लोकसेवाले खरिदारकाे विज्ञापन खोल्यो ,७ सय ३४ जनालाई अवसर

Loading...

लोकसेवा आयोगले रोजगारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बुधवार एक विज्ञापन प्रकाशन गर्दै आन्तरिक प्रतियोगिता खुल्ला तथा समावेशी तर्फका प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरेको हो । आयोगले पुरानै अञ्चलस्तरीय ढाँचामा विज्ञापन गरेको हो । आयेगले ७ सय ३४ पदमा दरखास्त आह्वान गरेको हो ।

विज्ञापन अनुसार पूर्वाञ्चल क्षेत्रीय  निर्देशनालय धनकुटाका लागि ३९ पद, मेची अञ्चल कार्यालय इलामका लागि २३ जना, सगरमाथा अञ्चल कार्यालय दिक्तेलका लागि ११३, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय नयाँ बानेश्वरका लागि ८८ जना, जनकपुर अञ्चल  कार्यालय जलेश्वरका लागि ४९ जना कर्मचारी माग गरिएको छ ।नारायणी अञ्चल कार्यालय हेटौडाका लागि ८५ जना, पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराका लागि ४८ जना, लुम्बिनी अञ्चल कार्यालय बुटवलका लागि ५० जना खरदार माग गरिएको छ । त्यस्तै धौलागिरी अञ्चल कार्यालय बागलुङका लागि ४५ जना, मध्य पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय सुर्खेतका लागि ५८ जना, राप्ती अञ्चल कार्यालय दाङका लागि ४१ जनाको पदमा आवेदन माग गरिएको छ । त्यस्तै कर्णाली अञ्चल कार्यालय जुम्लाका लागि ४२ जना तथा सूदूर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय दीपायल २६ जना र, महाकाली अञ्चल कार्यालय महेन्द्रनगर २७ जना गरि जम्मा ७ सय ३४ पदका लागि आवेदन माग गरिएको आयोगले जनाएको छ ।

विज्ञापन अनुसार चैत्र २० गतेसम्म आवेदन दर्ताको समय तोकिएको छ । दोव्वर दस्तुर तिरेर चैत्र २७ गतेसम्म फर्म भर्न सकिने आयोगले जनाएको छ । जसका लागि प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तु तीनसय तोकिएको छ ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सो सरह उत्तीर्ण भएकाले आवेदन दर्ता गर्न सक्नेछन् । तर एसएलसी ग्रेडिङ सिस्टमबाट प्रवेशिका परीक्षा दिएका व्यक्तिले २ जीपीए भन्दा कम अंक ल्याएको भएमा आवेदन फर्म भर्न नपाउने आयोगले जनाएको छ ।

थप जानकारीका लागि http://www.psc.gov.np/assets/uploads/files/2074-11-30_Bulletin_35.pdf

Loading...

Similar Posts :


25

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने संकेत मिलेपछि त्यस क्षेत्रमा...

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित गरिएको छ। चिकित्सा शिक्षा विधेयक माथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११...

पीपीएलमा चितवनको दोस्रो जित

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम चितवन राइनोजले काठमाडौं रोयल्सलाई पराजित गरेको छ ।पोखरा रंगशालामा आज भएको खेलमा चितवनले काठमाडौंलाई...

उपत्यकाभित्र दिउँसो टिपर चलाउन पाइने

काठमाडौं उपत्यकाभित्र दिउँसो ११ बजेदेखि ३ बजेसम्म टिपर चलाउन पाइने भएको छ । प्रतिघण्टा ३५ किलोमिटरको दरले सवारी चलाउने गरी मंगलबारबाटै टिपर सञ्चालन गर्न...
Loading...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी...