जालसानले गर्यो वक्तृत्व कला प्रतियोगीता ,सर्मीला भइन प्रथम

Loading...

जापानीज भाषा स्कूल संघ ( जालासान)ले नेपाल प्रज्ञा प्रतिष्ठानमा  अायाेजना गरेकाे ५ औँ जापानीज भाषा बक्तृत्व कला प्रतियोगिता सम्पन्न गरेको छ ।नेपालका लागि जापानीज राजदुत मासाशी ओगावाले नेपाली विद्यार्थीका लागि जापान एक प्रमुख शैक्षिक गन्तव्य भएकाले जापानमा काम गर्ने उद्देश्य नभई पढ्ने उद्देश्य बोकेर जापानीज भाषामा दक्ष भएर मात्र जापान जान सुझाएका छन् ।

कार्यक्रमलाई संवोधन गर्दै उनले जापानमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सुचिमा नेपाल चिन र भियतनाम पछि तेस्रो नम्बरमा रहेको र अहिले जापान अध्यनमा गएका करिब २ लाख ४७ हजार विद्यार्थी मध्य नेपाली विद्यार्थीको संख्या अघिल्लो बर्षको भन्दा बढेर २१हजार ५ सय पुगेको बताए ।उनले “नेपाली विद्यार्थीहरु दलालको फन्दामा परेर जापानीज भाषा नजानि जापान जाँदा त्यहाँ पुगेपछी भाषागत समस्या झेल्न नसकेर आत्महत्या सम्म गर्न पुगेको घटनाहरु भएकाले जापान जानु पूर्व भाषागत ज्ञान अनिवार्य रहेकोमा जोड दिए”।

१५ जना प्रतिस्प्रधीहरु सहभागी प्रतियोगीतामा ईनोभेटिभ जापानीज भाषा स्कूलकी सर्मीला बर्माचार्य प्रथम भएकी छिन् ।उनलाई प्रतियोगीतामा प्रथम भएबापत जापानको तोइ जापानीज ल्याङ्व्यज स्कूलले एक महिनको जापान भ्रमण गर्ने अवसर प्रदान गरेको छ ।क्रमश ः भसिराखावा जापानीज भाषा स्कूलकी गीता श्रेष्ठ द्वितिय ,आकासी जापानीज भाषा स्कूलका त्रि विक्रम खत्रि तृतिय र हाकुओ जापानीज भाषा स्कूलकी प्रनिता राईले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

नेपाल र जापानको मैत्री सम्बन्धका बारेमा बोल्दै राजखुर ओगावा भन्छन् “जापान अध्ययनमा जान चाहने विद्यार्थीलाई त्यहाँको भौतिक शैक्षिक वातावरण,संस्कृति र भाषागत ज्ञान संगै बसोबासका बारेमा जापानीज भाषा स्कूलहरुले भरपुर ज्ञान दिन जरुरी छ ” । नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भए पश्चात अहिलेको सरकारले आर्थीक विकासमा ध्यान दिन सके जापानीज लगानिकर्ताहरु नेपालमा आउन खोजेको र यसरी भाषागत ज्ञान संगै जापानमा गएर सिप सिकेका ,अध्ययन गरेका युवाहरुले भोलिका दिनमा नेपाल र जापान सरकार विचको पुलको काम गर्नेमा उनको जोड थियो ।

कार्यक्रममा बोल्दै जालसानका अध्यक्ष सुनिल बज्राचार्याले नेपाली विद्यार्थीलाई भाषा प्रति लगाब बढाउने उद्देश्यले नै वक्तृत्व कला प्रतियोगीता आयोजना गरेको बताए । उनले विद्यार्थीले जापान जानकै लागि मात्र जापानिज भाषा जान्ने भन्दा पनि जापान गएर आफ्नो भविष्य कस्तो बनाउने भन्ने विषय महत्वपूर्ण रहेको औल्याएका थिए ।

जालसानले सामाजिक उत्तरदायीत्व बहन गर्दै जापान अध्ययनमा जान चाहने विद्यार्थीहरलाई विभिन्न किसिमको तालिम पनि प्रदान गर्दै आएको छ ।कार्यक्रममा जालसान ,जाल्टान,जाईका,पुडासैनि मैत्री समाज,जापानी विश्वविद्यालय अल्मुनी एसोसियसन नेपालका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

Loading...

Similar Posts :


25

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी  शैक्षिक परामर्ष प्रदान गर्दै आईरहेको ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने संकेत मिलेपछि त्यस क्षेत्रमा...

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित गरिएको छ। चिकित्सा शिक्षा विधेयक माथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११...
Loading...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...