सरकारले सबै गाउपालिकामा एकीकृत सम्पत्ति कर लागु गर्ने

Loading...

आगामी साउन १ गतेदेखि घर, जग्गा, मालपोत, भूमि लगायत नाममा छुट्टाछुट्टै कर बुझाउनु नपर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई साउन १ देखि एकीकृत सम्पत्ति कर लिने गरी कानुन बनाउन पत्राचार गरेको छ ।‘एकीकृत सम्पत्ति करको नमुना कार्यविधि बनाएर स्थानीय तहलाई पठाएका छौं,’ मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले भने । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा २०७५ साउन १ देखि घरजग्गा कर लिन नपाउने उल्लेख छ । घरजग्गा, मालपोत, भूमिलगायत नाममा कर उठाउँदै आएका स्थानीय तहले अब एकीकृत सम्पत्ति कर मात्रै उठाउन पाउनेछन् ।

 ‘एकीकृत सम्पत्ति करमा एकरूपता होस् भनेर मन्त्रालयले नमुना कार्यविधि बनाएर सार्वजनिक गरेको हो,’ उनले भने । यसअघि नगरपालिकाले मात्रै यस्ता कर लिँदै आएकामा साउन १ गतेदेखि गाउँपालिकाले पनि कर संकलन गर्नेछन् । तामाङले भने, ‘कर उठाउने कानुन साउनअघि नै बनाउनुपर्ने भएकाले मन्त्रालयले समन्वय गरेको हो ।’
एकीकृत सम्पत्ति कर कार्यान्वयनमा ल्याउन सोमबार मन्त्रीस्तरीय बैठकले कार्यविधि स्वीकृत गरेको हो । कार्यविधि मन्त्रालयले वेबसाइटमार्फत सोमबारै सार्वजनिक गरेको छ । ‘त्यही नमुना कार्यविधिअनुसार स्थानीय तहले आफ्नो नगरपालिका र गाउँपालिकामा लागू हुने एकीकृत सम्पत्ति कर उठाउने कानुन बनाउनुपर्नेछ,’ उनले भने ।
कानुन बनेपछि प्रत्येक स्थानीय सरकारले आफ्नो सीमाक्षेत्रमा बसोबास गर्ने व्यक्तिसँग एकीकृत सम्पत्ति कर उठाउन सक्नेछन् । करको दररेट र छुट दिन सक्ने प्रावधानको अधिकार सम्बन्धित स्थानीय तहलाई दिइएको छ । संविधानमै व्यक्तिबाट उठाउने करलाई एकीकृत सम्पत्ति करको दायरामा ल्याउने भनिएको छ ।
विगतमा एकीकृत सम्पत्ति कर वा घरजग्गा करमध्ये कुनै एक कर मात्रै लगाउन पाइने कानुनी व्यवस्था थियो । काठमाडौं उपत्यकाभित्रका नगरपालिका, तराईका केहीबाहेक ४८ नगरपालिकाले एकीकृत सम्पत्ति कर उठाउँदै आएका थिए । यस्तै प्रकृतिको कर मुलुकभरका स्थानीय तहले साउन १ देखि उठाउन पाउनेछन् । काठमाडौंलगायत १० नगरपालिकाले घरजग्गा कर लिँदै आएका थिए । घरजग्गा कर लिँदै आएका र कुनै पनि कर नलिएका स्थानीय तहले पनि अब एकीकृत सम्पत्ति कर लिनुपर्नेछ । स्थानीय सरकार सञ्चालनमा सम्पत्तिमा आधारित करको दायित्व बढी भएकाले कानुन बनाएर कार्यान्वयनमा ल्याउन मन्त्रालयले सुझाव दिएको छ ।
कार्यविधिमा सम्पत्ति मूल्यांकन समिति गठन, विवरण संकलन, मूल्यांकन प्रक्रिया, कर निर्धारण र असुली, कर छुट, दण्ड र पुरस्कारजस्ता एकीकृत सम्पत्ति कर कार्यान्वयनसँग सम्बन्धित विषय समावेश गरिएको छ । स्थानीय तहलाई स्रोतसाधन सम्पन्न बनाउन उक्त करलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने मन्त्रालयका अधिकारीको भनाइ छ ।
Loading...

Similar Posts :


21

वैशाखसम्म पाइपलाइनबाटै तेल आपूर्ति

अमलेखगञ्ज-रक्सौल पेट्रोलियम पाइपलाइनको पाइप बिछ्याउने काम सकिए संगै बैशाख सम्ममा पाइपलाइन मार्फत तेल ल्याइने नेपाल आयल निगमले जनाएको छ । निगमले परवानीपुर खण्डमा सडकपेटी...

५ महिनामा ८९ अर्बको कृषि वस्तु आयात

मुलुकले पछिल्लो पाँच महिनामा ८९ अर्ब रुपैयाँ बराबरको कृषिवस्तु भित्र्याएको छ । एकातिर खेतीपातीका लागि सिँचाइ, मलबीउ, यन्त्रलगायत बजारीकरणको अभाव अर्कोतिर उपभोक्ताको उच्च मागका कारण...

मेलम्चीको काम अवरुद्ध पार्नेहरुमाथी कारबाहीको माग

प्रतिनिधिसभाका सांसदहरुले मेलम्ची खानेपानी आयोजनाको काम अवरुद्ध पार्नेहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन । संघीय संसदको विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा...

सुष्मा महरा काठमाडौं मलको समस्या समन्वय समितिको सभापतिमा चयन

काठमाण्डौं – काठमाडौं मलको समस्या समन्वय समितिको सभापतिमा सुष्मा महरा चयन भएकी छन् । काठमाण्डौंमलको जिम्मा लिएका राजु गोरखालीलाई सञ्चयकोषले हटाएपछि मलमा देखिएको समस्या...

नेपाल महिला चेम्बरमा उर्मिला श्रेष्ठ

नेपाल महिला चेम्बर र नेपाल चेम्बर अफ कमर्सले इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त हुनु भएकोमा बधाई ज्ञापन गरेको छ । नेपाल...

जापानले नेपाली कामदार लान औपचारीक ‘ड्राफ्ट’ पठायाे

जापान सरकारले कामदार लिने सम्बन्धमा नेपाल सरकारलाई औपचारीक ‘ड्राफ्ट’ पठाएको छ। उक्त ‘ड्राफ्ट’मा आवश्यक छलफल गरी निष्कर्ष निकाल्न पनि जापान सरकारले आग्रह गरेको छ।...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...