नेपालको प्रतिनिधी गर्दै ‘मिसेस एशिया प्यासिफिक’ ब्युटी प्याजेन्टमा गोमा र विन्दु”

Loading...
अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली सहभागिता बढ्ने क्रममा रहेको छ । यही परिप्रेक्षमा लुमेरी इन्टरनेसनलको आयोजनामा संचालन हुने मिसेस एशिया प्यासिफिक ब्युटी प्याजेन्ट २०१८ मा नेपालको तर्फबाट गोमा अधिकारी र विन्दु लामाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

उक्त प्रतियोगिता अन्तर्गतको मिसेस एशिया प्यासेफिक ग्लोबलमा गोमा अधिकारी र मिसेस् एशिया प्यासेफिक इन्टरकन्टिनेन्टलमा विन्दु लामाले ग्लोबल मिसेस सुन्दरीहरुसित प्रतिस्पर्धा गर्न लागेका हुन् ।

गोमा र विन्दु दुवै जनाको सहभागिताको अवसर र व्यवस्थापन अमेजन ईन्टरटेन्मेन्टले र संयोजन नेपालका लागि ड्रिम सर्च एजेन्सीले गरेको हो । प्रतिस्प्रधाका लागि कोरियोग्राफर हिमानी सुब्बाले आबश्यक प्रशिक्षण दिनुभएको छ भने फिजिकल फिट्नेसमा गुडलाईफ फिटनेस सेन्टर र नृत्य प्रशिक्षणमा प्रतिक्षा मुभीजका नृत्य निर्देशक एलेक्स महर्जनले आबश्यक प्रशिक्षण दिनुभएको छ । पोशाक संयोजन नेपाल रिमेडिज प्रा.ली.ले गरेको छ भने आर्टिस्ट नेपालले फोटो तथा भिडियोमा आबश्यक सहयोग गरेको छ ।

नेपालको प्रतिनिधिबाट जाने प्रतियोगीहरुलाई आयोजकले सिङापुरमा राखी स्वागत गरी आगामी मार्च २४ मा मलेसियास्थित कन्ट्रि गार्डेन फोनिक्स होटलमा संचालन हुने मिसेस् एशिया प्यासेफिक ग्लोबल २०१८ मा सहभागि हुनेछन । दुबै प्रतियोगी अमेजन ईन्टरटेन्मेन्टको आयोजनामा भएको पाचौं संस्करणको मिसेस हिमालयन नेपाल २०१८ का बिजेता र उपबिजेता हुन । प्रतिनिधि गोमा अधिकारी मिसेस् हिमालयन २०१८ का विजेता हुन् । उनले सो प्रतिस्पर्धामा वेष्ट पर्सनालिटी र वेष्ट ड्रेस विधाको अवार्ड पनि जितेकी थिइन् । कुकिङ, भ्रमण तथा गार्डेनिङमा रुचि राख्ने ३९ वर्षिया गोमा समाज सेवामा सक्रिय रहँदै आएकी छिन् ।

मिसेस् एशिया प्यासेफिक इन्टरकन्टिनेन्टल २०१८ मा सहभागि हुने नेपाली प्रतिनिधि विन्दु लामा मिसेस् हिमालयन २०१८ का फस्ट रनर अप विजेता हुन् । उनले प्रतिस्पर्धामा मिसेस ईन्टिलिजेन्ट अवार्ड जितेकी थिइन् । नृत्य, गायन साथै नेपालका रमणिय ठाउँँहरुमा घुम्न रुची राख्ने तीस वर्षिया विन्दु नर्सिङ पेशामा आबद्ध भैसकेकी र सोही विषयमा मास्टर्स गर्ने तयारीमा रहेकी छिन् ।

Loading...

Similar Posts :


10

मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा सम्पन्न

काठमाडौँ –अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा सम्पन्न भएको छ । नेक्स्ट ईभेन्ट इन्टरनेशनलको आयोजनामा भइरहेको...

डा. नम्रता खड्का तथा हेली गुरुङ्ग भए मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनल

मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनलको मिसेस तर्फ डा. नम्रता खड्का कोइरालाले हात पारेकी छिन भने मिस तर्फ हेली गुरुङ्गले ताज पहिरन सफल भएकी छिन...

‘मिष्टर एण्ड मिस एसइई आइकन–२०१८’ को उपाधि रिकिश चित्रकार र सरस्वती सरु बुढाथोकी को हातमा

‘मिष्टर एण्ड मिस एसइई आइकन–२०१८’ को उपाधि रिकिश चित्रकार र सरस्वती सरु बुढाथोकीले जितेका छन् । चित्रकारले शीर्ष उपाधिसहित मस्ट ट्यालेन्ट र मस्ट पर्फेक्ट...

पाँचौ संस्करणको मिसेस मंगोल नेपालको ट्यालेन्ट शो सम्पन्न (फोटो फिचर)

मंगोल समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको ‘मिसेस मंगोल नेपाल २०१८’ को ‘ट्यालेन्ट शो’ राजधानीको...

‘मिस नेपाल आईडल २०१८’ का प्रतियोगीले देखाए प्रतिभा (फोटो फिचर)

बौदिक एबं सौन्दर्य प्रतिस्प्रधा ‘मिस नेपाल आईडल २०१८’ को ट्यालेन्ट शो’ राजधानीको नक्साल स्थित होटल क्राउन प्लाजामा सम्पन्न भएको छ । नेपाल अधिराज्यभरबाट छनौट...

रामचन्द्रलाई उज्यालोले धोका दिएपछि…(भिडियोसहित)

काठमाडौं, चरी रुखमा, रेसुङ्गाको बस लगायतका चर्चित गीतहरु बाट नाम कमाउन सफल गायक तथा शब्द संकलक रामचन्द्र चन्दले एकल लोकगीत ‘अध्यारो’लिएर आएका छन्। विष्णु...
Loading...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा...

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको...

विज्ञान र प्रविधिको प्रयोग गरेर आर्थिक विकास गर्नुपर्छ – मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोगगरी आर्थिक विकासको वातावरण...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा सम्पन्न

फेरि करछलीमा मुछिए मेस्सी

डा. नम्रता खड्का तथा हेली गुरुङ्ग भए मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनल

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

‘मिष्टर एण्ड मिस एसइई आइकन–२०१८’ को उपाधि रिकिश चित्रकार र सरस्वती सरु बुढाथोकी को हातमा

पाँचौ संस्करणको मिसेस मंगोल नेपालको ट्यालेन्ट शो सम्पन्न (फोटो फिचर)

‘मिस नेपाल आईडल २०१८’ का प्रतियोगीले देखाए प्रतिभा (फोटो फिचर)

रामचन्द्रलाई उज्यालोले धोका दिएपछि…(भिडियोसहित)

मिसेस तामाङ्गको सक्सेस पार्टीमा कानून,न्याय तथा ससंदीय व्यबस्था मन्त्री शेर बहादुर तामाङ्गबाट विजेतालाई प्रमाण पत्र वितरण