टिचर आईकन अफ द इयरको टैलेन्ट शो सम्पन्न, फिनाले चैत्र ५ गते

Loading...

बालबालिकादेखि, किशोर किशोरी, युवा युवती तथा बिबाहित महिलाहरुबिच विभिन्न प्रतिभामुलक तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले टिचर आईकन अफ द इयरको टैलेन्ट शो सम्पन्न गरेको छ ।

स्कूल तथा कलेजमा अध्यापन गराउने टिचरहरुका लागि आयोजित यस प्रतियोगिताको ग्राण्ड फिनाले आगामी चैत्र ५ गते सोमवार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने उत्कृष्ट ट्यालेण्ट उपाधिका लागि ट्यालेन्ट राउण्ड गरिएको हो।

राजधानीको ग्रीन क्याफेमा सम्पन्न ट्यालेण्ट राउण्डमा प्रतियोगिताका प्रतियोगीहरुले नृत्य, गायन, वक्रत्वकला, नाटक र चित्रकला प्रस्तुत गरेर निर्णायक तथा अभिभावकहरुको मन जित्ने कोशिष गरेका थिए। उक्त ट्यालेण्ट राउण्डमा गायक श्रीकृष्ण लुईटेल (बोकेदाह्री)  कलाकार ज्योति काफ्ले (नक्कली बाबुराम), आदित्य बुढाथोकी, गायिका रिता के.सी., मोडल नितु कोइराला, शिल्पी गुप्ता, गायक सीमान्त सन्तोष रहेका थिए ।
एएनपी मिडिया हाउसका अध्यक्ष लब कार्कीका अनुसार ट्यालेण्ट उपाधिको विजेताको घोषणा भने अन्तिम प्रतिस्पर्धाकै दिन हुनेछ।

टिचर आइकन अफ द इयर २०१८ को अन्तिम प्रतिस्पर्धाका लागि काजोल खेतान, सुबीता कपाली, प्रेरणा अधिकारी, रेश्मी तण्डुकार, लक्ष्मीदेवी महर्जन, समीका सहानी, बिनीता कपाली, रुपा लामा, सुमीत्रा श्रेष्ठ, होलिना सापकोटा, सनिका श्रेष्ठ, सुशिला मानन्धर, सपना खतिवडा, श्रृजना श्रेष्ठ गरि १४ जनाले प्रतिस्पर्धा गर्दैछन् । शम्भु बहादुर घिमिरेको संयोजन रहेको प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरिरहेका छन । प्रतियोगिताको काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

 

Loading...

Similar Posts :


10

बुटवलमा ७ गते हुन लागेको प्याजेन्ट नेपाल फेशन शो को तालीम शुरु

बुटवलमा यहि आउदो मंसिर ७ गते शुक्रवार भव्य रुपमा हुन लागेको ‘प्याजेन्ट नेपाल बुटवल फेशन शो’ को तयारी तिव्र भईरहेको छ । तयारी क्रममा...

रेखा पौडेलको संगीतमा तयार भएको चलचित्र कोइलाको गीत “किन किन मन“ सार्वजनिक

काठमाडौँ । प्रदर्शनको क्रममा रहेको चलचित्र ”कोइला “को द्रोश्रो गीत” किन किन मन “बोलको गीत सार्वजनिक भएको छ । मंसिर ७ गते बाट प्रदर्शनमा...

ज्योती प्रसाई – मोडेल

ज्योती प्रसाई मिस व्यूटी कुइन नेपाल २०१८ को विजेता हुन् । उनले नेपाली कला क्षेत्रमा आफ्नो पाईला अघि सारेकी छिन् ।उनी अहिले डिएभी कलेजमा स्नातक तह...

बुटवलमा मंसिर ७ गते ‘प्याजेन्ट नेपाल फेशन शो’ हुदै

देश विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले बुटवलमा फेशन शो गर्ने भएको छ । नेपालका चर्चित...

शान्ता अभिनित बहुप्रतिक्षित चलचित्र “हिमालकी रानी”को च्यारिटी शो कार्तिक २७ गते

बहुप्रतिक्षित चलचित्र “हिमालकी रानी”को च्यारिटी शो गरिने भएको छ । आउदो कार्तिक २७ गते बालाजु स्थित अष्टनारायण हलमा ११ बजे चलचित्रको च्यारिटी शो गरिने...

शिव पगेंनीले हात पारे सर्वोत्कृष्ट छायांकारको अवार्ड

नेपाल टेलिभिजनका क्यामरापर्सन शिव पगेंनीले दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट छायांकारको अवार्ड जित्न सफल भएका छन । नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न...
Loading...

माइक्रो बसका चालक र सहचालकलार्इ पनि आजबाट चम्किलो ज्याकेट

काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट...

धर्नास्थलमै बिरामी निर्मलाका बुबा ,भेटिएन अभियुक्त

निर्मलाका बुबा यज्ञराज धर्नास्थलमै बिरामी परेका छन् रुघाखोकी र ज्वरोले अस्वस्थ उनी भेट्न आएका...

अाइपिएलमा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर...