उच्च भोल्टेजको प्रसारणलाइन निर्माणको डीपीआर तयार हुँदै

Loading...

सन् २०१९ सम्म निर्माण सुरु गर्ने लक्ष्यका साथ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको लागि कम्पनी छनोट हुन लागेको छ । तीन सय किलोमिटर लामो उच्च भोल्टेजको प्रसारणलाइन निर्माणको प्रक्रिया अघि बढेको हाे ।अमेरिकी सरकारको ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतको कम्प्याक्ट कार्यक्रममार्फ ठूलो क्षमताको प्रसारणलाइन निर्माणको प्रक्रिया अघि बढेको हो ।काठमाडौंको लप्सीफेदीबाट सुनवल (भारतीय सीमा)सम्म चार सय केभीको अन्तरदेशीय प्रसारणलाइन निर्माणको विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय अध्ययन प्रतिवेदन र जग्गा अधिग्रहणको कामका लागि परामर्शदाता छानिँदैछ ।

यो प्याकेजको कामका लागि करिब १ अर्ब खर्च हुने अनुमान छ । तीनै काम एउटै कम्पनीले गर्नुपर्नेछ ।ओएमसीएनसमक्ष अमेरिकासहित क्यानडा, भारतलगायतका देशका विभिन्न कम्पनीले आशयपत्र हालेका छन् ।इच्छुक कम्पनीहरुको प्राविधिक मूल्यांकन सकाएर आर्थिक प्रस्तावको मूल्यांकन भइरहेको छ । आर्थिक प्रस्तावमा उपयुक्त ठहरिने कम्पनीलाई परमर्शदाता नियुक्त गरिने उनले जानकारी दिए ।

एमसीसीको सहयोगमा लप्सीफेदी-गल्छी, गल्छी-दमौली, गल्छी-हेटौंडा, दमौली-सुनवल गरी चार खण्डमा प्रसारणलाइन निर्माण गरिँदैछ । सँगै गल्छी र दमौली र सुनवलमा सब-स्टेसन पनि बन्नेछन् ।

यसका लागि प्रसारणलाइनका लागि दुईवटा र सबस्टेशनका लागि एउटा निर्माण कम्पनीलाई ठेक्का दिने योजना छ ।यो प्रसारणलाइनले उत्पादित विद्युत् भारतमा निर्यात गर्न सहज मार्ग दिनेछ । आयातका लागि पनि बाटो खोल्नेछ ।पछिल्लो समयमा नेपालले चीनसँग त्रिशुलीबाट रसुवागढी हुँदै सीमापार प्रसारणलाइन निर्माणको प्रस्ताव गरेको छ । त्यसको आधारमा त्रिशुली बेसिनमा निर्माण भइरहेका आयोजनाको बिजुली चीन निर्यात गर्ने सम्भावना पनि हुन्छ । अन्य बेसिनमा आयोजनालाई पनि यसमा जोड्दै लैजान सहज हुनेछ ।

यो प्रसारणलाइनलाई लक्षित गर्दै विद्युत प्राधिकरणले हेटौंडा र लप्सीफेदीमा सब-स्टेशन निर्माण गर्नेछ ।एमसीसीको कार्यक्रम अन्तर्गत अमेरिकाले सडक र प्रसारणलाइन निर्माणमा लगानी गर्दैछ ।

नेपालले परियोजना सञ्चालनका लागि छुट्टैै बोर्ड ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ -एमसीए) स्थापनासँगै जग्गा प्राप्ति र ठेक्का लगाउनेलगायत काम गर्नुपर्छ ।एमसीए-नेपाल गठनको प्रस्ताव मन्त्रिपरिषदमा लैजान अर्थले कानुन मन्त्रालयसँग राय मागेको छ ।

एमसीए स्थापना भएपछि एमसीसीका आयोजना सबै सञ्चालन र सहजीकरण उसैले गर्नेछ । यदि आयोजनाहरु निर्माण सुरु भएको पाँच वर्षसम्म काम सकिएन भने बाँकी अनुदान पनि अमेरिका नै फर्किनेछ ।

Loading...

Similar Posts :


7

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरेर २४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।...

फेरी सुरू भयाे माअाेवादी र एमालेकाे बिचकाे किचलाे,प्रधानमन्त्रीको कार्यशैली माथि नै प्रश्न ?

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकमा विवादित विषय भन्दा शीर्ष नेतृत्वमा देखिएको एक...

तामाकोसी आयोजना समयमै सम्पन्न हुन्छ – अाेली

प्रधानमन्त्री केपी ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्धारित समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आयोजना निर्माण गर्न सरकारका कुनै निकायले ढिलासुस्ती...

नेपाली प्रधानमन्त्रीलार्इ भारतमा ‘गार्ड अफ अनर’ प्रदान

भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ‌ओलीलाई शनिबार ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । राष्ट्रपति भवनमा शनिबार बिहान एक समारोहबीच ओलीलाई ‘गार्ड अफ अनर’...

एसईई पछि प्राविधिक शिक्षा , अध्ययन पश्चात के के छन् अवसर ?

सीप युक्त शिक्षा अर्थात् प्राविधिक शिक्षा जिविकोपार्जनसंग जोडिने शिक्षा हो । प्राविधिक विषय अध्ययन गर्ने र चाँडो जागिर खाने भन्ने लक्ष्यले विद्यार्थीहरुको यसतर्फ आकर्षण...

फेकनले गर्यो आफ्नो बार्षीक कार्यक्रम सार्वजनिक

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फेकनले आफ्नो बार्षीक कार्यक्रम सार्वजनिक गरेको छ ।फेकनले शैक्षिक परामर्श आचार संहिता २०७४ जारी गर्दै बार्षीक क्यालेण्डर सार्वजनिक गरेको...
Loading...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा...

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको...

विज्ञान र प्रविधिको प्रयोग गरेर आर्थिक विकास गर्नुपर्छ – मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोगगरी आर्थिक विकासको वातावरण...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा सम्पन्न

फेरि करछलीमा मुछिए मेस्सी

डा. नम्रता खड्का तथा हेली गुरुङ्ग भए मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनल

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

‘मिष्टर एण्ड मिस एसइई आइकन–२०१८’ को उपाधि रिकिश चित्रकार र सरस्वती सरु बुढाथोकी को हातमा

पाँचौ संस्करणको मिसेस मंगोल नेपालको ट्यालेन्ट शो सम्पन्न (फोटो फिचर)

‘मिस नेपाल आईडल २०१८’ का प्रतियोगीले देखाए प्रतिभा (फोटो फिचर)

रामचन्द्रलाई उज्यालोले धोका दिएपछि…(भिडियोसहित)

मिसेस तामाङ्गको सक्सेस पार्टीमा कानून,न्याय तथा ससंदीय व्यबस्था मन्त्री शेर बहादुर तामाङ्गबाट विजेतालाई प्रमाण पत्र वितरण