सत्तारुढ दलहरु बिच  भागवण्डा नमिल्दा मन्त्रालयकाे संख्या बढ्याे

Loading...

सत्तारुढ दलहरुले मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि मन्त्रालयकाे संख्या बढाउने भएका छन् ।सत्तारुढ दलहरु बिच  मन्त्रालयकाे संख्या थाेरै भएकाले भागबण्डा नमिलेपछी मन्त्रालयकाे संख्या थप गरेर  मिलाउन लागिएकाे हाे ।अब तीन मन्त्रालय थपिएको छ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २१ मन्त्रालय हुने भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै ३० वटा मन्त्रालय घटाएर १७ मा झारिएको थियो तर, दलहरुको भागवण्डा मिलाउन फेरि मन्त्रालय थपिएको हाे ।संविधानमा संघीय मन्त्रिपरिषद्मा बढीमा २५ सदस्यीय हुने प्रावधान छ । शुक्रबारको निर्णयले अब २० मन्त्री हुने भएका छन् भने बढीमा चार राज्यमन्त्री हुनसक्नेछन् । उच्चस्तरीय समितिले भने प्रधानमन्त्री कार्यालयसहित १५ वटा मात्र मन्त्रालय राख्न सुझाएको थियो ।

स्रोतका अनुसार थपिएका मन्त्रालयहरुमा सिँचाई, युवा तथा खेलकुद र श्रम तथा रोजगार छन् । शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद फुटाइएको छ र अब शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद अलग  मन्त्रालय हुने भएका छन् ।

श्रम, रोजगार तथा महिला, बालबालिका मन्त्रालयलाई फुटाइएर  अब श्रम तथा रोजगार र महिला तथा बालबालिका अलगअलग मन्त्रालय रािखिने भएकाे छ ।

 

Loading...

Similar Posts :


25

एकदिवसीय खेल खेल्न नेपाली क्रिकेट टोली यूएई तिर

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेपाली क्रिकेट टोली दुवै प्रस्थान गरेकाे छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार...

आईसीसीकाे ३ विशेष अवार्ड कोहलीलाई

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रदान गर्ने अवार्डको तीन महत्वपूर्ण विधामा क्लिन स्वीप गरेका छन् । आईसीसी उत्कृष्ट वर्ष...

विदेशमा व्यापारबाट आर्जित रकम १५ दिनमै ल्याउन राष्ट्र बैंककाे निर्देशन

विदेशी संस्थाहरूसँगको सेवा व्यापारबाट आर्जन हुने रकम उतै लुकाउने प्रवृत्ति निरुत्साहित गर्न राष्ट्र बैंकले एक निर्देशन जारी गरेको छ । ट्राभल एजेन्सी, ट्रेकिङ ऐजेन्सी, कार्गो...

कांग्रेसले अवरुद्ध पारेपछि संसद बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेपछि बैठक १५ मिनेट स्थगित गरिएको छ । बैठक सुरु भएपछि नेपाली कांग्रेसका उपनेता विजयकुमार गच्छदारले तनहुँको...

आठ लेनको चक्रपथमा पूर्वाधार नहुँदा समस्या

चक्रपथ निर्माणअघि नै सरकारी पक्षले डिजाइनमा गरेको लापरबाहीका कारण हाल सर्वसाधारण ट्याक्सीलाई अनावश्यक भाडा तिर्न बाध्य छन् । आवश्यक पूर्वाधार नहुँदा आपाङ्ग र वृद्धवृद्धाले...

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

थाइलेन्डमा सम्पन्न टि–२० स्म्यास क्रिकेट प्रतियोगिता खेलेर नेपाली महिला क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ । शनिबार थाइलेन्डको टेर्ड थाई मैदानमा भएको फाइनल खेलमा नेपाललाई...
loading...
Loading...

एकदिवसीय खेल खेल्न नेपाली क्रिकेट टोली यूएई तिर

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेपाली क्रिकेट टोली दुवै...

आईसीसीकाे ३ विशेष अवार्ड कोहलीलाई

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रदान गर्ने अवार्डको तीन...

विदेशमा व्यापारबाट आर्जित रकम १५ दिनमै ल्याउन राष्ट्र बैंककाे निर्देशन

विदेशी संस्थाहरूसँगको सेवा व्यापारबाट आर्जन हुने रकम उतै लुकाउने प्रवृत्ति निरुत्साहित गर्न राष्ट्र बैंकले...