नेपालले हङकङलाई हराउदा पनि सुपर सिक्समा पुगेन

Loading...

हङकङमाथि जित हात पारेसँगै नेपाल समूह बी को चौथो हुदै प्ले अफमा पुगेको छ । तर सुपर सिक्समा भने नेपाल पुग्न असफल भएको छ । नेपालले हङकङलाई पराजित गरेसँगै अफगानिस्तान भाग्यमानी बन्दै सुपर सिक्समा पुगेको छ ।

आईसीसी विश्वकप छनोट क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ । नेपालका लागि रोहितकुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाएका हुन् ।हङकङले दिएको १५४ रनको चुनौति ४०.४ ओभरमा ५ विकेटको क्षतिमा नेपालले पुरा गर्यो ।

नेपालका लागि रोहित कुमार पौडेल र सोमपाल कामीले ८९ रनको पाटनरसिप खेल्दै जित दिलाएका हुन् । रोहितले अविजित ४८ रन बनाए भने सोमपालले अविजित ३७ रन बनाए । नेपाल कुनै बेला दबाबमा आएको थियो । नेपालको ५ विकेट पतन हुदा ६६ रन मात्रै थियो । तर रोहित र सोमपालले नेपाली इनिङ्स उकासेका हुन् ।

नेपालका लागि अन्य खेलाडी अनिलकुमार शाहले २६, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १२–१२ रन बनाए भने कप्तान पारस खड्का ११ रनमा आउट भएका थिए ।

हङकङले जिम्बावेको बुलावायो एथ्लेटिक क्लबको मैदानमा टस जितेर ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन बनाएपछि नेपालले सामान्य चुनौति पाएको थियो । हङकङका लागि निजकट खानलले ४७ बनाए । त्यस्तै, इशान खानले २५, कप्तान बाबर हायतले २०, इशान नवाजले १४ र  तानविर अजवलले १० रन बनाए । हङकङका अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका लिए । त्यस्तै,  बसन्त रेग्मी र करण केसीले समान २–२ विकेट लिए । सोमपाल कामी र ललितले समान १–१ विकेट लिन सफल भए ।

जितपछि नेपालले एक दिवसीय मान्यता पाउने सम्भावना पनि बढेको छ । नेपालले प्ले अफमा अब पपुवा न्युगिनीसँग चैत्र १ गते विहीबार खेल्ने छ । एक दिवसीय मान्यता पाउन र रेलिगेशनबाट जोगिनका लागि पनि नेपालले पपुवा न्युगिनीलाई पराजित गर्नुपर्ने हुन्छ ।

Loading...

Similar Posts :


7

ज्योती प्रसाई – मोडेल

ज्योती प्रसाई मिस व्यूटी कुइन नेपाल २०१८ को विजेता हुन् । उनले नेपाली कला क्षेत्रमा आफ्नो पाईला अघि सारेकी छिन् ।उनी अहिले डिएभी कलेजमा स्नातक तह...

मोडलिङमा करियर खोज्दै निकिता (फोटोफिचर)

नेपालमा मनोरन्जन क्षेत्रको लागि केही योगदान पुर्याउने उदेश्य बोकेर आफुले सक्दो मेहनत गरिरहेकी कृतिपुर काठमाडौंकी २१ वर्षीया मोडल हुन निकिता शर्मा । उनी काठमाडौंमा...

म्युजिक भिडियो तथा चलचित्रमा स्थापित हुने क्रममा रुकमिला (फोटोफिचर)

स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन , कमलादी पुतलिसडक मेकअप : सरिता थापा मगर ( ईन्टरनेसनल ब्युटी क्लब, सुकेधारा) फोटोग्राफर: कुबेर तामाङ

उच्च शिक्षा भन्दा पनि कामको खोजीमा विदेशिदै युवा

हजारौं नेपाली युवाहरु हरेक वर्षउच्च शिक्षाको खोजीमा विदेशीदै आएका छन् ।राज्यलाई आवश्यक पर्ने युवा अध्ययनको लागि भनौ या कामको खोजीमा विदेशीने गरेका छन् ।यसले...

इन्जिनियरिङ शिक्षा ,हेर्नुहाेस् कुन कलेजमा कति सिट ?

प्रत्यक बर्ष नेपालमा इन्जिनियरहरुको संख्या बढ्दै गएको छ ।विकास निर्माणको गतिसंगै इन्जिनियरहरुको माग पनि उल्लेख्य मात्रमा बढेको हाे । राष्ट्रनिर्माणमा दक्ष इन्जनियरहरुको भूमिका पनि...
Loading...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...