तहल्का पिटेका राशिद जिम्बावेसँगको सिरिज आफ्नो टिमलाई दिलाउन पनि निकै महत्वपूर्ण भूमिका खेलेका थिए ।  राशिद अझै पनि थुप्रै ब्याट्सम्यानहरुका लागि रहस्यमय नै मानिने गरेका छन् । उनको लेगब्रेक विपक्षी खेलाडीका लागि अत्यन्तै खतरनाक साबित हुने गरेको छ । त्यसकारण जिम्बावेका ब्याट्सम्यानहरुले उनीमाथि निकै कडा नजर राखेको हुनुपर्छ ।

कायल कोएट्जर (स्कटल्याण्ड)

स्कटल्याण्डका कप्तान कोएट्जरको क्वालिफायरमा महत्वपूर्ण भूमिका रहने सम्भावना धेरै रहेको छ । कोएट्जरले यसअघिका खेलहरूमा पनि थुप्रै उदाहरणीय प्रदर्शन देखाइसकेका छन् । ४३ एक दिवसीय खेलमा उनको ४ शतक, र १० अर्धशतक बनाएका छन् । उनको एभरेज ४३.०७ रहेको छ । सन् २०१५ को विश्वकप छनोटमा उनले बंगलादेश विरुद्ध १५६ रन बनाएका थिए । उनको यो स्कोर अहिलेसम्मकै उच्च हो । त्यस समयदेखि नै उनले आफ्नो प्रदर्शनलाई झनै निखार्दै आएका छन् ।३३ वर्षीय उनी सहज रुपमा रन बनाउन सफल हुन्छन् । त्यसकारण विश्वकपमा आफ्नो टिमलाई प्रवेश गराउन उनका लागि निकै ठूलो अवसर बनेको छ ।

इभिन लेविस (वेष्ट इण्डिज)

धेरैका आँखा क्रिस गेलतर्फ रहने भएपनि ओपनिङमा उनका ब्याटिङ पार्टनरको प्रभाव पनि उत्तिकै रहने पक्का छ । शक्तिशाली एवम् प्रभावकारी ब्याटिङले टि–ट्वान्टीमा लिविसलाई विश्वसामु आकर्षक ब्याट्सम्यानका रुपमा परिचित गराइसकेको छ । विश्वकप छनोटमा पनि उनको ब्याटिङ राम्रो चल्ने अनुमान छ ।यदि उनले जिम्बावेमा आफ्नो प्रभाव छाड्ने हो भने उनका फ्यानहरुका लागि उत्सवको अवसर मिल्नेछ । त्यसैले उनी र गेल विरुद्ध बलिङ गर्नेका लागि खेल रोमाञ्चक नहुने बताइएको छ ।

मुजिब अर रहमान (अफगानिस्तान)

‘रहस्यमय स्पीनर’ को नाम पाएका मुजिब अहिले चर्चाको शिखरमा छन् । सन्दीप जसरी नै उनले पनि आफ्नो उत्कृष्ट प्रदर्शनपछि आईपीएलमा खेल्ने मौका पाएका हुन् । यसअघि जिम्बावेमाथि चौथो एक दिवसीय खेलमा जित हासिल गरी पाँच विकेट लिएर गत चर्चामा आएका थिए । न्युजिल्याण्डमा भएको यु–१९ विश्वकपमा उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरको सुरुवातमै उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसकारण उनीबाट फेरिपनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ ।

रायन टेन डोएसचेट (नेदरल्याण्ड)

टेन डोएस्चेटको डचतर्फको आगमनले विश्वकपमा स्थान हासिल गर्ने सम्भावना वृद्धि भएको बताइन्छ । अनुभवी र मध्यम अर्डरका ब्याट्सम्यान टेन डोएसचेट आफ्नो टिमलाई जुनसुकै अवस्थाबाट पनि जित दिलाउन सक्ने खेलाडी हुन् । ३३ एक दिवसीय खेल खेलेका उनले ५ शतक र ९ अर्धशतक बनाएका छन् । उनको एभरेज ६७ रहेको छ । ३७ वर्षका टेन डोएस्चेटको आफ्नो अन्तर्राष्ट्रिय करिअरको अन्तिम समय नजिकिँदै गर्दा डच टिमलाई विश्वकपसम्मको यात्रा पार गराउने जिम्मेवारी छ ।

सिकन्दर राजा (जिम्बावे)

अफगानिस्तनसँग एक दिवसीय सिरिजमा ४–१ को पराजयपछि पनि आफ्नो प्रभाव जमाइ राख्न जिम्बावेले घरेलु मैदानको पूर्ण फाइदा उठाउनु पर्ने हुन्छ । यसमा सिकन्दर यस्ता एक खेलाडी हुन्, जसले ब्याट र बल दुवैमा ठूलो योगदान पुर्याउन सक्छन् । उनले ७४ बलमा ९२ रन बनाएपछि अफगानिस्तानसँगको सिरिजमा एक खेलमा मात्रै जिम्बावेले जित हात पारेको थियो । त्यसैले ३१ वर्षीय सिकन्दरको जोडदार प्रदर्शनले जिम्बावेलाई धेरै अगाडि पुर्याउन सक्ने बताइएको छ ।

असद भाला (पपुवा न्युगिनी)

पपुवा न्युगिनीका यी भेट्रान खेलाडीले १३ वर्ष अगाडि राष्ट्रका लागि खेलेका थिए । फस्ट क्लासमा उनको उच्चस्तरीय औसत ६४ ले नै उनको सफलताबारे सबै बयान गर्ने गरेको छ । उनको अनुभवले मात्र पनि उनलाई प्रगतिशाली टिमको लिडर बन्न मद्दत गरेको बताइन्छ । देब्रे हाते ब्याट्सम्यान अलराउण्डर हुन् । उनले एक दिवसीय १४ खेलमा १४ विकेट लिएका छन् ।

Loading...

Similar Posts :


5

महिला साफ च्याम्पियनसिप फाइनल : नेपाल भारतसँग ३–१ ले पराजित

 पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको छ । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनसहित भारतले २ गोलगरेपछि नेपालले चौथो पटक...

श्रीलंकालार्इ हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा

श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित...

टी–२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक

सिंगापुरमा हुने आईसीसी टी–२० विश्वकपको एसिया छनोटको फाइनल राउण्डको खेल तालिका सार्वजनिक भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको एसिया छनोटको अन्तिम...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह ‘ए’ विजेता बनेको छ । नेपाल र बंगलादेश समूहको अन्तिम खेलअघि...

अष्ट्रेलिया भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा ८ रनले पराजीत

मंगलबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई आठ रनले हराउँदै दाेस्राे एकिदविसय खेलमा विजयी भएकाे छ । कुनै बेला जीत नजिक पुगेको अष्ट्रेलियालाई रोक्दै भारतले...

उदीयमान बर्ष खेलाडीेबने क्रिकेटर रोहितकुमार पौडेल

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रदान गर्ने ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ को वर्षको उदीयमान खेलाडीे अवार्ड रोहितकुमार पौडेलले हात पारेका छन् । सिप्यानले आज राजधानिमा...
Loading...

नायब सुब्बा फुयाँल ६० हजार घुस सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु...

महिला साफ च्याम्पियनसिप फाइनल : नेपाल भारतसँग ३–१ ले पराजित

 पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको छ ।...

श्रीलंकालार्इ हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा

श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ...

नायब सुब्बा फुयाँल ६० हजार घुस सहित पक्राउ

महिला साफ च्याम्पियनसिप फाइनल : नेपाल भारतसँग ३–१ ले पराजित

श्रीलंकालार्इ हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा

टी–२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली