मिस्टर एण्ड मिस चितवन मोडल २०१८को ताज राजेश र सृष्टिले जिते

Loading...

काठमाडौँ : मोडल सङ्स नेपालको प्रस्तुती एवं युनीभर्सल जुम ईन्टरटेन्मेन्टको व्यबस्थापनमा आयोजना भएको मिस्टर एण्ड मिस चितवन मोडल २०१८ को ताज राजेश र सृष्टिले जित्न सफल भएका छन। विजेताहरुले उपाधी सहित नगद ४०/४० हजार तथा विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका थिए । त्यस्तै, फस्ट रनर अपमा अस्मिता नेपाली र सेकेण्ड रनरअपमा सृजना गिरीले उपाधी जित्न सफल भएका थिए ।

चितवनको भरतपुरस्थित वी.पी. क्यान्सर हस्पिटलको सभाहलमा आयोजित ग्राण्ड फिनाले कार्यक्रममा निणार्यक तर्फ संचारकर्मी राज लुईटेल, मोडल तथा बडि विल्डर संजय राज बिक्रम, मोडल सनी निधि र रुवी महतो रहेका थिए ।

28928680_830764180448611_1296724456_o

उक्त प्रतियोगितामा चितवनका चर्चित डान्स ग्रुप तथा विभिन्न स्थानीय कलाकारहरुले आफ्नो आकर्षक प्रस्तुति दिनुका अलवा जिल्लाको पहिचान बनाएको सास्कृतिक पोशाकमा उपस्थिति जनाएका थिए । सो कार्यक्रमको कोरियोग्राफर रब्स सापकोटाले गरेका थिए भने असिस्टेन्ट कोरियोग्राफर अरबिन हमाल रहेका थिए ।

 

युवा युवतीहरूको व्यक्तित्व विकाश ,आत्मविश्वाश अभिवृद्दि,क्षमता उजागर लगायत नेतृत्वदायि क्षमताको विकाश साथै उच्च शिक्षाको अध्ययनका लागि सहयोग पुर्याउने र समाजमा उपयोगि जिम्मेवार व्यक्तिको रूपमा अगाडि बढ्न सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी गराएको छ । प्रतियोगिहरुलाई स्टेज पर्फमेन्स, क्याटवाक लगायत व्यक्तित्व विकासका प्रशिक्षण कुशल कोरियोग्राफर रब्स सापकोटा र असिस्टेन्ट कोरियोग्राफर अरबिन हमालले गुर्मिङ गराएका थिए ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण आभाष टेलिभिजनमा प्रसारण गरिएको थियो भने रेकर्डेड काष्ठमण्डप टेलिभिजन र युटुयुब मार्फत हेर्न सकिने आयोजक डेभिल सिंह राजपुतले बताए । ईभेन्ट व्यबस्थापन समेत कोरियोग्राफ रब्स सापकोटाले गरेका थिए ।

Loading...

Similar Posts :


10

चलचित्र पाइलाको पहिलो गित सार्बजनिक

कक्षा १२ मा पढ्दै आएका २ युवाले आफ्नै लगानीमा निर्माण गरेको चलचित्र पाइलाको पहिलो गित “पहिलो पाइला” सार्बजनिक भएको छ । उक्त गितमा परिवार...

बिराटनगरमा प्याजेन्ट नेपाल पूर्वान्चल फेशन शो हुने,चर्चित मोडलहरु र्याम्पमा उत्रने साथमा लोकप्रिय कलाकारहरुको प्रस्तुती रहने

देशका विभिन्न शहर लगायत विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवलमा भव्य रुपमा सम्पन्न गरेको...

मिसेस हिमालयन नेपाल २०१९ का प्रतियोगी (फोटो फिचर)

एमाजोन इन्टरटेन्मेन्टले आयोजना गर्दै आएको मिसेस हिमालयन नेपाल २०१९ का प्रतियोगीको फोटोसेसन सम्पन्न भएको छ । कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोसमा फोटोग्राफर नव ढुंगेलले...

नेपाल आइडल सिजन-२ को विजेता बने रवि ओड

नेपाल आइडल सिजन-२ को विजेता रवि ओड बनेका छन् । रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने...

संचारकर्मी राज लुईटेल यस वर्षको राष्ट्रिय सेवा सम्मान २०७५ बाट सम्मानित

संचारकर्मी राज लुईटेल यस वर्षको राष्ट्रिय सेवा सम्मान २०७५ बाट सम्मानित भएका छन । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजना भएको एक भव्य समारोहका विच...

पूर्वान्चलमा हुन लागेको ‘प्याजेन्ट नेपाल पूर्वान्चल फेशन शो’को मोडल छनौट शुरु,ईच्छुक युवायुवती मोडलले पायक पर्ने स्थान अडिसन दिन सकिने

देशका विभिन्न शहर लगायत विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवलमा भव्य रुपमा सम्पन्न गरेको...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...