नेपालले इतिहास रच्दै पहिलो पटक पायाे एक दिवसीय क्रिकेटको मान्यता

Loading...

नेपालले इतिहास रच्दै पहिलो पटक एक दिवसीय क्रिकेटको मान्यता पाएको छ । आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीलाई र नेदरल्याण्डले हङकङलाई पराजित गरेसँगै नेपालले एक दिवसीय मान्यता पाएको हो ।

नेपालले प्लेअफको खेलमा पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेपनि एक दिवसीय मान्यताको लागि हङकङ र नेदरल्याण्डबीचको खेल कुर्नुपरेको थियो । नेदरल्याण्डले हङकङलाई ४४ रनले पराजित गरेसँगै नेपालको एक खेलअघि नै भाग्य खुलेको हो ।

हङकङले जित हात पारेको भए सातौं स्थानको लागि प्रतिस्पर्धा हुने नेपाल र हङकङबीचको विजेताले एक दिवसीय मान्यता पाउने थियो । तर नेदरल्याण्डले यसअघि नै आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो बन्दै एक दिवसीय मान्यता पाइसकेकाले नेपालको भाग्य खुलेको हो ।

विश्वकप छनोटको सातौं स्थानको लागि नेपालले अब शनिबार नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।जिम्बावेको वल्ड हरारियन्स स्पोर्ट्स क्लबको मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीमाथि सहज जित हात पारेको हो । पपुवा न्युगिनीले दिएको ११५ रनको सामान्य चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले २३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए । नेपालको जितमा मुख्य भूमिका खेलेको दीपेन्द्रले अविजित ५० रन बनाएका थिए । त्यस्तै, आरिफ शेखले २६ र कप्तान पारस खड्काले २० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले २७.२ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन मात्रै बनाउन सक्यो । पपुवा न्युगिनीका कुनै पनि खेलाडीले १९ रनभन्दा बढी बनाउन सकेनन् । पपुवा न्युगिनीका कार्लस अमिनी १९ जासन किलाले १५ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

नेपालले अहिलेसम्मकै उच्च सफलता पाएको हो । नेपालले एक दिवसीय मान्यता पाएसँगै ट्वान्टी–ट्वान्टी क्रिकेटको मान्यता पनि पाएको छ । नेपाल एक दिवसीय मान्यता पाएसँगै रेलिगेशनबाट पनि जोगिएको छ ।

Loading...

Similar Posts :


7

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरेर २४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।...

फेरी सुरू भयाे माअाेवादी र एमालेकाे बिचकाे किचलाे,प्रधानमन्त्रीको कार्यशैली माथि नै प्रश्न ?

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकमा विवादित विषय भन्दा शीर्ष नेतृत्वमा देखिएको एक...

तामाकोसी आयोजना समयमै सम्पन्न हुन्छ – अाेली

प्रधानमन्त्री केपी ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्धारित समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आयोजना निर्माण गर्न सरकारका कुनै निकायले ढिलासुस्ती...

नेपाली प्रधानमन्त्रीलार्इ भारतमा ‘गार्ड अफ अनर’ प्रदान

भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ‌ओलीलाई शनिबार ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । राष्ट्रपति भवनमा शनिबार बिहान एक समारोहबीच ओलीलाई ‘गार्ड अफ अनर’...

एसईई पछि प्राविधिक शिक्षा , अध्ययन पश्चात के के छन् अवसर ?

सीप युक्त शिक्षा अर्थात् प्राविधिक शिक्षा जिविकोपार्जनसंग जोडिने शिक्षा हो । प्राविधिक विषय अध्ययन गर्ने र चाँडो जागिर खाने भन्ने लक्ष्यले विद्यार्थीहरुको यसतर्फ आकर्षण...

फेकनले गर्यो आफ्नो बार्षीक कार्यक्रम सार्वजनिक

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फेकनले आफ्नो बार्षीक कार्यक्रम सार्वजनिक गरेको छ ।फेकनले शैक्षिक परामर्श आचार संहिता २०७४ जारी गर्दै बार्षीक क्यालेण्डर सार्वजनिक गरेको...
Loading...

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी...