चुनाैतिपूर्ण नेपालकाे विश्वकप छनाेट संगै सुपर सिक्स यात्रा

Loading...

नेपाली क्रिकेट टिम यतिबेला विश्वकप छनोटको संघारमा रहेको छ । इतिहास रच्ने दाउमा रहेको नेपाली क्रिकेटलाई विश्वसामु पुनः परिचित हुने मौका आएको छ । नेपाली क्रिकेट महत्वपूर्ण घडिमा छ । आईसीसी विश्वकप छनोटमा सफलता पाए नेपालको आगामी यात्रा निकै सुनौलो छ । विश्वकप छनोटको सुपर सिक्समा पुगे मात्रै नेपालले थुपै्र अवसर प्राप्त गर्ने छ भने नेपाली क्रिकेटको इतिहास त्यसै बन्ने छ । अहिलेसम्म नेपाल विश्वकप छनोटदेखि सुपर सिक्ससम्मको यात्रा तय गर्न सकेको छैन ।
नेपाली क्रिकेटसामु अवसरको ढोका अघि आएको छ । अब त्यो ढोकालाई नेपालले खोल्न सक्छ या सक्दैन ? केही दिनपछि नै थाहा हुनेछ । यद्यपि नेपालले खेल्न लागेको यो प्रतियोगिता अहिलेसम्मकै माथिल्लो स्तरको हो । किनभने यो प्रतियोगितामा ४ टेष्ट नेशन राष्ट्रसहित ४ एक दिवसीय र २ लिष्ट ए का टिम छन् भने आफ्नै समूहमा जिम्बावे र अफगानिस्तान जस्ता टेष्ट नेशन राष्ट्र छन् ।

विभिन्न संकटबाट गुज्रिएको नेपाली क्रिकेटले आयोजक जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ जस्ता राष्ट्रलाई पराजित गर्न सक्ला ?कप्तान पारस खड्का भनेका छन्, “हामी त्यो लेभलमा पुगि सकेका छौ की सजिलो भन्ने कुरा कहि छैन । सबै टिम बलिया छन् ।डिभिजन टु मा जस्तै राम्रो प्रदर्शन गर्ने हो भने हामी अवस्य राम्रै गर्न सक्छौँ । सजिलो छैन । हरेक टिम राम्रो छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट छानिएका राष्ट्र र चार वटा टेष्ट प्लेयिङ राष्ट्र छन् ।”

सुपर सिक्समा नेपालको सम्भावना कति ?
नेपाल विश्वकप छनोटको सबै भन्दा कमजोर राष्ट्र गनिन्छ । त्यसैले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि अन्य राष्ट्रलाई जतिको महत्व नेपाललाई दिएको छैन । अन्य देशका मिडियाहरूले पनि त्यहि अनुसारको स्थान दिएका छन् । तर, वास्तविकता के हो भने नेपाल कुनै पनि टिमलाई पराजित गर्न सक्ने टिम हो ।

नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा यु–१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक विनोद दासका अनुसार “नेपाल कुनै पनि बेला, जुनै टिमलाई हराउने क्षमता राख्छ । सबै खेलाडीले आफ्नो क्षमताअनुसार खेले जित सम्भव छ ।”

नेपाली क्रिकेट टिम सुपर सिक्समा प्रवेश गर्ने लक्ष्यसहित जिम्बावे प्रस्थान गरेको हो । सुपर सिक्सम पुग्ने नेपालको सम्भावना पनि छ । समूह बी मा रहेको आफ्नो ग्रुपको टप थ्री मा परे नेपाल सुपर सिक्समा पुग्नेछ । तर त्यो त्यति सजिलो भने छैन ।

कप्तान पारसले सुपर सिक्स र एक दिवसीय मान्यता पाउने लक्ष्य रहेको बताएका छन् । कप्तान पारसले भने “हाम्रो पहिलो लक्ष्य भनेको सुपर सिक्स पुग्ने हो । त्यसपछि हामी विश्वकपको सपना देख्न सक्छौँ । त्यति सजिलो हुने छैन । २ वटा राष्ट्र मात्रै विश्वकपमा छनोट हुने भएकाले कतिपय राष्ट्रले करिब २ वर्षदेखि नै अभ्यास थालेका छन् । अहिलेको लागि भनेको एक दिवसीय मान्यता पाउने र सुपर सिक्समा पुग्ने नै हो ।”

त्यसो त, नेपालले आफ्नो पहिलो खेल फागुन २० गते नै आयोजक जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावे नेपालको लागि बलियो र नौलो टिम हो । उमेर समूहमा जिम्बावेसँग नेपालले प्रतिस्पर्धा गरेपनि सिनियर टिमसँग खेलेको छैन ।

‘पहिलो गाँसमै ढुंगा भने झै’ पहिलो खेलमा हारिन्छ भन्ने एक प्रकारको नेपाली खेलाडीमा मानसिक दबाब हुन सक्छ । तर, नेपाली क्रिकेट टिम जिम्बावे जानुअघि कप्तान पारसले आफूहरू निकै उत्साहित रहेको बताएका छन् ।
“हामी निकै उत्साहित छौँ । किनभन्दा हामी सन् २००८ सालमा म आफै कप्तान हुदा यु–१९ मा जिम्बावेलाई हराएका थियौ । फेरी एउटा अवसर पाएका छौँ जिम्बावेका सिनियर टिमसँग खेल्ने । यदी हामी ग्राउण्डमा गएर राम्रो खेल्ने हो भने जिम्बावेलाई च्यालेन्ज गर्न सक्छौ ।” कप्तान पारसले भने ।

नेपालले विश्वकप छनोटमा सहभागिता जनाएको यो तेस्रो पटक हुन्छ । यद्यपी सन् २००१ मा नेपालले भाग लिएको बेला आईसीसी ट्रफीको नाम थियो । त्यसबेला पनि नेपालले विश्वकप खेल्ने मौका खेर फालेका थिए । त्यसबेला नेपाल नामिवियासँग पराजित भएपछि विश्वकप खेल्ने अगाडीको ढोका बन्द भएको थियो ।

Loading...

Similar Posts :


5

नेपाली महिला क्रिकेट टिमको घोषणा

थाइल्यान्ड महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला क्रिकेट टिमको घोषणा भएको छ । रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय अन्तिम नामावली सार्वजनिक भएको...

नेपाली क्रिकेट खेलाडिलार्इ अाइसिसीले दुर्इ बर्षकाे एकमुष्ट तलब दिने

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई...

बिग ब्यासमा सन्दीपको ७ विकेट

नेपालका लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिगमा आफ्नो दबदवा कायमै राखेका छन् ।मेलबर्न स्टार्सबाट लिग खेलिरहेका सन्दीपले बिहीबार सिड्नी सिक्सर्सको २ विकेट लिएका...

अनुमति विना ड्रोन क्यामेरा उडाउने ३ जना पक्राउ

ललितपुर महानगरपालिका-१५ लगनखेलमा विना अनुमति ड्रोन क्यामेरा उडाउने ३ जनालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा काठमाडौं गंगाहिटी बस्ने सिन्धुपाल्चोक घर भएका...

ईपीएल:भैरहवालाई हराउदै ललितपुर बन्याे च्याम्पियन

ललितपुर प्याट्रिएटसले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।शनिबार भएको फाइनल भिडन्तमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधिसँगै २५...

बिग ब्यास : सन्दिपको सानदार डेभ्यु ,म्याक्सवेलले गरे प्रसंसा

नेपालका सन्दीप लामिछानेले बिग ब्यास लिगमा शानदार डेब्यू गरेका छन् ।मेलबर्न स्टार्सले सिड्नी थन्डर्सविरुद्ध लिगको पहिलो खेल्दा डेब्यू गरेका उनले दुई विकेट लिएका छन्...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...