पपुवा न्युगिनीविरूद्ध नेपालको शानदार जित

Loading...

आईसीसी विश्वकप छनोटको प्लेअफमा नेपालले शानदार जित हात पारेको छ । नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको हो ।

जिम्बावेको वल्ड हरारियन्स स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले पपुवा न्युगिनीमाथि सहज जित हात पारेको हो । पपुवा न्युगिनीले दिएको ११५ रनको सामान्य चुनौति पछ्याउदै ब्याटिङ गरेको नेपालले २३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्याे ।

नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए । नेपालको जितमा मुख्य भूमिका खेलेको दीपेन्द्रले अविजित ५० रन बनाएका थिए ।  त्यस्तै, आरिफ शेखले २६ र कप्तान पारस खड्काले २० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले २७.२ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन मात्रै बनाउन सक्यो । पपुवा न्युगिनीका कुनै पनि खेलाडीले १९ रन भन्दा बढि बनाउन सकेनन् । पपुवा न्युगिनीका कार्लस अमिनी १९ जासन किलाले १५ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

पपुवा न्युगिनीका किप्लिन डोरिगा र सेसी बाउले समान ११–११ रन बनाए । त्यस्तै, कप्तान असद भाला र चड सोपरले समान १०–१० रन बनाएर आउट भएका थिए ।

नेपालको धारिलो बलिङ सामु पपुवा न्युगिनीका कुनै पनि खेलाडी टिक्न सकेनन् । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै समान ४–४ विकेट लिए । दीपेन्द्रले ४.२ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिए भने सन्दीपले ८ ओभर बलिङ गर्दै २९ रन खर्चेर ४ विकेट लिए ।

त्यस्तै, नेपालका लागि सोमपाल कामी र करण केसीले समान १–१ विकेट लिए ।

नेपालले एक दिवसीय मान्यता पाउने सम्बन्धमा भने हङकङ र नेदरल्याण्डबीचको खेलमा भर पर्नु पर्ने भएको छ । नेदरल्याण्डले हङकङलाई पराजित गरेमा नेपालले स्वत एक एक दिवसीय मान्यता पाउने छ । तर हङकङले नेदरल्याण्डलाई पराजित गरेमा सातौ स्थानको लागि हुने नेपाल र हङकङबीचको विजेताले एक दिवसीय मान्यता पाउनेछ ।

त्यस्तै, आजको खेलमा नेदरल्याण्ड संग पराजित भएमा आठौं स्थान हुने राष्ट्रपनि रेलिगेशन हुदै डिभिजन टु मा घटुवा हुने छ । १७५ रनको चुनौति पछ्याउदै हङकङले नेदरल्याण्ड विरुद्ध ब्याटिङ गरिरहेको छ ।

Loading...

Similar Posts :


5

नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको अध्यक्षमा भगवती खड्का

प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बानेश्वरको शान्तिनगरमा अवस्थित नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उद्घाटन गरेका छन् । शनिबार एक कार्यक्रमको बीच फाउण्डेशनको रिवन काटेर पूर्व...

३१ वर्षीय जेरार्ड पिकेले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिए

स्पेनिस डिफेण्डर जेरार्ड पिकेले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।३१ वर्षीय पिकेले स्पेनबाट १०२ खेल खेले, जसका क्रममा पाँच गोल समेत गरेका छन् ।...

पेनाल्टी सुटआउटमा चेल्सी विजयी

इन्टरनेसनल च्याम्पियन्स कपमा इंग्लिस क्लब चेल्सीले जित हात पारेको छ । चेल्सीले फ्रान्सेली क्लब लियोनलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गरेको हो । दुबै...

एकदिवसीय ऐतिहासिक क्रिकेट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेर नेपाल आज बिहान स्वदेश फर्किएको हो । नेदरल्यान्ड्ससँग ऐतिहासिक २...

नेदरल्यान्ड्समाथि नेपालको १ रनको रोमाञ्चक जित

एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ । अन्तिम खेलमा नेपालले जित हात पारेसँगै...

नेपालले नेदरल्यान्ड्ससँग ऐतिहासिक एक दिवसीय क्रिकेट खेल्दै

नेपालले नेदरल्यान्ड्ससँग आज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । २ खेलको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेल आज नेपालले खेल्न लागेको हो । ...
Loading...

मर्सी प्रेडिक्ट एण्ड विनकाे विजेताले पाए I phone X

मर्सी एजुकेशन एजुकेशन प्रालीले रसियामा अायाेजीत २०१८ विश्वकपमा भएका खेलहरुमा कम्पनिकाे फेसबुक पेज मार्फत...

देशैभरी बन्दको सामान्य प्रभाव

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार गरेको नेपाल बन्दको देशैभरी सामान्य प्रभाव परेको छ ।...

नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको अध्यक्षमा भगवती खड्का

प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बानेश्वरको शान्तिनगरमा अवस्थित नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उद्घाटन गरेका...