पाकिस्तानी प्रधानमन्त्रीकाे नेपाल भ्रमण, के छ भित्री रहस्य ?

Loading...

पाकिस्तानी प्रधानमन्त्री शाहीद खान अब्बासी दुईदिने नेपाल भ्रमणमा आउन लागेका छन् ।उनी नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिन आउन लागेको बताइएको छ । भ्रमणका क्रममा सार्क शिखर सम्मेलनबारे छलफल हुने अनुमान छ ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासी राष्ट्रवादी नेता मानिन्छन् । उनले गत वर्ष प्रधानमन्त्री बनेदेखि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गरिरहेका छन् ।  राजा महेन्द्रले २०१७ सालपछि प्रगाढ बनाएको पाकिस्तान-नेपाल सम्बन्धलाई पुनर्ताजगी गर्ने अवसर आधा शताब्दिपछि केपी ओलीले पाउन लागेका हुँन् ।संयोगचाहिँ के परेको छ भने राष्ट्रवादको मामिलामा अब्बासी र केपी ओलीको ‘केमेष्ट्री’ लगभग मिल्दोजुल्दो प्रकारको देखिन्छ ।

पाकिस्तान र नेपालवीचको कूटनीतिक सम्बन्ध सन् १९६२ बाट औपचारिकरुपमा सुरु भएको हो । पाकिस्तानले सन् १९६३ तिरै चित्तगोंगमा नेपाललाई व्यापार र पारवहनको पहुँच दिने निर्णय गरेको थियो । हाल त्यो भूभाग बंगलादेशमा पर्छ ।

सन् १९६३ मा पाकिस्तानी प्रधानमन्त्री अयुव खानले नेपाल भ्रमण गरेका थिए । त्यसपछि धेरैवटा उच्चस्तरीय भ्रमणहरु आदान-प्रदान भए तर, ०४६ सालको परिवर्तनपछि नेपालले पाकिस्तानसँगको सम्बन्धलाई कम ध्यान दियो र भारतमुखी विदेशनीतिमा बढ्ता केन्द्रित भयो । नेपालको भूराजनीतिक अवस्थाले पनि सीमाना जोडिएको भारतसँगको निर्भरता बढायो ।अहिले दक्षिण एशियाली साझा फोरम सार्क थला परिराखेको अवस्था छ । उरी आक्रमणपछि भारतले पाकिस्तानलाई बाइकट गर्न खोज्दा सार्क सम्मेलन रोकिइरहेको अवस्था छ ।

यस्तो बेलामा पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण केवल ओलीलाई बधाइ दिने कार्यमा मात्रै सीमित नरही सार्कलाई सक्रिय बनाउने बारेमा पनि नेपाल र पाकिस्तानका सरकार प्रमुखहरुले सार्थक कुराकानी गरे भने यो दक्षिण एशियाकै लागि फलदायी भ्रमण हुन सक्ने देखिन्छ ।नेपाल र पाकिस्तानवीचको सम्बन्ध सार्क फोरममा मात्रै नभई आर्थिक र सामाजिक क्षेत्रमा पनि छ । पाकिस्तानको लाहोरमा चिकित्साशास्त्र, अन्तरराष्ट्रिय सम्बन्ध एवं मासकम्युनिकेशन पढ्न जाने नेपालीहरु पनि छन् ।

भारत र पाकिस्तानवीच क्रिकेट म्याच हुँदा नेपाली दर्शकहरुले प्रायः पाकिस्तानी टोलीको सपोर्ट गर्ने गर्छन् । त्यसैगरी भारतले नेपालमाथि नाकाबन्दी लगाएका बेला पाकिस्तानीहरुले नेपालको पक्षमा सहानुभूति प्रकट गरेका थिए । यसले पनि नेपाल र पाकिस्तानवीचको सम्बन्ध कूटनीतिकमात्रै नभएर भावनात्मक रहेको स्पष्ट हुन्छ ।

कराँचीमा जन्मिएका ६० वर्षीय शाहीद खाकान अब्बासी गतसालको अगष्टदेखि पाकिस्तानी प्रधानमन्त्री बनेका हुन् । राजनीतिमा उनी सन् १९८८ देखि नै संलग्न थिए ।राजनीतिमा आउनुअघिसम्म उनी अमेरिका र मध्यूर्वका विभिन्न देशमा प्रोफेसनल इञ्जिनियरका रुपमा कार्यरत थिए । रावलपिण्डी क्षेत्रबाट पाकिस्तानको संसदमा ६ पटक निर्वाचित अब्बासीले अमेरिकाको जर्ज वाशिंटन विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन गरेका छन् ।नवाज सरिफकै पार्टीका नेता रहेका अब्बासीलाई प्रधानमन्त्री पद ४५ दिनका लागि ‘चिठ्ठा’ मा परेको हो ।तत्कालीन प्रधानमन्त्री नवाज सरिफले २९ जुलाई २०१७ मा राजीनामा दिए  र उनले आफ्नो उत्तराधिकारीका रुपमा आफ्नै परिवारका सदस्य एवं पञ्जावका मुख्यमन्त्री शेहबाज सरिफलाई प्रधानमन्त्रीका रुपमा अघि सारे  तर शेहबाजले केन्द्रीय संसदको सदस्य नभएका कारण सपथग्रहण गर्न पाएनन्  त्यसपछि नबाजको पार्टीले अब्बासीलाई ४५ दिनका लागि प्रधानमन्त्री बनायो ।

पाकिस्तानलाई विश्वजगतबाट अलग-थलग बनाउने ट्रम्प प्रशासनको रणनीतिको सामना गर्नेक्रममा उनी रसिया र चीनसँगको सम्बन्ध विस्तारमा सक्रिय छन् । अरब राष्ट्रहरुसँग पनि उनी सघन सम्पर्कमा छन् र उनी अहिले नेपाललाई प्राथमिकतामा राखेर काठमाडौं आउँदैछन् ।

 

 

 

Loading...

Similar Posts :


25

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको बताएका छन् । तर, आफूहरुको अभियान नरोकिने प्रष्ट पारे...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ । उक्त एसडी कार्ड १ टेराबाइट अर्थात् १ हजार गिगाबाइट रहेको...

संयोजकले नै फुटाले विवेकशील साझा पार्टी

संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेसंगै विवेकशील साझा पार्टी फुटेको छ । ३७ सदस्यीय केन्द्रीय समितिका...

सरकारी तवरबाटै भव्य रूपमा मनाइयो पृथ्वी जयन्ती

सरकारले राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा नदिएपनि पृथ्वीजयन्ती भने मनाएको छ ।नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक विदा दिएको छैन तर, पृथ्वी...

वैशाखसम्म पाइपलाइनबाटै तेल आपूर्ति

अमलेखगञ्ज-रक्सौल पेट्रोलियम पाइपलाइनको पाइप बिछ्याउने काम सकिए संगै बैशाख सम्ममा पाइपलाइन मार्फत तेल ल्याइने नेपाल आयल निगमले जनाएको छ । निगमले परवानीपुर खण्डमा सडकपेटी...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...