किन बिरामी हुँदा नि उपचार गर्न मान्दैनन् ,कारागारमै अनशन बसेका रेशम चौधरी

Loading...

शपथग्रहण गर्न पाउनु पर्ने माग गर्दै चौधरी ६ दिनदेखि आमरण अनशनमा छन्।

६ दिनदेखि कैलाली कारागारमा आमरण अनशन बसेका क्षेत्र नं १ बाट निर्वाचित रेशम चौधरीले अस्पतालमा उपचार गर्न नमानेपछि उनलाई पुन: कारागार लगिएको छ ।चौधरीसँगै आमरण अनशनमा बसेका अन्य ५ जनालाई पनि समस्या देखिएपछि अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । शपथग्रहण गर्न पाउनु पर्ने माग गर्दै चौधरी ६ दिनदेखि आमरण अनशनमा छन् । उनीसँगै पुर्पक्षका लागि टीकापुर काण्डमा अभियोग लागेका २४ जना पनि अनशनमा नै छन् ।

वान्ता आउने, क्षण क्षणमा बेहोस हुने समस्या देखिएपछि सेती अञ्चल अस्पताल पुर्‍याइएका चौधरीले उपचार गर्न नमानेपछि पुन: कारागार पठाइएको हो । जिल्ला कारागार कैलालीका सहायक जेलर भक्तबहादुर बिष्टले भने, ‘६ दिनदेखि खाना नखाएकाले चेकअपका लागि अस्पताल पठाएका हौं । ब्लड प्रेसर घटेको देखिएको छ । तर, चौधरीले स्लाइन चढाउन मानेनन् ।’चौधरीले कारागारमा नै स्लाइन चढाउनुपर्ने माग गरेको कारागारका कर्मचारीले जनाएका छन् ।

शपथग्रहण गर्न दिनुपर्ने, टीकापुर काण्डका सवैलाई रिहा गरिनु पर्ने र संघीयताको सीमांकन हेरफेर गरी अबिलम्ब थरुहट प्रदेश घोषणा गर्नुपर्नेलगायत माग अनशनकारीले गरेका छन् ।
Loading...

Similar Posts :


25

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको बताएका छन् । तर, आफूहरुको अभियान नरोकिने प्रष्ट पारे...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ । उक्त एसडी कार्ड १ टेराबाइट अर्थात् १ हजार गिगाबाइट रहेको...

संयोजकले नै फुटाले विवेकशील साझा पार्टी

संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेसंगै विवेकशील साझा पार्टी फुटेको छ । ३७ सदस्यीय केन्द्रीय समितिका...

सरकारी तवरबाटै भव्य रूपमा मनाइयो पृथ्वी जयन्ती

सरकारले राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा नदिएपनि पृथ्वीजयन्ती भने मनाएको छ ।नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक विदा दिएको छैन तर, पृथ्वी...

वैशाखसम्म पाइपलाइनबाटै तेल आपूर्ति

अमलेखगञ्ज-रक्सौल पेट्रोलियम पाइपलाइनको पाइप बिछ्याउने काम सकिए संगै बैशाख सम्ममा पाइपलाइन मार्फत तेल ल्याइने नेपाल आयल निगमले जनाएको छ । निगमले परवानीपुर खण्डमा सडकपेटी...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...