सन्दिपले दिल्लीकाे फस्ट ११ मा परेर अाइपीएल खेल्न पाउँलान् ?

Loading...

दिल्लीले बोली लगाएपछि १७ वर्षे सन्दिप आईपीएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर बनेका छन् तर  उनी फस्ट ११ मा परेर खेल्न पाउँछन्  कि पाउदैनन् भन्ने सबैकाे चासाेकाे बिषय बनेकाे छ । जर्सी सार्वजनिक कार्यक्रममा पनि सन्दिप र दिल्लीका सीईओले तर्फ सबैकाे ध्यानाकर्षण भएकाे थियाे ।आईपीएलको अक्सनमा दिल्ली डेयरडेभिल्सले सन्दिपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो । उनी आइपीएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् ।दिल्ली डेडरडेभिल्समा सन्दिपले एक नम्बरको जर्सी लगाउनेछन् । यो उनी आफैंले रोजेको नम्बर हो ।

सन्दिप भन्छन्, ‘हरेक खेलाडीको चाहना हुन्छ कि मैले खेले पनि नखेले पनि टिमले जित्नुपर्छ । मैले मौका पाएँ भने त्यो राम्रो हुन्छ ।’दिल्लीका सीईओ डुआले सन्दिपलाई लिएर नेपालीहरू उत्साहित भएकाे जानकारी दिएका थिए ।

२७ तारिखबाट दिल्लीको क्याम्प सुरु हुनेछ र सन्दिपले अभ्यास खेलहरु खेल्न पाउनेछन् । उनले अघि भने, ‘त्यहाँ राम्रो गर्न सक्यो भने नखेल्ने भन्ने छैन । तर, मुख्य कुरा टिमको जित हो ।’साथै कसलाई खेलाउने भन्ने निर्णय प्रशिक्षक र कप्तानले गर्ने भएकाले आफूले भन्न नमिल्ने उनले बताए । दिल्लीमा उनले धेरै सिनियर खेलाडीहरुसँग काँधमा काँध जोडेर खेल्ने मौका पाउनेछन् । यसबाट पनि उनले धेरै कुरा सिक्न सक्छन् ।

आईपीएल टिम दिल्ली डेडरडेभिल्सले काठमाडौं आएर सन्दिप लामिछानेको जर्सी सार्वजनिक गरेको छ ।राखेप सदस्य सचिव केशव विष्टको उपस्थितिमा दिल्लीका सीईओ हेमन्त डुआले जर्सी हस्तान्तरण गरका थिए ।सीईओ डुआका अनुसार दिल्ली डेडरडेभिल्सले झण्डै एक वर्षदेखि सन्दिपलाई पछ्याइरहेको थियो ।

 

डुआले भने टिमका प्रशिक्षक रिकी पोन्टिङका साथै गौतम गाम्भीरले  सन्दिपकाे बलिङ भिडियाे मनपराएरै  उनलाई टिममा आवद्ध गर्ने निर्णय गरेका हाैँ ।सन्दिप नेपालको २५ नम्बरको जर्सी लगाउँछन् । यो उनले आफ्नो भान्जीको जन्मदिन हो र उनलार्इ डेडिकेट गरेर २५  नम्बर रोजेका थिए । दिल्लीमा पनि उनले त्यही नम्बर चाहेका थिए ।तर त्याे नं भने अर्काे खेलाडी रवडाले लिइसकेका  थिए ।

Loading...

Similar Posts :


5

महिला साफ च्याम्पियनसिप फाइनल : नेपाल भारतसँग ३–१ ले पराजित

 पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको छ । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनसहित भारतले २ गोलगरेपछि नेपालले चौथो पटक...

श्रीलंकालार्इ हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा

श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित...

टी–२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक

सिंगापुरमा हुने आईसीसी टी–२० विश्वकपको एसिया छनोटको फाइनल राउण्डको खेल तालिका सार्वजनिक भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको एसिया छनोटको अन्तिम...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह ‘ए’ विजेता बनेको छ । नेपाल र बंगलादेश समूहको अन्तिम खेलअघि...

अष्ट्रेलिया भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा ८ रनले पराजीत

मंगलबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई आठ रनले हराउँदै दाेस्राे एकिदविसय खेलमा विजयी भएकाे छ । कुनै बेला जीत नजिक पुगेको अष्ट्रेलियालाई रोक्दै भारतले...

उदीयमान बर्ष खेलाडीेबने क्रिकेटर रोहितकुमार पौडेल

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रदान गर्ने ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ को वर्षको उदीयमान खेलाडीे अवार्ड रोहितकुमार पौडेलले हात पारेका छन् । सिप्यानले आज राजधानिमा...
Loading...

नायब सुब्बा फुयाँल ६० हजार घुस सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु...

महिला साफ च्याम्पियनसिप फाइनल : नेपाल भारतसँग ३–१ ले पराजित

 पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको छ ।...

श्रीलंकालार्इ हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा

श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ...

नायब सुब्बा फुयाँल ६० हजार घुस सहित पक्राउ

महिला साफ च्याम्पियनसिप फाइनल : नेपाल भारतसँग ३–१ ले पराजित

श्रीलंकालार्इ हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा

टी–२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली