अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तलीले पाए जग्गा

Loading...

भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।महानगरले सोमबार पत्रकार सम्मेलन गरेर रंगशाला बनाउन जग्गा दिनुका साथै आर्थिक र भौतिक सहयोग गर्न तयार रहेकेा बताएको छ ।

 

मेयर रेनु दाहालले चितवन देशकै मध्यभाग भएको र चितवन पायक पर्ने ठाँउ रहेको भन्दैं धुर्मस सुन्तली फाण्डेशनलाई स्टेडियम निर्माणका लागि जग्गा दिने घोषणा गरिन । ‘उहाँहरुलाई चितवनमा आहृवान गर्छु’ मेयर दाहालले भनिन्, ‘हामीसँग प्रयाप्त समथर जग्गा छ, महानगरले सवै खाले सहयोग गर्छ ।’

भरतपुर महानगरपालिका वडा नः २० मा रहेको चित्रवन रंगशाला निर्माण गर्ने स्थल धुर्मस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराउने मेयर दाहालले जानकारी दिइन् । महानगरका तर्फबाट सोमबार नै धुर्मस सुन्तली फाण्डेशनलाई पत्र लेख्ने र दिउँसो बस्ने बोर्ड बैठकले अनुमोदन गर्ने तयारी महानगरले गरेको छ ।

चित्रवन रंगशाला निर्माण स्थलमा १० विगाहा जग्गा छ । थप अन्य जग्गा समेत उपलब्ध गराउन सकिने महानगरले जनाएको छ ।तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन प्याकेजअन्तर्गत गत बर्ष ५० लाख रकम रंगशाला निर्माणमा विनियोजन गरेका थिए । तर, १९ लाख ३० हजार मात्रै खर्च भएको छ । बाँकी रकम फि्रज भयो । चित्रवनको खाली १ सय ७० विगाहा जग्गा मध्ये १० विगाहा रंगशाला निर्माणका लागि छुट्याइएको हो ।

भरतपुर महानगरले चालु बर्षको बजेटमा रंगशाला निर्माणका लागि भन्दै एक करोड रकम विनियोजन गरेको छ । सो रकमबाटै काम सुरुवात गराउन सकिने महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीले जानकारी दिए ।

Loading...

Similar Posts :


5

डीपीएल क्रिकेटमा काठमाडौं गोल्डेन्स फाइनलमा, धनगढीसँग भिड्ने

काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई हराउँदै रुस्लान धनगढी प्रमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंले महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै फाइनल प्रवेश गरेको हो ।...

डीपीएलमा रुपन्देहीलार्इ महेन्द्रनगरले ४ विकेटले हरायाे

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत बिहीबारको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सलाई महेन्द्रनगर युनाइटेडले ४ विकेटले हराएको छ । संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा भएको...

अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तलीले पाए जग्गा

भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।महानगरले सोमबार पत्रकार सम्मेलन गरेर रंगशाला बनाउन जग्गा दिनुका...

सन्दिप लामिछाने अार्इपीएल खेल्न मंगलबार दिल्ली जादैँ

नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आपीएललाई लिएर आफू उत्साहित रहेको बताएका छन् । आईपीएलको तयारीका लागि भोलि दिल्ली जाँदैछन् । सोमबार पत्रकार सम्मेलन गरेर १७...

सन्दिपले दिल्लीकाे फस्ट ११ मा परेर अाइपीएल खेल्न पाउँलान् ?

दिल्लीले बोली लगाएपछि १७ वर्षे सन्दिप आईपीएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर बनेका छन् तर  उनी फस्ट ११ मा परेर खेल्न पाउँछन्  कि पाउदैनन्...

ओडीआई मान्यता पाएको नेपाली क्रिकेट ! हेर्नुहाेस् विगत, बर्तमान र भबिष्य

जिम्बाम्बेमा जारी आईसीसी विश्वकप छनोटको सातौं स्थानका लागि आज नेपालले नेदरल्याण्ड्सको सामना गर्दैछ। एकदिवसीय मान्यता पाएपछि नेपाली टोली उत्साहित छ भने प्रतियोगितामा खराव लयमा...
Loading...

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी...