७ पटक मन्त्री भएका महरा पाँच वर्षलार्इ समाभुख ,पढ्नुहाेस् महराकाे सभामुख यात्रा

Loading...

२०१५ असार १५ गते रोल्पाको लिवाङ-७ धारापानीमा जन्मिएका उनले पृथ्वीनारायण क्याम्पस पोखराबाट शिक्षाशास्त्रबाट स्नातक तह उत्तीर्ण गरे । महरा २०३५ र ०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय भएका हुन् ।

२०३६ सालदेखि २०३९ सम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधिको जिम्मेवारी निर्वाह गरेका महराले २०३७ मा तत्कालीन नेकपा चौथो महाधिवेशनदेखि पार्टीको सदस्यता लिएका थिए ।

२०३७ सालमा रोल्पा जिल्ला सदस्य बनेका महराले २०३९ देखि ४१ सालसम्म अनेरास्ववियूको आठौं राष्ट्रिय सम्मेलनबाट केन्दीय सदस्य, केन्द्रीय उपाध्यक्ष, पृथ्वी नारायण क्याम्पस पोखराको स्ववियु कोषाध्यक्ष भए ।

२०३६ देखि २०४८ सम्म शिक्षण पेशा हराएका महरा २०४८ सालदेखि नेकपा (मशाल) रोल्पा जिल्ला सेक्रेटरी बने । महराले २०५० सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को क्षेत्रीय संगठन समितिको सदस्यको जिम्मेवारी निर्वाह गरे ।

२०५१ मा तत्कालीन नेकपा (माओवादी) को पश्चिमाञ्चल क्षेत्रीय ब्युरो सदस्य बनेका महरा जनयुद्धको प्रारम्भिककाल २०५३ असारमा माओवादीको केन्द्रीय सदस्य बन्न सफल भएका थिए ।

२०५५ सालमा महरा पोलिटब्यूरो सदस्य बने । २०६२ सालमा माओवादीको स्थायी समिति सदस्य बने । २०६५ सालमा पार्टी एकता भएपछि एकीकृत नेकपा ((माओवादी)को स्थायी समिति सदस्यका रुपमा क्रियाशील रहे । २०६६ सालमा विदेश विभाग प्रमुख बने ।

२०६९ मा भएको सातौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख र मध्यब्यूरो इञ्चार्जको भूमिका निर्वाह गरे । महरा २०७१ मा पार्टीको महासचिव भए । २०७३ देखि हालसम्म उनी पार्टी केन्द्रीय कार्यालय सदस्यको भूमिकामा क्रियाशील छन ।

१० वर्षमा ७ पटक मन्त्री

कृष्णबहादुर महरा मुलुककै सबैभन्दा भाग्यमानी राजनीतिक नेता बनेका छन् । प्रतिनिधि सभामा अबको ५ वर्षका लागि निर्विरोध सभामुख भएपछि राजनीतिका यी चलाख खेलाडी माओवादीमा सबैभन्दा ‘भाग्यमानी’ नेता बन्न पुगेका छन् ।

२०६४ मा भएको संविधान सभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका महरा २०६५ भदौ २० गते पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको पहिलो गणतान्त्रिक सरकारको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता बने ।

२०६७ माघ २३ गते एमाले नेता झलनाथ खनालको सरकारमा उनी उपप्रधानमन्त्री एवम् सूचना तथा सञ्चारमन्त्री बन्न सफल भए । २०६८ वैशाख २१ गते झलनाथकै पुनर्गठित मन्त्रिमण्डलमा उनी उपप्रधान तथा गृहमन्त्री भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी रोल्पा क्षेत्र नं १ बाट निर्वाचित भए । २०७३ साउन २० गते प्रचण्ड सरकारमा उनी उपप्रधान तथा अर्थमन्त्री बन्न सफल भए ।

महरा पुनः शेरबहादुर देउवाको प्रधानमन्त्रीकालमा २०७४ साल जेठ २४ गते उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारीमा पुगे । माओवादीले एमालेसँग वाम गठबन्धन बनाएपछि उनी उपप्रधान तथा विनाविभागीय मन्त्रीमा थन्क्याइए । २०७४ सालमा दाङ-२ बाट निर्वाचित भएका महरा अब प्रतिनिधि सभाको सभामुख भएका छन् । अब पाँच वर्षसम्म उनी शक्तिमै रहनेछन् ।

Loading...

Similar Posts :


25

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी  शैक्षिक परामर्ष प्रदान गर्दै आईरहेको ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने संकेत मिलेपछि त्यस क्षेत्रमा...

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित गरिएको छ। चिकित्सा शिक्षा विधेयक माथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११...
Loading...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...