नेपाल स्टकल्याण्डसँग ४ विकेटले पराजित सुपर सिक्स कठिन बन्दै

Loading...

आईसीसी विश्वकप छनोट क्रिकेटमा आफ्नो दोस्रो खेलमा नेपाल स्टकल्याण्डसँग ४ विकेटले पराजित भएको छ । १५० रनको सामान्य चुनौति पछ्याउदै ब्याटिङ गरेको स्टकल्याण्डले ४१.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।

स्कटल्याण्डको जितमा कप्तान किली कोइट्जरले अविजित ८८ रन बनाए । उनकै उत्कृष्ट प्रदर्शनमा नेपाल पराजित भएको हो । स्कटल्याण्डका अन्य खेलाडी भने सस्तैमा आउट भए । क्राइग वाल्लेसले १७, कलम म्याक्लोडले १५, माथेव क्रसले १४ र जर्ज मोन्सीले १० बनाए ।

नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । त्यस्तै, दिपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान १–१ विकेट लिए ।यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ४७.४ ओभरमा सबै विकेटको क्षतिमा १४९ रन मात्रै बनाएको थियो । खराब प्रदर्शन गरेको नेपालको १४ रन हुदा ४ विकेट पतन भएको थियो । नेपालका लागि कप्तान पारस खड्काले इनिङ्स उकास्ने प्रयास गरेका थिए । कप्तान पारसले ६३ रन बनाएपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । पारसले ९ चौका प्रहार गरे ।

त्यस्तै, नेपालका लागि बसन्त रेग्मीले अविजित २४ रन बनाए । नेपालका लागि सोमपाल कामीले १८ रन बनाए । त्यस्तै, रोहित पौडेलले १५, युवा खेलाडी सन्दीप लामिछाने ६ रनए पनि अग्रपंतिका ब्याट्सम्यान चल्न सकेनन् ।

नेपालका ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए । एकपछि अर्को विकेट पतन भएको नेपालका दिलिप नाथ ४, अरिफ शेख २ रनमा आउट भए । दिपेन्द्रसिंह ऐरी पनि १ रनमा आउट हुदा अनुभवि ब्याट्सम्यान शरद भेषवाकर शुन्य रनमा नै आउट भए ।

नेपालले आफ्नो तेस्रो खेल शनिबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल सुपर सिक्समा पुग्नका लागि अबको दुई खेल जित्नै पर्ने हुन्छ । नेपालले आफ्नो अन्तिम खेल हङकङसँग १२ मार्चमा खेल्दैछ ।३ खेलमा शतप्रतिशत जित हात पारेको स्कटल्याण्ड भने सुपर सिक्समा प्रवेश गरेको छ ।

Loading...

Similar Posts :


5

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका छन् । उनले ११ औं कार्ड बिहीबार बिहान सम्पन्न युभेन्ट्स...

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । शनिबार ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई २—० गोल अन्तरले...

नेपाल पाकिस्तानसँग २–१ ले पराजित

साफ् च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।  बंगलादेशको ढाकामा आजदेखि शुरू च्याम्पीयनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको हो...

नेपालको फराकिलो जित र यूएईको फराकिलो हारले मात्र नेपालको एसिया कपको यात्रा तय हुने

४ खेल सकिँदासमेत नेट रनरेटमा नेपाल चार टोलीमध्ये पछाडि सुरुवाती दुई खेलको पराजयले नेपालको एसिया कप खेल्ने सम्भावनालाई न्यून बनाए पनि मलेसिया र सिंगापुरमाथिको...

सिंगापुरविरूद्ध नेपालकाे सहज जीत

एसियाकप खेल्ने गणितिय संभावना बाकी एसियन क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोट खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आइतबार मलेसियाको यूकेएम...

मलेसियासंग १९ रनकाे जितपछि नेपालकाे एसिया कप पुग्ने आशा कायमै

एसियन क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियामाथि १९ रनको जित निकालेको छ । १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले ९...
Loading...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने...

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या गरिएको छ। भारतबाट मोटरसाइकलमा आएका दुई...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइदै

शिक्षक सेवा आयोगकाेपरीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै विरोध :सांसद

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान

मूल्यवृद्धि फिर्ता नलिए टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने :यातायात व्यवसायी

बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा संचारकर्मी राज बराईली नियुक्त

परामर्श व्यवसायमा धराैटि र विदेशी लगानी अावश्यक छैन