एकदिवसीय मान्यता पाउन नेपालले पपुवा न्युगिनीलार्इ हराउनै पर्ने दबाब

Loading...

काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटको लागि दक्षिण अफ्रिकी भूमि जिम्बाबे प्रस्थान गर्दै गर्दा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सुपर सिक्समा पुग्ने लक्ष्य लिएको थियो । तर, छनोटमा नेपालले सोचेजस्तो प्रदर्शन गर्न सकेन  ।

आईसीसीको टेष्ट र एक दिवसीय मान्यता राष्ट्र रहेको छनोटको समूह चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।  अन्तिम खेलमा हङकङलाई पराजित गर्नु नै नेपालको लागि सफलता रह्यो ।

समूह चरणमा लगातार तीन खेलमा पराजय बेहोरेपछि नेपालले सोमबार हङकङलाई ५ विकेटले पराजित गरेको थियो । त्यसअघि समूह बिको नेपाल पहिलो खेलमा टेष्ट नेशन राष्ट्र जिम्बावेसँग ११६ रन,दोस्रो खेलमा स्कटल्याण्डसँग ४ विकेट र तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।

छनोटमा नेपालको समूहबाट जिम्बावे,अफगानिस्तान र स्कटल्याण्डले सुपर सिक्समा स्थान पक्का गर्यो ।  यस्तै समूह ए बाट वेष्ट इण्डिज, आयरल्याण्ड र युएईले सुपर सिक्समा स्थान बनाउदै विश्वकप खेल्ने सपना कायम राख्न सफल भयो ।

यता, खराब प्रदर्शनकै कारण नेपालको सुपर सिक्स पुग्ने सपना समाप्त भएको थियो ।  पाँच टिममध्ये ३ टोलीले सुपर सिक्समा स्थान बनाउने समूह चरणमा नेपाल चौथो स्थानमा रह्यो । चौथो स्थानमा रहेर प्ले अफमा पुगेसँगै नेपालको एकदिवसीय विश्वकप खेल्ने सपना पुन केहि बर्ष पछाडी धकेलियो ।

तर, यो विश्वकप छनोटबाट नेपाली क्रिकेटले थप एक मौका भने पाएको छ । त्यो हो, अन्तर्राष्ट्रिय क्रिकेट परिसद ९आईसीसी० को एकदिवसीय राष्ट्रको मान्यता पाउने अवसर । आईसीसीबाट एकदिवसीय  क्रिकेटको मान्यता पाए नेपाली क्रिकेटको लागि ठुलो फड्को हुनेछ । त्यसलाई पुरा  गर्न नेपालले अब प्लेअफमा उत्कृष्ट खेल प्रदर्शन गर्नु पर्ने हुन्छ ।

एकदिवसीय मान्यता पाउने राष्ट्रले आईसीसीको वरियतामा रहनुको साथै  ठुला  प्रतियोगिताहरु खेल्ने मौका  पाउने छ । यस्तै आईसीसीबाट आउने आर्थिक सहायतामा वृद्धि हुनेछ ।

आईसीसीले यो छनोटबाट तीन उत्कृष्ट एसोसियट राष्ट्रलाई ४ बर्षको लागि अस्थाई  एकदिवसीय मान्यता दिने बताईसकेको छ । छनोटबाट एसोसियटमा दुई राष्ट्र युएई र स्कटल्याण्ड सुपर सिक्समा पुगिसकेको छ । सुपर सिक्समा पुगेसँगै युएई र स्कटल्याण्डले एकदिवसीय मान्यता पाउने पक्का छ ।

अब छनोटबाट एक टोलीले मात्र एकदिवसीय मान्यता पाउने छन् । यस्तोमा नेपाल, पपुवा न्युगिनी, हङकङ र नेदरल्याण्डले प्ले अफ खेल्दैछ । प्ले अफ खेल्नेमध्ये नेदरल्याण्डको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको बिजेताको हैसियतले सन् २०२० सम्म एकदिवसीय मान्यता रहिरहने छ । त्यसैले अब नेपाल, पपुवा न्युगिनी र हङकङमध्ये एक टोलीले मात्र एकदिवसीय मान्यता पाउने छन् ।

विश्वकप छनोटको सुपर सिक्स र प्ले अफको खेल बिहिबारबाट सुरु हुनेछ ।  सुपर सिक्सको शीर्ष दुई टोलीले सन् २०१९ को विश्वकपमा स्थान बनाउने छन् । प्लेअफमा पुगेको चार मध्ये दुई टोली शीर्ष डिभिजनमा रहिरहने छ । पुछारको दुई टोली भने रेलिगेसन हुँदै डिभिजन – २ मा झर्ने छन्  ।

नेपालले प्लेअफमा बिहिबार पपुवा न्युगिनीसँग खेल्दै छ । समूह बि को चौथो भएको नेपालले समूह ए को पाँचौ स्थानको पपुवा न्युगिनीसँग खेल्न लागेको हो । बिहिबार नै अर्को प्लेअफमा हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुँदै छ ।

नेपालले हरारेले पपुवा न्युगिनीसँग बिहिबार अपरान्ह १ बजेपछि खेल्नेछ ।  र, यो खेल नेपालको लागि निकै महत्वपूर्ण छ । यो खेल नेपालसँगै पपुवा न्युगिनीलाई समेत महत्वपूर्ण रहेको  छ । दुवै टोली प्लेअफमा जित निकाल्दै एकदिवसीय मान्यता पाउने लक्ष्यमा हुनेछ ।

सुपर सिक्समा पुग्न नसकेको नेपालले अब एकदिवसीय मान्यता पाउन पपुवा न्युगिनीलाई हराउनै पर्ने हुन्छ । यदी पराजित भएमा नेपालको एकदिवसीय मान्यता पाउने सपना सकिने छ । यस्तै पपुवा न्युगिनीलाई समेत एकदिवसीय मान्यताको लागि नेपालमाथी जित अनिवार्य छ ।

विश्वकप  छनोटको समूह चरणमा  पपुवा न्युगिनी लयभन्दा बाहिर देखिएको छ । पपुवा न्युगिनीले समूह चरणको सबै खेल गुमाएको छ । त्यसैले नेपालले पपुवा न्युगिनीविरुद्ध फाइदा लिन सक्नु पर्नेछ ।  तर,पछिल्लो तथ्यांक हेर्दा पपुवा न्युगिनीविरुद्ध नेपालले सम्झन लायक प्रदर्शन गर्न सकेको छैन ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको  पछिल्ला दुई खेल नेपालले पपुवा न्युगिनीलाई सुम्पिएको थियो । नेपालले पपुवा न्युगिनीसँग पछिल्लो समय दुई बर्षअघि च्याम्पियनसिप अन्तर्गतको दोस्रो चरणको खेलमा प्रतिस्पर्धा गरेको थियो । अबुधाबीमा भएको पहिलो खेलमा नेपाल पपुवा न्युगिनीसँग २ विकेट र दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो ।

प्ले अफमा पपुवा न्युगिनीलाई पराजित गरे नेपाल सातौं स्थानको लागि हुने प्ले अफमा पुग्ने छ । यस्तोमा अर्को खेलमा नतिजा नेपालको पक्षमा आए नेपालले ऐतिहासिक उपलब्धि पाउने छ ।  नेपालले पपुवा न्युगिनीलाई पराजित गर्यो र  अर्को प्लेअफमा नेदरल्याण्डले हङकङलाई पराजित गरेमा नेपालले सातौँ स्थानको खेल नखेली एकदिवसीय मान्यता पाउने छ ।

यस्तै नेपालले पपुवा न्युगिनीलाई हराएपनि अर्को खेलमा हङकङले नेदरल्याण्डलाई पराजित गरेमा एकदिवसीय मान्यता पाउने राष्ट्रको तय सातौं स्थानको लागि हुने खेलले तय गर्ने छ । सातौं स्थानको लागि हुने प्ले अफको बिजेताले एकदिवसीय राष्ट्रको मान्यता पाउने छ ।

यदी नेपाल पपुवा न्युगिनीसँग पराजित भएमा नेदरल्याण्डले पनि हङकङलाई हराएमा पपुवा न्युगिनीले एकदिवसीय मान्यता पाउनेछ।  नवौ स्थानको लागि प्ले अफ खेल्ने दुई टोली रेलिगेसन हुँदै डिभिजन–२ मा झर्ने छन् ।

Loading...

Similar Posts :


5

फेरि करछलीमा मुछिए मेस्सी

७ असार, काठमाडौं । पनामा पेपर्स-२ मा अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको नाम पनि परेको छ । खोज-पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे)ले...

विश्वकप फुटबलको भव्य उदघाटन

फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको...

डीपीएल क्रिकेटमा काठमाडौं गोल्डेन्स फाइनलमा, धनगढीसँग भिड्ने

काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई हराउँदै रुस्लान धनगढी प्रमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंले महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै फाइनल प्रवेश गरेको हो ।...

डीपीएलमा रुपन्देहीलार्इ महेन्द्रनगरले ४ विकेटले हरायाे

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत बिहीबारको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सलाई महेन्द्रनगर युनाइटेडले ४ विकेटले हराएको छ । संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा भएको...

अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तलीले पाए जग्गा

भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।महानगरले सोमबार पत्रकार सम्मेलन गरेर रंगशाला बनाउन जग्गा दिनुका...

सन्दिप लामिछाने अार्इपीएल खेल्न मंगलबार दिल्ली जादैँ

नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आपीएललाई लिएर आफू उत्साहित रहेको बताएका छन् । आईपीएलको तयारीका लागि भोलि दिल्ली जाँदैछन् । सोमबार पत्रकार सम्मेलन गरेर १७...
Loading...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा...

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको...

विज्ञान र प्रविधिको प्रयोग गरेर आर्थिक विकास गर्नुपर्छ – मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोगगरी आर्थिक विकासको वातावरण...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा सम्पन्न

फेरि करछलीमा मुछिए मेस्सी

डा. नम्रता खड्का तथा हेली गुरुङ्ग भए मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनल

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

‘मिष्टर एण्ड मिस एसइई आइकन–२०१८’ को उपाधि रिकिश चित्रकार र सरस्वती सरु बुढाथोकी को हातमा

पाँचौ संस्करणको मिसेस मंगोल नेपालको ट्यालेन्ट शो सम्पन्न (फोटो फिचर)

‘मिस नेपाल आईडल २०१८’ का प्रतियोगीले देखाए प्रतिभा (फोटो फिचर)

रामचन्द्रलाई उज्यालोले धोका दिएपछि…(भिडियोसहित)

मिसेस तामाङ्गको सक्सेस पार्टीमा कानून,न्याय तथा ससंदीय व्यबस्था मन्त्री शेर बहादुर तामाङ्गबाट विजेतालाई प्रमाण पत्र वितरण