स्कटल्यान्डविरुद्ध नेपालकाे खराब प्रदर्शन १४९ रनमा अलअाउट

Loading...

जिम्बाबेमा भइरहेको विश्वकप क्रिकेट छनोट खेलअन्तरगत स्कटल्यान्डविरुद्धको खेलमा नेपाल १४९ रनमा समेटिएको छ । नेपालका लागि कप्तान पारस खड्काले बाहेक अरुले ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् ।
आफ्नो वरिपरी लगातार विकेट ढलिरहँदा पारसले भने साहसिक प्रत्याक्रमण गरेका थिए । उनले ७५ बलमा १० चौकाका साथ ६३ रन बनाए । पारस बाहेक सोमपाल कामी र रोहित कुमार पौडेलले मात्र दोहोरो अंकमा रन बटुल्न सके ।
पारसलाई राम्रो साथ दिइरहेका सोमपाल भने १८ रनमा दुर्भाग्यपूर्णरुपमा रुपमा रन आउट भएपछि खेलमा पुनरागमन गर्ने नेपालको प्रयास विफल भएको थियो ।नेपालले दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको थियो । खराब र्फममा रहेका उपकप्तान ज्ञानेन्द्र मल्ल केवल एक रन बनाएर दोस्रो ओभरको पहिलो बलमा सरिफद्वारा बोल्ड भए । उनलाई पछ्याउँदै अर्का ओपनर दिलिप नाथले पनि ह्वीटिङ्घमको बलमा एलबीडब्यू आउट भए ।
मध्यक्रमका भरपर्दा ब्याट्सम्यानहरु दिपेन्द्र सिंह ऐरी र शरद भेषावकर पनि असफल भए । दिपेन्द्रले १ रन बनाए भने शरद शून्यमा पेभिलियन फर्किए । शरद आउट हुँदा नेपाल केवल १४ रनमा चार विकेटको अवस्थामा थियो ।
त्यसपछि आएका आरिफ सेखले पनि अघिल्लो म्याचको प्रदर्शन दोहोर्‍याउन सकेनन् । जिम्बाबेविरुद्धको अघिल्लो म्याचमा अर्द्धसतक बनाएका उनी आज २ रनमै आउट भए ।
सातौं विकेटका रुपमा आएका सोमपाल कामीले पारसलाई केही समय राम्रो साथ दिए । तर उनी रनआउट भएपछि नेपाललाई ठूलो धक्का लाग्यो । त्योभन्दा पनि ठूलो धक्का त्यतिबेला लाग्यो जब आक्रामक अर्द्धसतक बनाएर खेलिरहेका पारसले आफ्नो विकेट गुमाए । पारस आउट हुँदा नेपाल १ सय रनमा ७ विकेटको अवस्थामा रह्यो ।
पारस आउट भएपछि नेपालको रन गतिमा ब्रेक लागेको थियो । रोहित पौडेल १५ रन बनाए भने पुछारका ब्याट्सम्यानहरुले खासै रन बटुल्न सकेनन् ।
स्कटल्यान्डका लागि प्रारम्भिक फास्ट बलर ह्वीटिङ्घमले ३ विकेट लिए । यसैगरी सरिफले २ विकेट लिए ।
यसअघिको म्याचमा स्कटल्यान्डले हङकङलाई ९१ रनमा अलआउट गरेको थियो भने ६ विकेट गुमाएर लक्ष्य हासिल गरेको थियो ।

Loading...

Similar Posts :


5

फेरि करछलीमा मुछिए मेस्सी

७ असार, काठमाडौं । पनामा पेपर्स-२ मा अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको नाम पनि परेको छ । खोज-पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे)ले...

विश्वकप फुटबलको भव्य उदघाटन

फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको...

डीपीएल क्रिकेटमा काठमाडौं गोल्डेन्स फाइनलमा, धनगढीसँग भिड्ने

काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई हराउँदै रुस्लान धनगढी प्रमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंले महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै फाइनल प्रवेश गरेको हो ।...

डीपीएलमा रुपन्देहीलार्इ महेन्द्रनगरले ४ विकेटले हरायाे

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत बिहीबारको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सलाई महेन्द्रनगर युनाइटेडले ४ विकेटले हराएको छ । संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा भएको...

अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तलीले पाए जग्गा

भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।महानगरले सोमबार पत्रकार सम्मेलन गरेर रंगशाला बनाउन जग्गा दिनुका...

सन्दिप लामिछाने अार्इपीएल खेल्न मंगलबार दिल्ली जादैँ

नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आपीएललाई लिएर आफू उत्साहित रहेको बताएका छन् । आईपीएलको तयारीका लागि भोलि दिल्ली जाँदैछन् । सोमबार पत्रकार सम्मेलन गरेर १७...
Loading...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा...

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको...

विज्ञान र प्रविधिको प्रयोग गरेर आर्थिक विकास गर्नुपर्छ – मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोगगरी आर्थिक विकासको वातावरण...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा सम्पन्न

फेरि करछलीमा मुछिए मेस्सी

डा. नम्रता खड्का तथा हेली गुरुङ्ग भए मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनल

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

‘मिष्टर एण्ड मिस एसइई आइकन–२०१८’ को उपाधि रिकिश चित्रकार र सरस्वती सरु बुढाथोकी को हातमा

पाँचौ संस्करणको मिसेस मंगोल नेपालको ट्यालेन्ट शो सम्पन्न (फोटो फिचर)

‘मिस नेपाल आईडल २०१८’ का प्रतियोगीले देखाए प्रतिभा (फोटो फिचर)

रामचन्द्रलाई उज्यालोले धोका दिएपछि…(भिडियोसहित)

मिसेस तामाङ्गको सक्सेस पार्टीमा कानून,न्याय तथा ससंदीय व्यबस्था मन्त्री शेर बहादुर तामाङ्गबाट विजेतालाई प्रमाण पत्र वितरण