कोरियन भाषा परीक्षाको फारम भर्ने युवाहरूमा उत्साह कम बाध्यता धेरै

Loading...

पहिले फारम भरेर बुझाउनेहरुको परीक्षा पनि चाँडो हुने र पास भएमा छिटो जान पाइने भन्दै  कोरियन भाषा परीक्षाको शुल्क बुझाउन  ग्लोबल आइएमई बैंकको शाखा कार्यालयमा लाइन लाग्ने युवाहरूले अाफ्नाे भविष्य नेपालमा  सुिनश्चित नभएकाले दुःख गरेरै भएपनि विदेश जानुकाे बिकल्प नभएकाे बताएका छन् ।

फारम भरेर पैसा बुझाउन लाम्बद्ध युवाहरूमा उत्साह कम र बाध्यता छर्लङ्गै देखिन्थ्याे । उनीहरू यसरी राज्य बिकास गतिमा अघि बढ्न नसक्दा बराेजगार हुनुपरेकाे र अाफूहरू बिदेश जान बाध्य भएकाे बताए ।‘चाँडो फारम भर्दा परीक्षा पनि चाँडो हुन्छ, अनि पास भए पहिलो लटमै जान पाइन्छ भन्ने सुनेर रातिदेखि नै लाइन बसेको हो’ एक युवाले यस्ताे भने ।

बैंकमा पहिले पैसा बुझाएर त्यसकै भौचर नम्वर अनलाइन फारम भर्दा चाहिने भएपछि पहिले नै युवाहरु बैंकका शाखामा लाइन लाग्न थालेका हुन्। परीक्षा शुल्क २४ अमेरिकी डलर अर्थात करिब २५१० रुपैयाँ तोकिएको छ।

ग्लोबल आइएमई मात्रै नभई अरु बैंकहरुबाट पनि शुल्क लिएको भए सास्ती कम हुने लामबद्ध युवाहरुको बुझाई छ।इपिएस कोरिया शाखाले भने आफूहरुको ‘डलर खाता’ ग्लोबल आइमई बैंकमा भएकाले यही बैंकमार्फत शुल्क लिइएको जनाएको छ। ‘शुल्क डलरमा भुक्तानी हुन्छ, हाम्रो डलर भुक्तानी खाता यही बैंकमा छ, यस्तो खाता धेरै बैंकमा खोलीरहनुपर्ने पनि होइन’ शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले भने ‘त्यसकारण यो बैंकमार्फत नै शुल्क लिइएको हो।’

बैंकका ११८ शाखाहरुबाट छुट्टै काउन्टरहरु राखेर शुल्क लिइएकाले कुनै असहजता नरहेको उनले दावी गरे। पहिलो दिन नै फारम भर्नुपर्ने सोचका कारण पहिलो दिन भीड देखिएको उनले बताए। यदी अन्तिम दिनसम्म यस्तै भीड रहे, आगामी वर्षहरुमा अन्य बैंकमार्फत पनि आवेदन लिन सकिनेगरी इपिएस शाखा अघि बढ्ने उनले जानकारी दिए।

‘पहिले ४ दिन मात्रै फारम भर्ने अवधि हुन्थ्यो, अहिले १० दिन छ, आत्तिनुपर्ने कारण नै छैन’ भण्डारीले भने ‘पहिले १० ठाउँबाट आवेदन लिने गरेकोमा अहिले ११८ ठाउँबाट शुल्क बुझाउन पाइन्छ।’

पहिलेजस्तो ४ दिनभित्रै आवेदन बुझाउनुपर्छ भन्ने सोचका कारण पनि युवाहरुमा हतारोपन देखिएको उनले बताए। भण्डारीका अनुसार पहिलो दिन मात्रै ३० हजार ४ सयले शुल्क बुझाएका छन्। दोस्रो दिन पनि सोही संख्यामा आवेदन पर्ने उनको अनुमान छ।

ग्लोबल आइएमई बैंकले पनि कोरियन भाषाको परीक्षा शुल्कका लागि छुट्टै काउन्टर राखेर व्यवस्थित गरिएको दावी गरेको छ। मिडिया एण्ड मार्केटिङ टिपार्टका अधिकृत प्रशान्त न्यौपानेले कोरियन भाषाका लागि कर्मचारीहरु थप गरेर छुट्टै काउन्टरहरु राखिएको बताए।

‘धेरै युवाहरुलाई १० दिनको अवधि छ, भन्ने कुरा थाहा नभएर पनि हुन सक्छ, पहिलो दिन नै सबै आत्तिएकाले भीड देखिएको हो’ उनले भने। चैत १८ गतेसम्म फारम भर्न पाइने इपिएस शाखाले जनाएको छ।

पहिलो दिनभन्दा दोस्रो दिन भीड केही घटेको उल्लेख गर्दै न्यौपानेले ३/४ दिनपछि यी काउन्टर नै खाली हुने दावी गरे।  परीक्षार्थीहरुमा पहिलो दिन फारम भर्दा पहिलो सिफ्टमै परीक्षा पर्ने र सो सिफ्टमा प्रश्नपत्र पनि सजिलो पर्ने मान्यता रहँदै आएको पाइन्छ। ‘दुई दिन दुई दुई सिफ्टमा परीक्षा हुन्छ, पहिलो सिफ्टमा परेमा प्रश्नपत्र पनि सजिलो हुन्छ’ आलेले भने।

जेठ २६ र २७ गते भाषा परीक्षा हुँदैछ। परीक्षाका लागि आवेदकले काठमाडौं वा पोखरा केन्द्र छनौट गर्न पाउने छन्। यसको रिजल्ट २०७५ असार १६ सार्वजनिक गरिने इपिएस शाखाले जनाएको छ।

शाखाका अनुसार उत्पादनमूलकतर्फ ४ हजार ८ सय र कृषितर्फ २ हजार ३ सय गरी ७ हजार १ सय जना परीक्षाबाट उत्र्तिर्ण हुने छन्।

Loading...

Similar Posts :


21

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १०...

भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) अवमूल्यन भएसंगै  यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पनि परेको छ । भारु १ सयबराबर नेपाली मुद्रा...

सबै श्रमिकले पेन्सन पाउनुपर्छः अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले संचय कोषको ५७ औँ वार्षिकोत्सव कार्यक्रमलाइृ सम्बोधन गर्दे देशभित्रको श्रमबजारमा रहेका सबै प्रकारका श्रमिकलाई सामजिक सुरक्षाको प्रत्याभुति हुनुपर्ने बताएका छन्।खतिवडाले सरकारले सबै श्रमिकलाई पेन्सनको...

यामाहाले ल्यायाे दसै अफर ‘विजय यात्रा’

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले महान चाड दसैं र तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ ।  ‘विजय...

पुनर्निर्माण प्राधिकरणमा सुशील ज्ञवाली

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुन प्राधिकरणको सीईओमा नियुक्त...

दशैंअघि बैंकको ब्याजदर नघट्ने

उद्योगी व्यवसायीबाट वाणिज्य बैंकहरुले लिँदै आएको कर्जाको ब्याजदर घटाउनुपर्ने  माग गर्दै आए पनि दशै अघि सम्म व्याजदर नघट्ने पक्का भएकाे छ । अहिले बैंकहरुले ११...
Loading...

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था...

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु

ईभेन्ट आयोजकको रुपमा समेत ख्याति कमाउदै चर्चित फेशन डिजाईनर ममथा बस्नेत

विजया दशमीको अवसर पारेर ‘छोरी नम्वर वन’ भन्दै आइन गायिका सविना श्रेष्ठ (भिडियो सहित)

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको  ५८ बर्षको उमेरमा आज असमायीक निधन

अभूतपूर्व परिकल्पनामा नमूनाको ग्राजुएसन फेसन शो

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे