19 Mar 2018 06:03:12 PM | No Comments
सार्क सीसीआई र ग्लोकलले युवाहरूलाई उद्यमशीलता र शिक्षामा अवसर प्रदान गर्न एमओयु हस्ताक्षर गरेका छन् । सार्क वाणिज्य र उद्योग च्याम्बर द्वारा आयोजित सार्क बिजनेस लीडर कन्कक्लेभ २०१८ को अवसरमा उक्त हस्ताक्षर गरिएको हो । साझा सहयोग पुर्याउने उदेश्यले गरिएको हस्ताक्षरमा सार्क सीसीआईका अध्यक्ष श्री सुरज वैद्य र ग्लोकल प्राइभेट लिमिटेडका कार्यकारी निदेशक श्री आशिष ठाकुरले आईतबार हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार दुवै पक्षले सार्क देशहरुमा रहेका किशोर किशोरीलाई ग्लोकल टीन हिरो प्लेटफार्म प्रदान गर्ने र ग्लोकल टीन हिरो सार्क रास्ट्रहरुमा लैजाने बारे सम्झौता भएको हो ।
ग्लोकल प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक आशिष ठाकुरले सम्झौताले थप बल र सशक्तिकरण प्रदान गर्ने बताए । ग्लोकल प्राइभेट लिमिटेडले बिभिन्न कार्यक्रमहरुबाट युवाहरुमा उधमशिलताको बिकास गर्दै आएको छ ।
कार्यक्रममा वाणिज्य तथा आपूर्ति मंत्री मात्रिका यादव, अफगानिस्तानका वाणिज्य तथा उद्योग मंत्री हुमयुं रश्वा, भुटानको आर्थिक मामला मंत्री ल्योन्पो लेके दोर्जेको उपस्थिति रहेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा
गायिका सारिका र योगेशले नचाए भारतको कालेबुङवासीलाई
ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ
विश्वकप पछि क्रिस गेलकाे सन्यास
सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी
श्रीमनबिरुद्ध जवरजस्ती करणीको मुद्दा
डीपीएल क्रिकेटलाई खराब मौसम धुलाम्य र हिलाम्य मैदान
कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन
निर्देशक नव ढुंगेलको भिडियोमा रीमा
नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने