ओडीआई मान्यता पाएको नेपाली क्रिकेट ! हेर्नुहाेस् विगत, बर्तमान र भबिष्य

Loading...

जिम्बाम्बेमा जारी आईसीसी विश्वकप छनोटको सातौं स्थानका लागि आज नेपालले नेदरल्याण्ड्सको सामना गर्दैछ।

एकदिवसीय मान्यता पाएपछि नेपाली टोली उत्साहित छ भने प्रतियोगितामा खराव लयमा देखिएको नेदरल्याण्ड्स सुपर सिक्समा पुग्न नसकेपछि सातौ स्थानका लागि खेल्नुपरेको छ।बिहीबार पपुवा न्यूगिनीबिरुद्ध ६ विकेटको जित दर्ता गर्नु र नेदरल्याण्ड्सले हङकङलाई हराउनुमा  नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ।

नेपाल र नेदरल्याण्ड दुवैले ४ वर्षको लागि एकदिवसीय मान्यता पाइसके पनि दुवै बीचको खेल लिस्ट ‘ए’ नै हुनेछ। छनोट प्रतियोगिता पछि मात्रै दुवै देशको खेलले एकदिवसीय मान्यता पाउनेछ।नेदरल्याण्डले प्लेअफमा हङकङलाई ४४ रनले हराएको थियो भने समूह चरणमा आयरल्याण्ड, युएई र वेस्ट इन्डिजसँग हार बेहोर्दै सुपर सिक्स पुग्न असफल भएको थियो।

पपुवा न्यूगिनीसँग जित हात पारेको नेदरल्याण्ड नेपाललाई हराउँदै आफू उत्कृष्ट भएको प्रमाणित गर्न चाहन्छ।

समूह चरणमा जिम्बाबे, स्कटल्याण्ड र अफगानिस्तानसँग पराजित भएको नेपालले महत्वपूर्ण खेलमा हङकङलाई हराए पनि अफगानिस्तानसँग नेट रन रेटमा पछि पर्दै सुपर सिक्स पुग्न असफल भएको थियो।

त्यसपछि प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेको नेपाल आज नेदरल्याण्डलाई हराएर आफू एक दिवसीयका लागि तयार रहेको जनाउ दिने तयारीमा छ

पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएसँगै नेपाली क्रिकेटको अहिले सर्वत्र चर्चा छ । एकदिवसीयको अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपालले थुप्रै अवसर पाउनेछ । विश्वकप छनोटको प्लेअफमा नेपालले पपुवा न्युगिनी र नेदरल्याण्डले हङकङलाई पराजित गरेसँगै नेपालले यो ऐतिहासिक सफलता पाएको हो ।

एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपालले यस्ता अवसरहरु पाउनेछ–

इन्टरकन्टिनेन्टल कप
इन्टरकन्टिनेन्टल कप एसोसिएट राष्ट्रको सबैभन्दा उच्च स्तरको प्रतियोगिता हो । यो चार दिवसीय फम्र्याटमा हुने गर्छ । आईसीसीले यही प्रतियोगिताको प्रदर्शनका आधारमा पनि एसोसिएट राष्ट्रलाई टेष्ट मान्यता दिने–नदिने टुंगो लगाउने गर्दछ । सन् २०१५ देखि २०१७ सम्म भएको इन्टरकन्टिनेन्टल कपको विजेता अफगानिस्तान र उविजेता बनेको आयरल्याण्डले टेष्ट मान्यता पाएका छन् ।

नेपालले पनि एक दिवसीय मान्यता पाएसँगै यो प्रतियोगिता खेल्न पाउनेछ । नेपालको भविष्यसँग जोडिएको प्रतियोगिताको रुपमा यसलाई हेरिएको छ ।

च्याम्पियनसिप
सन् २०१५ देखि २०१७ सम्म चलेको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले सहभागिता जनाएको थियो, जुन प्रतियोगितामा नेपालले खराब प्रदर्शन गर्दै सातांै स्थानमा परेर रेलिगेशन हँुदै डिभिजन टु मा घटुवा भएको थियो ।

विश्वकप छनोटबाट नेपालले २०२२ सम्मका लागि एक दिवसीय मान्यता पाएसँगै पुनः आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएको छ ।

विशेष सुविधा
नेपालले एसोसिएट राष्ट्रको रुपमा जति रकम आईसीसीबाट पाउने गरेको थियो, अब त्यो बढ्नेछ । उच्च कोटीको प्रशिक्षक, खेलाडीलाई दिइने सुविधा, विभिन्न देशमा प्रशिक्षण तथा एक दिवसीय सिरिज खेललगायतका सुविधा नेपालले आईसीसीबाट पाउनेछ ।

नेपालले २०२२ सम्मका लागि प्रत्येक वर्ष करिब ८ करोड रुपैयाँ आईसीसीबाट पाउनेछ । त्यसो त अब नेपाल पनि आईसीसीको बरियतामा आएको छ । अब नेपालले खेल्ने खेलअनुसार आईसीसीको बरियतामा आउनुका साथै खेलाडीको प्रदर्शनको लेखाजोखा पनि हुनेछ । यसका साथै नेपालले आफूभन्दा ठूला राष्ट्रसँग एक दिवसीय सिरिज खेल्ने अवसर पनि पाउने भएको छ ।

२२ वर्षे यात्रा
सन् १९८८ मा आईसीसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो । २०१८ मा आएर नेपालले एक दिवसीय मान्यता पाएको छ । यो नेपालको लागि अहिलेसम्मकै ठूलो उपलब्धि हो ।

नेपालले सन् २००८ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभको तेस्रो स्थान ओगटेको थियो । त्यसबेला अफगानिस्तान विजेता र जर्सी उपविजेता बन्दै डिभिजन फोरमा प्रवेश गर्दा नेपाल डिभिजन फाइभमै चित्त बुझाउनु परेको थियो ।

त्यसको करिब २ वर्षपछि सन् २०१० मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभको भने नेपाल विजेता बन्न सफल भयो । नेपालमै भएको फाइनलमा अमेरिकालाई ५ विकेटले पराजित गर्दै नेपाल विजेताको साथ डिभिजन फोरमा बढुवा भएको थियो ।

यही साल इटालीमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोरमा भने नेपालको प्रदर्शन सोचेअनुरुप भएन । नेपालले तेस्रो स्थानमै चित्त बुझाउँदा अमेरिका विजेता र इटाली उपविजेता बन्दै डिभिजन थ्रीमा प्रवेश गरेको थियो ।

सन् २०१२ मा भने नेपाल डिभिजन फोरको विजेता बन्न सफल भयो । मलेसियामा सम्पन्न  प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपाल विजेता र अमेरिका उपविजेता बन्दै डिभिजन थ्रीमा नेपाल पुगेको थियो ।

सन् २०१३ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री को विजेता बन्दै नेपालले विश्वको ध्यान तानेको थियो । आफूभन्दा अब्बल टोलीलाई पराजित गर्दै नेपालले त्यसबेला ऐतिहासिक सफलता पाएको थियो । फाइनलमा नेपालले युगाण्डालाई ५ विकेटले पराजित गर्दै डिभिजन टु मा प्रवेश गर्नका साथै सन् २०१४ मा हुने आईसीसी विश्वकप छनोटमा पनि स्थान बनाएको थियो ।

त्यसपछि भने नेपाली क्रिकेटको क्रेज ह्वाटै बढेको थियो । एकपछि अर्को राम्रो प्रदर्शन गर्दै अघि बढेको नेपाल सन् २०१४ मा डिभिजन थ्री को दोस्रो पटक विजेता बन्यो । २०१४ नेपाली क्रिकेटको लागि निकै राम्रो सावित भयो, जुन वर्ष  नेपालले टि–ट्वान्टी विश्वकप क्रिकेट पनि खेलेको थियो ।

सन् २०१५ देखि २०१७ सम्म चलेको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने नेपालले अवसर पाएको थियो । लड्दै, उठ्दै अघि बढेको नेपाल यही वर्ष आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्न सफल भयो । नामिवियामा फेब्रुअरीमा सम्पन्न डिभिजन टु मा युएई विजेता बन्दा नेपाल उपविजेता बन्दै विश्वकप छनोटमा प्रवेश गरेको हो ।

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय (वान–डे) खेल्ने मान्यताप्राप्त राष्ट्र बनेको छ। जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट क्रममा बिहीबार प्राप्त यो मान्यता कम्तिमा चार वर्ष रहनेछ।

यसले स्थानीय क्रिकेटप्रेमीमा खुसीको लहर ल्याउनुका साथै अन्तर्राष्ट्रिय रूपमा पनि नेपाली टिमको प्रशंसा भइरहेको छ। श्रीलंका, बंगलादेश, पाकिस्तान लगायत देशका खेलाडीले सामाजिक सञ्जालमार्फत् नेपाली टोलीलाई ‘वान–डे’ खेल्ने समूहमा स्वागत गरेका छन्।

नेपाली टिमले हासिल गरेको सफलतासँगै एउटा प्रश्नमा धेरैको चासो छ– के यो मान्यतापछि अब नेपालले भारत, पाकिस्तान, श्रीलंका, अस्ट्रेलियाजस्ता अन्तर्राष्ट्रिय क्रिकेटका ‘च्याम्पियन’ राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्न पाउँछ?

उनीहरूका अनुसार एकदिवसीय मान्यतासँगै नेपाल विश्व क्रिकेटका १६ शीर्ष राष्ट्रको सूचीमा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले एकदिवसीय खेल्ने मान्यता दिएका यी १६ राष्ट्रबीच आपसी समझदारीमा खेल हुनसक्ने दास बताउँछन्। यसमध्ये १२ पूर्ण सदस्य छन् भने नेपालसहित चारवटा अस्थायी हुन्।

यसमा भारत, पाकिस्तान, अस्ट्रेलिया, बंगलादेश, श्रीलंका, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, अफगानिस्तान, आयरल्यान्ड, स्कटल्यान्ड लगायत मुलुक पर्छन्।

यी राष्ट्रबीच हुने त्रिकोणात्मक वा अन्तर्राष्ट्रिय सिरिजमा नेपालले सहभागिता जनाउनसक्ने दासले बताए। आपसी समझदारी भने हुनुपर्छ।यति मात्र होइन, आइसिसीसँग सहकार्य गरेर नेपाल आफैंले एकदिवसीय शृंखला आयोजना गर्नसक्छ। नेपालमा क्रिकेटको आधिकारिक निकाय नहुँदा तत्काललाई केही कठिन हुनेछ। सरकार आफैंले पहल गर्नुपर्छ।

सरकारले कुनै पनि देशको क्रिकेट बोर्डलाई सोझै वा कूटनीतिक माध्यमबाट एकदिवसीय प्रतियोगिता खेल्न आग्रह गर्न सक्छ। उदाहरणका लागि, भारतसँग एकदिवसीय खेल्ने हो भने भारत सरकार वा बिसिसिआईलाई सोझै प्रस्ताव राख्न सक्छ।

 

क्यान विवाद नमिले अवसर गुम्ने खतरा
नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको श्रेय सबै खेलाडी र प्रशिक्षकलाई नै जान्छ । नेपाल क्रिकेट संघ (क्यान) बिनै नेपाली क्रिकेटले ऐतिहासिक सफलता पाएको छ । तर, क्यानबिना नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नु मुस्किल नै छ ।

आईसीसीले दिने फन्ड सञ्चालन गर्ने र नेपाली क्रिकेटको विकास गर्ने क्यान नभए एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनुको कुनै अर्थ छैन । २०७२ मा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकबिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् ।

क्यान विवाद अन्त्य भई निलम्बन फुकुवा नहुने हो भने नेपालले पाएको यो ऐतिहासिक सफलता गुम्नेछ । २०७२ साल मंसिरमा क्यानका तत्कालिन उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायतका पक्षले क्यानको अधिवेशन गर्यो । तर, क्यानकै तत्कालिन अध्यक्ष टंक आङबुहाङको पक्षले कोठे निर्णय र पारदर्शी नभएको भन्दै तत्काल अधिवेशन रोक्नका लागि राष्ट्रिय खेलकुद परिषद्मा लिखित उजुरी दिएको थियो ।

राखेपले चुनाव रोक्न तत्काल निर्देशन दिए पनि क्यानका चन्द र प्याकुरेलको पक्षले चुनाव रातारात गराएर छाडे, जुन चुनावबाट क्यान अध्यक्षमा चन्द र महासचिवमा प्याकुरेल चुनिए । तर राखेपले कुनै पनि हालतमा निर्वाचित क्यानलाई मान्यता नदिने प्रष्ट पार्यो ।

त्यसको केही दिनमै राखेपले रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति बनाएको थियो । क्यान विवादले उग्ररुप लिँदै गर्दा आईसीसीले २०७३ वैशाखमा क्यानलाई सरकारी हस्तक्षेप र निष्पक्ष नभएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

अहिले क्यानलाई आईसीसीले अन्तिम मौका दिएको छ । अब पनि क्यान विवाद नमिले सदस्यताबाटै क्यान खारेज हुन सक्छ ।

यी हुन् एक दिवसीय मान्यता प्राप्त १६ राष्ट्र

स्थायी मान्यताप्राप्त एकदिवसीय टिम

  • अस्ट्रेलिया – १९७१
  • इंग्ल्यान्ड– १९७१
  • न्युजिल्यान्ड– १९७३
  • पाकिस्तान– १९७३
  • वेस्ट इन्डिजन– १९७३
  • भारत– १९७४
  • श्रीलंका– १९८२
  • दक्षिण अफ्रिका– १९९१
  • जिम्बावे– १९९३
  • बंगलादेश– १९९७
  • अफगानिस्तान– २०१७
  • आयरल्यान्ड– २०१७

अस्थायी एकदिवसीय मान्यता पाउने टिम

  • स्कटल्यान्ड – २००६ देखि २०२२ सम्म
  • युएई – २०१४ देखि २०२२ सम्म
  • नेदरल्यान्ड्स – २०१८ देखि २०२२ सम्म
  • नेपाल – २०१८ देखि २०२२ सम्म
Loading...

Similar Posts :


5

नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको अध्यक्षमा भगवती खड्का

प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बानेश्वरको शान्तिनगरमा अवस्थित नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उद्घाटन गरेका छन् । शनिबार एक कार्यक्रमको बीच फाउण्डेशनको रिवन काटेर पूर्व...

३१ वर्षीय जेरार्ड पिकेले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिए

स्पेनिस डिफेण्डर जेरार्ड पिकेले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।३१ वर्षीय पिकेले स्पेनबाट १०२ खेल खेले, जसका क्रममा पाँच गोल समेत गरेका छन् ।...

पेनाल्टी सुटआउटमा चेल्सी विजयी

इन्टरनेसनल च्याम्पियन्स कपमा इंग्लिस क्लब चेल्सीले जित हात पारेको छ । चेल्सीले फ्रान्सेली क्लब लियोनलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गरेको हो । दुबै...

एकदिवसीय ऐतिहासिक क्रिकेट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेर नेपाल आज बिहान स्वदेश फर्किएको हो । नेदरल्यान्ड्ससँग ऐतिहासिक २...

नेदरल्यान्ड्समाथि नेपालको १ रनको रोमाञ्चक जित

एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ । अन्तिम खेलमा नेपालले जित हात पारेसँगै...

नेपालले नेदरल्यान्ड्ससँग ऐतिहासिक एक दिवसीय क्रिकेट खेल्दै

नेपालले नेदरल्यान्ड्ससँग आज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । २ खेलको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेल आज नेपालले खेल्न लागेको हो । ...
Loading...

मर्सी प्रेडिक्ट एण्ड विनकाे विजेताले पाए I phone X

मर्सी एजुकेशन एजुकेशन प्रालीले रसियामा अायाेजीत २०१८ विश्वकपमा भएका खेलहरुमा कम्पनिकाे फेसबुक पेज मार्फत...

देशैभरी बन्दको सामान्य प्रभाव

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार गरेको नेपाल बन्दको देशैभरी सामान्य प्रभाव परेको छ ।...

नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको अध्यक्षमा भगवती खड्का

प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बानेश्वरको शान्तिनगरमा अवस्थित नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उद्घाटन गरेका...