मिर्गौला राेगीकाे संख्या बढ्दै,पढ्नुहाेस मिर्गौला स्वस्थ राख्ने उपाय

Loading...

मिर्गौला फेल भएर सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण गराउन आएका मध्ये झन्डै एक तिहाइमा क्रोनिक ग्लोमेरुलोनेफ्राइटिस (पिसाबमा प्रोटिन चुहिने रोग) भएको पाइएको छ । यतिका नेपालीमा यस्तो समस्या देखिनुको कारण भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार मिर्गौला प्रत्यारोपण गराउने कुल रोगीको तथ्यांक विश्लेषण गर्दा एक तिहाइ व्यक्तिको मिर्गौला क्रोनिक ग्लोमेरुलोनेफ्राइटिसका कारण फेल भएको देखिन्छ । ‘यसबारे आधिकारिक अध्ययन नभएकाले ग्लोमेरुलोनेफ्राइटिस हुने वास्तविक कारण भने थाहा हुन सकेको छैन,’ उनले भने । केन्द्रले निकट भविष्यमै यो विषयमा विस्तृत अध्ययन गर्ने तयारी गरेको जनाएको छ ।

ग्लोमेरुनेफ्राइटिस एक प्रकारको मिर्गौला रोग हो जसले रगतबाट फोहर र तरल पदार्थ छान्न सहयोग गर्ने मिर्गौलाको भागमा क्षति पुर्‍याउँछ । मिर्गौलाको छान्ने (फिल्टर) एकाइलाई ग्लोमेरुल्स भनिन्छ । एउटा मिर्गौलामा हजारौं ग्लोमेरुल्स हुन्छन् । यसले शरीरलाई हानिकारक पदार्थबाट बचाउँछ । ग्लोमेरुलमा क्षति पुग्दा पिसाबबाट रगत र प्रोटिन बाहिर निस्किने समस्या हुन्छ । यो अवस्था तीव्र गतिले विकास हुँदा मिर्गौला केही साता वा महिनामै काम नलाग्ने हुन सक्छ । डा. श्रेष्ठ भन्छन्, ‘क्रोनिक ग्लोमेरुलोनेफ्राइटिस भएका केही व्यक्तिमा मिर्गौला रोगसम्बन्धी कुनै इतिहास हुँदैन ।’

 विशेषज्ञका अनुसार क्रोनिक ग्लोमेरुलोनेफ्राइटिस लगायत अन्य मिर्गौला रोगबारे थाहा पाउन कम्तीमा वर्षको एकपटक पिसाब र रगत परीक्षण गराउनुपर्छ । मुलुकमा करिब ३० लाख व्यक्ति मिर्गौला रोगको जोखिममा छन् । यसमध्ये ३० हजार हाराहारीको मिर्गौला नराम्ररी बिग्रने गरेको छ ।
मिर्गौला स्वस्थ राख्न के गर्ने ?
– फिट र ऊर्जावान रहनुस् । दिनहुँ गरिने व्यायामलगायतका गतिविधिले रक्तचापका साथै रगतमा चिनीको मात्रा नियन्त्रित राख्छ ।
– मधुमेह नियन्त्रित राख्नुस् । मधुमेहलेमिर्गौला बिगार्छ ।
– उच्च रक्तचाप नियन्त्रणमा राख्नुस् । उच्च रक्तचाप क्रोनिक मिर्गौला रोगका लागि मधुमेहपछिको दोस्रो शत्रु हो ।
– सन्तुलित आहार र नियमित व्यायामबाट तौल नियन्त्रित राख्नुस् ।
– नियमित रूपमा मिर्गौला परीक्षण गराउनुस् ।
– धूमपान, तमाखु, रक्सी सेवन नगर्नुस् । यसले एथेरोस्कलेरोसिस नामक विशेष प्रकारको रोगले रगतको नसामा बहाव मत्थर बनाउँछ । मिर्गौलामा रगत कम जाँदा यसको कार्यक्षमता घट्छ ।
– नुनको मात्रा घटाउनुस् । तारेको खानेकुराकम खानुस् ।
Loading...

Similar Posts :


20

सत्यवती गाउँपालिका गुल्मीमा प्रथम र्‍याफ्टिङ महोत्सव

गुल्मी । सत्यवती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय गुल्मीको आयोजनामा पौष ३० गते देखि बढिघाट खोलामा प्रथम ¥याफ्टिङ्ग महोत्सव सुरु भएको छ । १५ दिनसम्म संचालन...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको बताएका छन् । तर, आफूहरुको अभियान नरोकिने प्रष्ट पारे...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ । उक्त एसडी कार्ड १ टेराबाइट अर्थात् १ हजार गिगाबाइट रहेको...

संयोजकले नै फुटाले विवेकशील साझा पार्टी

संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेसंगै विवेकशील साझा पार्टी फुटेको छ । ३७ सदस्यीय केन्द्रीय समितिका...

सरकारी तवरबाटै भव्य रूपमा मनाइयो पृथ्वी जयन्ती

सरकारले राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा नदिएपनि पृथ्वीजयन्ती भने मनाएको छ ।नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक विदा दिएको छैन तर, पृथ्वी...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...