बजार निरन्तर ओरालो लाग्दा पनि सरकार मूकदर्शक बनेको लगानीकर्ताले आरोप

Loading...

वाम गठबन्धनको नयाँ सरकार गठन भएसँगै नेपाली पुँजी बजार निरन्तर ओरालो लागेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दिन नेप्से परिसूचक ३६ अंकले बढेको थियो। उक्त दिन १ हजार ४ सय २४ बिन्दुमा रहेको परिसूचक बिहीबार (चैत ८) गतेसम्म आइपुग्दा १ हजार २ सय २० बिन्दुमा आइपुगेको छ।

राजनीतिक घटनाक्रमको प्रत्यक्ष प्रभाव नेपाली पुँजी बजारमा पर्ने गरेको छ। नकारात्मक गतिमा रहेको नेप्से परिसूचक डा युवराज खतिवडा अर्थमन्त्री नियुक्त भएसँगै झनै नकारात्मक बन्दै गएको छ। जसका कारण आम लगानीकर्ताले करोडौं रुपैयाँ गुमाएका छन्। विगतमा २१ खर्बसम्म पुँजीकृत भएको सेयर बजारमा बिहीबारसम्ममा आइपुग्दा पुँजीकृत पुँजी १४ खर्ब रुपैयाँमा झरेको छ।

यस्तो अवस्थामा सेयर बेच्नभन्दा किन्नतिर लगानीकर्ता लाग्नुपर्ने सेयर जानकारले बताएका छन्। अहिले बजारमा केही कम्पनीको सेयर मूल्य आइपिओभन्दा कम मूल्यमा रहेका छन् भने कतिपयको मूल्य आइपिओको नजिक छन्।

म्युचुअल फन्डको सेयर मूल्य आइपिओ मूल्यभन्दा कम

सेयर बजारमा कम जोखिम लिन चाहने साना लगानीकर्ताको आकर्षणमा रहेको सामूहिक लगानी कोष (म्युचुअल फन्ड)को सेयर मूल्य पछिल्लो समय आइपिओको मूल्यभन्दा कम छ।

तीन वाणिज्य बैंकको सेयर मूल्य २ सयभन्दा कम

२ सयभन्दा कम सेयर मूल्य भएका विकास बैंक

आधाभन्दा बढी जलविद्युत् कम्पनीको सेयर मूल्य २ सयभन्दा कम

नियामक निकाय मौन बसेको लगानीकर्ताको आरोप

बजार निरन्तर ओरालो लाग्दा पनि सरकार मूकदर्शक बनेको लगानीकर्ताले आरोप लागाएका छन्। आइतबार विज्ञप्ति जारी गर्दै सेयर लगानीकर्ताहरुको संगठन सेयर लगानीकर्ता संघ नेपालले बजार घट्दा पनि नियामक निकाय मूकदर्शक बनेको टिप्पणी गरेको छ।

‘पुँजी बजारको नियामक निकाय अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्सेका प्रतिनिधिबाट कुनै प्रकारको प्रतिक्रिया नआउनु अत्यन्त दुःखद भएको छ’, विज्ञप्तिमा उल्लेख छ।

संघले पुँजीबजारको विकासमा आगामी दिनमा सरकारको योजना र धारणाहरु सार्वजनिक गर्न समेत संघले माग गरेको छ।

Loading...

Similar Posts :


21

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १०...

भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) अवमूल्यन भएसंगै  यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पनि परेको छ । भारु १ सयबराबर नेपाली मुद्रा...

सबै श्रमिकले पेन्सन पाउनुपर्छः अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले संचय कोषको ५७ औँ वार्षिकोत्सव कार्यक्रमलाइृ सम्बोधन गर्दे देशभित्रको श्रमबजारमा रहेका सबै प्रकारका श्रमिकलाई सामजिक सुरक्षाको प्रत्याभुति हुनुपर्ने बताएका छन्।खतिवडाले सरकारले सबै श्रमिकलाई पेन्सनको...

यामाहाले ल्यायाे दसै अफर ‘विजय यात्रा’

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले महान चाड दसैं र तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ ।  ‘विजय...

पुनर्निर्माण प्राधिकरणमा सुशील ज्ञवाली

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुन प्राधिकरणको सीईओमा नियुक्त...

दशैंअघि बैंकको ब्याजदर नघट्ने

उद्योगी व्यवसायीबाट वाणिज्य बैंकहरुले लिँदै आएको कर्जाको ब्याजदर घटाउनुपर्ने  माग गर्दै आए पनि दशै अघि सम्म व्याजदर नघट्ने पक्का भएकाे छ । अहिले बैंकहरुले ११...
Loading...

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था...

शिव पगेंनीले हात पारे सर्वोत्कृष्ट छायांकारको अवार्ड

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु

ईभेन्ट आयोजकको रुपमा समेत ख्याति कमाउदै चर्चित फेशन डिजाईनर ममथा बस्नेत

विजया दशमीको अवसर पारेर ‘छोरी नम्वर वन’ भन्दै आइन गायिका सविना श्रेष्ठ (भिडियो सहित)

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको  ५८ बर्षको उमेरमा आज असमायीक निधन

अभूतपूर्व परिकल्पनामा नमूनाको ग्राजुएसन फेसन शो