प्रतिपक्षमा बसरे सरकारलाई जिम्मेवार बनाउछाैँ मनलाग्दी निर्णय गर्न दिदैनाै :रामचन्द्र पाैडेल

Loading...

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षमा बसेर नै सरकारलाई घुँडा टेकाउनुपर्ने बताएका छन् ।पार्टीका प्रतिनिधिसभा र प्रदेशसभा सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले प्रतिपक्षमा प्रभावकारी भूमिका निर्वाह गरेर सरकारलाई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् ।

उनले कांग्रेसका सांसदहरु संसदमा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने भन्दै पार्टीको जिम्मा नै संसद सदस्यहरुको काँधमा रहेको टिप्पणी गरे । सरकारले सुविधाजनक बहुमत हुँदाहुँदै दुई तिहाई बहुमत खोज्नु गम्भीर विषय भएको पौडेलको भनाइ छ ।सरकारका गतिविधिहरूले सर्बसत्तावाद लाद्न खोजेको भन्दै नेता पाैडेलले सरकारले न्यायलय र संविधानलार्इ नियन्त्रणमा लिन खोजेको अारोप लगाए ।

‘राष्ट्रियसभा भन्दा पहिले किन सरकार गठन गरियो ? निर्वाचन आयोगले त पहिले राष्ट्रिय सभा भनेकै थियो’ उनले भने ‘तर, राष्ट्रपतिले रोकेर सरकार गठन गरी राष्ट्रिय सभालाई पछि पूर्णता दिइयो ।’

बरिष्ठ नेता पाैडेलले सरकारले प्रधान न्यायाधीस गोपाल पराजुलीलार्इ महाअभियोग लगाए त्यसको प्रतवाद गर्ने संकेत गरेका छन् । ‘अहिले महाअभियोगको कुरा अाएको छ,’ उनले भने, ‘खबरदार महाअभियोग लगाउन पाइदैन ।’पार्टी कार्यालय सानेपामा  सांसदहरूका लागि अायोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका थिए ।

उद्घाटन कार्यक्रममा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छादार, महामन्त्री सशांक कोइराला लगायत नेता तथा प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरूको उपस्थिति रहेको थियो ।

Loading...

Similar Posts :


25

माइक्रो बसका चालक र सहचालकलार्इ पनि आजबाट चम्किलो ज्याकेट

काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनु पर्ने भएको छ । महाशाखाका प्रमुख एवं प्रहरी...

धर्नास्थलमै बिरामी निर्मलाका बुबा ,भेटिएन अभियुक्त

निर्मलाका बुबा यज्ञराज धर्नास्थलमै बिरामी परेका छन् रुघाखोकी र ज्वरोले अस्वस्थ उनी भेट्न आएका आफन्तसित बोल्न नसकेर आँसु बगाइरहेका थिए ।सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर...

अाइपिएलमा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी  शैक्षिक परामर्ष प्रदान गर्दै आईरहेको ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...
Loading...

माइक्रो बसका चालक र सहचालकलार्इ पनि आजबाट चम्किलो ज्याकेट

काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट...

धर्नास्थलमै बिरामी निर्मलाका बुबा ,भेटिएन अभियुक्त

निर्मलाका बुबा यज्ञराज धर्नास्थलमै बिरामी परेका छन् रुघाखोकी र ज्वरोले अस्वस्थ उनी भेट्न आएका...

अाइपिएलमा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर...