विद्यालय सञ्चालकहरुले डरत्रासका कारण विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ

Loading...

शूल्क निर्धारण जस्ता विषय सेवा सर्तका आधारमा लिने भएकाले खुला रुपमा शूल्क लिने र राज्यको नियम अनुसार चल्नुपर्ने भएकाले संगठनले भन्दा राज्यले यसालाई हेर्नु पर्छ ।विद्यालय सञ्चालकहरुले डरत्रासका कारण विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ ।

शैक्षिक क्षेत्रमा विभिन्न राजनीतिक संगठनहरुले अनेक थरि वहानाबाजी गर्दै बन्द हड्ताल गर्ने गरेका छन् अनि सञ्चालकहरुले पनि सहज रुपमा विद्यालय बन्द गर्ने गरेका छन् के भन्नुहुन्छ ?
विद्यार्थी संगठनहरु बन्दहड्ताल गर्नका लागि नभई विद्यार्थीको हक हितका लागि लड्ने संगठन हुन् त्यसैले यिनिहरुले यस्ता गतिविधी गरेको सोभनिय देखिदैन ।पछौटेपनको देओतक बन्नुहँुदैन ।आफ्ना मागहरु राख्ने अन्य माध्यमहरुको प्रयोग गर्नु पर्छ । राजनीतिक दलले आफ्ना संगठनलाई यस्ता काम गर्न प्रति रोक लगाउनु पर्छ । विद्यालय सञ्चाहरुले डरत्रासका कारण विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ ।विद्यालय व्यवस्थापनले सुरक्षाको कारणले गर्दा विद्यालय बन्द गर्नुको विकल्प छैन ।नीजी विद्यालयमा लगानी गरेपछी त्यसबाट निश्चित मुनाफा खोज्नु स्वभाविक हो ,राज्यको नियम कानुनलाई पालना गरेर अघि बढ्दा पनि नाफाखोर भन्ने र अनावश्यक झमेलामा पार्ने काम गर्नुहुँदैन ।
विद्यार्थी भर्नाको समय नजीकिदै गर्दा विद्यार्थी संगठनले निजी विद्यालय बन्द गर्ने गरेका छन् यसको मतलब संगठनहरुले चन्दाको धन्दा गर्न खोजेका हुन् ?
अराजग गतिविधी बन्द,हडताल ,तोडफोड गर्ने आनि सहयोग गर्न बाध्य पार्ने , भर्नाको बेलामा विद्यार्थीका आवाज उठाउने त्यसपछि चन्दा संकलन गर्ने अनि चुप लागेर बस्ने गर्दा विद्यार्थी राजनीतिमाथी प्रश्न उठेको छ । शूल्क निर्धारण जस्ता विषय सेवा सर्तका आधारमा लिने भएकाले खुला रुपमा शूल्क लिने र राज्यको नियम अनुसार चल्नुपर्ने भएकाले संगठनले भन्दा राज्यले यसालाई हेर्नु पर्छ ।१८ प्रतिशत निजीको लगानी भएको संस्थामा राज्य र राजनीतिक दलले सामुदायीक विद्यालयको गुणस्तरमा वृद्धि गर्न तर्फ ध्यान दिदैनन् र आफ्नो लाभका लागि निजी शिक्षण संस्थामा क्रियाशिल हुन्छन् । चन्दा सहयोग केका लागि हो त्यो स्पष्ट खुलाउनुपर्छ । सामाजीक कार्यका लागि गरिने सकारात्मक कामका लागि सहयोग गर्नु आफैमा नराम्रो होइन तर बलजफति चन्दा माग्नेका विरुद्ध सबै निजी शिक्षण संस्था सञ्चालकहरु एकजुट हुनुपर्छ ।डरका कारणले चन्दाको धन्दा फस्टाउन दिनु हुँदैन ।
नेपालको शिक्षाको संरचना परिवर्तन भएसंगै नीजी शिक्षण संस्थालाई कुन निकायले नियमन गर्नुपर्छ जस्तो लाग्छ ?
शिक्षाको केन्द्रिय निकाय शिक्षा विभाग नहुने भएपछि अहिले कक्षा १२ सम्म स्थानिय निकायलाई दिएपनि स्नानिय निकायलाई सक्षक बनाउन सकेको अवस्था छैन ।प्रदेशमा कर्मचारी व्यवस्थापनका समस्या भएका छन् त्यस्तो समस्या हुनुहँुदैन ।कर्मचारीलाई राज्यको तल्लो निकाय सम्म परिचालन गर्नुपर्छ ।स्थानिय निकाय भित्र शिक्षाको संरचना विस्तार गरी जीम्मेवारी बाडफाड गर्न सक्नुपर्छ ।शिक्षा सम्बन्धी ज्ञान भएका दक्ष व्यक्तीहरुलाई नियम कानुन बनाएर अगाडि बढाउनुपर्छ ।स्थानिय संरचनाको विकास ,पाठ्यक्रमको विकास गर्दै स्थानिय निकायलाई सक्षम गराएर मात्र कार्यक्रम अगाडि बढाउनुपर्छ ।नीजी शिक्षण संस्थालाई स्थानिय सरकार सक्षम भएको खण्डमा उसले नै नियमन गर्न सक्छ ।तर त्यहाँ आवश्यक ज्ञान भएका विज्ञहरुको भने आवश्यकता छ ।
तपाई उच्च शिक्षालय तथा माध्यमीक विद्यालय संघ हिसानको अध्यक्ष पनि हुनुहुन्छ ,विद्यार्थी एवं अभिभावकलाई समग्र विद्यालयको प्रतिनिधित्व गर्दै कुन विषय र कस्तो विद्यालय रोज्न सल्लाह दिनुहुन्छ ?
विद्यार्थीले आफ्नो रुचि, योग्यता र समयले आफूले कुन विषय पढ्ने भन्ने निर्णय गर्नुपर्छ ।आफूले पढेको विषयले भविष्य के हुन्छ ? यो विषय अध्ययन पश्चात दक्षता हासिल गर्न सकिन्छ कि सकिदैन ?विश्वविद्यालय शिक्षामा आफूले राम्रो नतिजा ल्याउन सक्कु कि सक्दिन भन्ने विचार गर्नुपर्छ । कक्षा दश उत्तिर्ण गरेका विद्यार्थीलाई कक्षा एघार पढ्ने, सिटिईभिटिको तिनबर्षे प्राविधिक कोर्ष पढ्ने,विदेशी विश्वविद्यालयको एलेभल पढ्ने वा भारतिय वोर्डका विषयहरु पढ्ने विकल्पहरु हुन्छन् ।विद्यार्थीले सबैभन्दा पहिले ध्यान दिनुपर्ने कुरा भनेको आफूले रोज्ने संकाय नै हो ।त्यसपछि कुन सिस्टममा रहेको कुन कलेज पढ्ने भन्ने विषयमा सोच्नु उपयुक्त हुन्छ ।आफूले अध्ययन गर्ने कलेज छनोट गर्दा उक्त कलेज कस्ले खोलेको हो ?कुन उद्देश्यले खोलेको हो ? फ्यागल्टि मेम्बर कस्ता छन् ?दिर्घकालिन उद्देश्य छ कि छैन ?विद्यालयको व्यवस्थापन कस्तो छ भन्ने ध्यान दिनुपर्छ ।विद्यार्थी मैत्री वातावरण संगै भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर ,प्रयोशाला, पुस्तकालय,यातायातको व्यवस्था,त्यहाँका उत्पादनले विश्वविद्यालयको छात्रवृत्ति कोटामा भर्ना पाउन सफल भएका छन् कि छैनन् जस्ता कुरा महत्वपूर्ण हुन्छन् ।विद्यार्थीको क्षमतालाई मध्यनजर गर्दै अवसर र हौसला प्रदान गर्न सक्ने विद्यालय नै राम्रो विद्यालय हो ।विद्यालय छनोट गर्दा विद्यालयको राष्ट्रिय परिक्षावोर्डले लिने परिक्षामा आएको नतिजाले पनि विद्यालयको गुणस्तरको वारेमा थाहा हुन्छ । आफूले रोज्ने विद्यालयमा त्यहाँ कुन तह सम्म अध्ययन अध्यापन हुन्छ भन्ने कुरा ख्याल गर्नु पर्छ ।

Loading...

Similar Posts :


25

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी  शैक्षिक परामर्ष प्रदान गर्दै आईरहेको ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने संकेत मिलेपछि त्यस क्षेत्रमा...

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित गरिएको छ। चिकित्सा शिक्षा विधेयक माथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११...
Loading...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...