दिपक मनाङेका नाममा रेडकर्नर नोटिस

Loading...

फरार सूचीमा रहेका प्रदेश नम्बर ४ का प्रदेश सभा सदस्य दिपक मनाङे (राजीव गुरुङ) का नाममा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर  नोटिस जारी गरेको छ।सांसद मनाङे देशबाहिर रहेको सूचना पाएपछि प्रहरीको अपराध अनुसन्धान विभागको पहलमा इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको हो।

प्रहरी स्रोतका अनुसार इन्टरपोलले मुख्यालयले गएको साता रेडकर्नर नोटिसमा राखेको जानकारी नेपाललाई दिएको छ।मनाङे अब इन्टरपोल सदस्य १ सय ९२ देशको प्रहरी खोजीमा छन्।यसअघि फेब्रुअरी २२ मा इन्टरपोल नेपालले मनाङेको नाममा रेडकर्नर नोटिस जारी गर्न भन्दै  कागजपत्र पठाए पनि इन्टरपोल मुख्यालयले  उन रेडकर्नर नोटिस जारी गरेको थिएन।

मनाङेको नाममा रेडकर्नर नोटिस जारी गर्न पत्र पठाउनु अगावै इन्टरपोल मुख्यालयमा उजुरी परेका कारण प्रहरीको पत्रलाई वेवास्ता गरिएको थियो। प्रहरीले फेरि मनाङेको अदालत फैसला र विगतको पृष्ठभूमि पठाएपछि इन्टरपोल मुख्यालयले गत साता सदर गरेको प्रहरी स्रोतले जानकारी दियो।

२०६९ साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो।लामो समय गुपचुप रहेको फैसला पाँच वर्षपछि गत माघ २ गते सार्वजनिक भयो। त्यसपछि प्रहरीले मनाङेको खोजी थालेको हो।

२०६१ सालमा ‘गुण्डा नाइके’ चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात छिनाएको थियो।सोही  घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाइ दिएपछि मनाङेलाई पुनरावेदनले पहिल्यै ५ वर्षको कैद सजाय सुनाएको रहस्य बाहिर आएको थियो।

उनको खोजी गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली खटिएको छ।यसअघि जिल्ला अदालत काठमाडौंको फैसलाबमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन्।

जिल्ला अदालतको फैसलापछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङेलाई सजाय कम भएको दाबी गर्दै समूहविरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो।पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाइ दिँदै मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो।

सरकारी पक्षले २०७० जेठमा फेरि पुनरावदेन अदालत पाटनको फैसलामा पुनरावलोकन माग गर्दै मनाङेबाहेक अन्य चार जनालई पनि कैद सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए।

Loading...

Similar Posts :


25

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ...

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । कृषकलाई कृषि बीमाप्रति आकर्षण गर्न समितिले यस्तो व्यवस्था...

विज्ञान र प्रविधिको प्रयोग गरेर आर्थिक विकास गर्नुपर्छ – मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोगगरी आर्थिक विकासको वातावरण तयार गर्नु नेपाल सरकारको उच्च प्राथामिकता रहेको बताउनुभएको छ ।...

नेकपाको को को छन् प्रदेश अध्यक्षका दाबेदार ?

स्थायी कमिटी सदस्यमध्येबाट प्रदेश कमिटीको अध्यक्ष वा संयोजक बन्दा मुख्यमन्त्री र मन्त्री बाहेक अन्य सबै नेता दाबेदार छन् । सात प्रदेशको नेतृत्व पूर्व एमालेले...

विश्वकप फुटबलको भव्य उदघाटन

फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको...

नेपाल र चीनको बीचको तातोपानी नाका खुल्ने

नेपाल र चीनको बीचको तातोपानी नाका अर्को वर्षको मे महिनाबाट खुल्ने भएको छ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आउँदो मेबाट तातोपानी नाका खुल्ने बताए । परराष्ट्र...
Loading...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा...

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको...

विज्ञान र प्रविधिको प्रयोग गरेर आर्थिक विकास गर्नुपर्छ – मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोगगरी आर्थिक विकासको वातावरण...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा सम्पन्न

फेरि करछलीमा मुछिए मेस्सी

डा. नम्रता खड्का तथा हेली गुरुङ्ग भए मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनल

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

‘मिष्टर एण्ड मिस एसइई आइकन–२०१८’ को उपाधि रिकिश चित्रकार र सरस्वती सरु बुढाथोकी को हातमा

पाँचौ संस्करणको मिसेस मंगोल नेपालको ट्यालेन्ट शो सम्पन्न (फोटो फिचर)

‘मिस नेपाल आईडल २०१८’ का प्रतियोगीले देखाए प्रतिभा (फोटो फिचर)

रामचन्द्रलाई उज्यालोले धोका दिएपछि…(भिडियोसहित)

मिसेस तामाङ्गको सक्सेस पार्टीमा कानून,न्याय तथा ससंदीय व्यबस्था मन्त्री शेर बहादुर तामाङ्गबाट विजेतालाई प्रमाण पत्र वितरण