नेपालकाे सुपर सिक्स यत्रा कायमै, हेर्नुहाेस् कसरी पुग्न सक्छ ?

Loading...

जिम्माम्बेमा जारी आइसिसि विश्वकप छनोटमा लगातार तेस्रो जित निकालेको स्कटल्याण्ड सुपर सिक्समा पुगेको छ।जिम्बावेमा जारी छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा बिहीबार नेपाललाई ४ विकेटले हराउँदै स्कटल्याण्ड सुपरसिक्समा पुगेको हो।

बिहीबारै भएको समूहको अर्को खेलमा हङकङले अफगानिस्तानलाई डिएल मेथडमा ३० रनले हराउँदै सुपर सिक्सको यात्रा बलियो बनाएको छ। प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको अफगानिस्तानलाई अब सुपर सिक्स पुग्न अरूकै खेलमा भर पर्नुपर्नेछ।

नेपाल पुग्ने सम्भावना

  • अफगानिस्तान र हङकङलाई जित्ने, हङकङ जिम्बाम्मेसँग पराजित हुने।
  • हङकङले जिम्बाम्बेलाई जिते पनि नेपालले हङकङ र अफगानिस्तानलाई दुबै खेल फराकिलो अन्तरमा जितेमा रन रेटका आधारमा पुग्न सक्छ।
  • नेपाल अफगानिस्तानसँग हारे पनि जिम्बाम्बेले हङकङलाई जितेमा नेपालले हङकङसँगको अन्तिम खेलमा फराकिलो अन्तरले जिते नेपाल रन रेटले पुग्न सक्छ।

हङकङ पुग्ने सम्भावना

  • जिम्बाम्बेसँग हारे पनि अन्तिम म्याचमा नेपाललाई हराएर पुग्न सक्ने।
  • भोलि अफगानिस्तानले नेपाललाई हराएमा जिम्बाम्बेलाई हराएर पुग्न सक्ने।
  • जिम्बाम्बेसँग हारे पनि नेपालले अफगानिस्तानलाई जितेमा र नेपालसँग सानो अन्तरमा हारेमा रन रेटमा पुग्न सक्ने।

अफगानिस्तान पुग्ने सम्भावना

  • शनिबार नेपाललाई फराकिलो अन्तरमा हराउने तथा हङकङले जिम्बाम्बे र नेपालसँगका दुबै खेलमा पराजित हुने।

यसअघि अफगानिस्तान स्कटल्यान्ड र जिम्बावेसँग पराजित भएको थियो।समूहमा उत्कृष्ट प्रदर्शन जारी राखेको स्कटल्याण्ड सतप्रतिशत नतिजासहित शीर्ष स्थानमा छ।

दोस्रो स्थानको जिम्बावेले पनि दुबै खेल जित्दै ४ अंक जोडेको छ। तेस्रो स्थानको हङकङको २ अंक भएको छ। समूहमै नेपाल र अफगानिस्तानले अंक जोड्न सकेका छैनन्।अब समूहमा जिम्बावे, नेपाल र हङकङले समान २–२ खेल खेल्न बाँकी छ। अफगानिस्तान र स्कटल्याण्डको एक-एक खेल बाँकी छ।

जिम्बावेले दुई मध्ये कुनै १ खेल जिते सुपर सिक्समा स्थान पक्का गर्नेछ। नेपाल र हङकङ मध्ये दुवै खेल जित्ने मध्ये १ टिम सुपर सिक्समा पुग्नेछन्।नेपालले अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ। हङकङले नेपालसँग खेल्नुअघि जिम्बावेसँग भिड्नेछ।

यदि भोलि नेपालसँग पराजित भए टेस्ट मान्यता प्राप्त टिम अफगानिस्तान छनोट चरणबाट बाहिरिनेछ। तर, नेपाललाई पराजित गरे अफगानिस्तानको आशा बाँकी रहनेछ। त्यसका लागि अफगानिस्तानले नेपाललाई फराकिलो अन्तरमा हराउँनुपर्छ र हङकङले दुबै खेलमा हार्नुपर्छ।

 

Loading...

Similar Posts :


5

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका छन् । उनले ११ औं कार्ड बिहीबार बिहान सम्पन्न युभेन्ट्स...

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । शनिबार ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई २—० गोल अन्तरले...

नेपाल पाकिस्तानसँग २–१ ले पराजित

साफ् च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।  बंगलादेशको ढाकामा आजदेखि शुरू च्याम्पीयनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको हो...

नेपालको फराकिलो जित र यूएईको फराकिलो हारले मात्र नेपालको एसिया कपको यात्रा तय हुने

४ खेल सकिँदासमेत नेट रनरेटमा नेपाल चार टोलीमध्ये पछाडि सुरुवाती दुई खेलको पराजयले नेपालको एसिया कप खेल्ने सम्भावनालाई न्यून बनाए पनि मलेसिया र सिंगापुरमाथिको...

सिंगापुरविरूद्ध नेपालकाे सहज जीत

एसियाकप खेल्ने गणितिय संभावना बाकी एसियन क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोट खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आइतबार मलेसियाको यूकेएम...

मलेसियासंग १९ रनकाे जितपछि नेपालकाे एसिया कप पुग्ने आशा कायमै

एसियन क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियामाथि १९ रनको जित निकालेको छ । १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले ९...
Loading...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने...

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या गरिएको छ। भारतबाट मोटरसाइकलमा आएका दुई...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइदै

शिक्षक सेवा आयोगकाेपरीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै विरोध :सांसद

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान

मूल्यवृद्धि फिर्ता नलिए टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने :यातायात व्यवसायी

बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा संचारकर्मी राज बराईली नियुक्त

परामर्श व्यवसायमा धराैटि र विदेशी लगानी अावश्यक छैन