असफलता नदेखेका माओवादी केन्द्रका सांसद महरा सभामुखमा निर्विरोध

Loading...

प्रतिनिधिसभा सभामुखमा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् ।सभामुखका लागि उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । निर्विरोध भएपनि उनको औपचारिक घोषणा भने भोलि हुनेछ । उनले आज साढे ११ बजे सभामुखको लागि उम्मेदवारी दिएका थिए ।

उनको उम्मेदवारीमा प्रस्तावक नेकपा एमालेका सुवास नेम्बाङ र समर्थकमा माअाेवादी केन्द्रका देव गुरुङ थिए । शुक्रबार बिहान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने घोषण गरेको थियो ।माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

महरा, जसले राजनीतिक जीवनमा कहिल्यै असफलता देख्नु परेको छैन । माओवादी केन्द्रका नेता महराको राजनीतिक जीवन सधै सत्ताको ‘पेरिफेरी’मै बितेको छ । माओवादी केन्द्रबाट सभामुखमा बलियो दाबेदारी गरेकी ओनसरी घर्तीलाई माथ खुवाउँदै महराले अध्यक्ष प्रचण्डलाई रिझाउन सफल भए ।

२०६४ सालपछिको १० वर्ष यता त उनी सत्ताको स्वाद चाखिरहने नेपालकै भाग्यमानी नेतामा पर्छन् । १० वर्षको अवधिमा उनी ७ पटक त मन्त्री नै भइसकेका छन् । मुलुकमा गणतन्त्र आएपछि २०६३ वैशाख १२ गते अन्तरिम विद्यायक बनेका महरा गिरिजाप्रसाद कोइरालाको नेतृत्वका अन्तरिम सरकारमा पहिलो पटक सूचना तथा सञ्चारमन्त्री भएका थिए ।

कोइराला सरकारको प्रवक्ता समेत महरा बनेका थिए । त्यसपछि उनी लगातार मन्त्री भइरहेका छन् । माओवादी संसद्‍बादी भासमा परेको आरोप लगाउँदै धेरै नेताहरुले पार्टी छाडेको अवस्थामा महरालाई भने सं‌सदीय राजनीति सबैभन्दा फलिफाब भएको छ ।

२०६४ मा भएको संविधान सभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका महरा २०६५ भदौ २० गते पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको पहिलो गणतान्त्रिक सरकारको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता बने ।

२०६७ माघ २३ गते एमाले नेता झलनाथ खनालको सरकारमा उनी उपप्रधानमन्त्री एवम् सूचना तथा सञ्चारमन्त्री बन्न सफल भए । २०६८ वैशाख २१ गते झलनाथकै पुनर्गठित मन्त्रिमण्डलमा उनी उपप्रधान तथा गृहमन्त्री भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी रोल्पा क्षेत्र नं १ बाट निर्वाचित भए । २०७३ साउन २० गते प्रचण्ड सरकारमा उनी उपप्रधान तथा अर्थमन्त्री बन्न सफल भए ।

महरा पुनः शेरबहादुर देउवाको प्रधानमन्त्रीकालमा २०७४ साल जेठ २४ गते उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारीमा पुगे । माओवादीले एमालेसँग वाम गठबन्धन बनाएपछि उनी उपप्रधान तथा विनाविभागीय मन्त्रीमा थन्क्याइए । २०७४ सालमा दाङ-२ बाट निर्वाचित भएका महरा अब प्रतिनिधि सभाको सभामुख भएका छन् । अब पाँच वर्षसम्म उनी शक्तिमै रहनेछन् ।उनलार्इ  विचारखबर डटकमकाे तर्फबाट शुभकामना ।

Loading...

Similar Posts :


25

नायब सुब्बा फुयाँल ६० हजार घुस सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु ६० हजार घुस लिएको आरोपमा रकमसहित नियन्त्रणमा लिएको छ । वैदेशिक...

महिला साफ च्याम्पियनसिप फाइनल : नेपाल भारतसँग ३–१ ले पराजित

 पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको छ । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनसहित भारतले २ गोलगरेपछि नेपालले चौथो पटक...

श्रीलंकालार्इ हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा

श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित...

टी–२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक

सिंगापुरमा हुने आईसीसी टी–२० विश्वकपको एसिया छनोटको फाइनल राउण्डको खेल तालिका सार्वजनिक भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको एसिया छनोटको अन्तिम...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय भएको बताएको छ ।विप्लवको ध्वंसात्मक क्रियाकलाप सामान्य कानूनी प्रक्रियाद्वारा नै...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको कार्यकक्ष र अस्पतालको ओपीडीका ताला खोल्दै विद्यार्थीहरू सहमतिमा आएका हुन् ।...
Loading...

नायब सुब्बा फुयाँल ६० हजार घुस सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु...

महिला साफ च्याम्पियनसिप फाइनल : नेपाल भारतसँग ३–१ ले पराजित

 पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको छ ।...

श्रीलंकालार्इ हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा

श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ...

नायब सुब्बा फुयाँल ६० हजार घुस सहित पक्राउ

महिला साफ च्याम्पियनसिप फाइनल : नेपाल भारतसँग ३–१ ले पराजित

श्रीलंकालार्इ हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा

टी–२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली