व्यापारी हाेइन सेवामुलक परामर्श व्यवसायीले इक्यानकाे नेतृत्व गर्नुपर्छ

Loading...

र्इ.स १९९८ देखी परामर्श व्यवसायमा प्रवेश गरी हालसम्म क्रियाशिल रहेका शैक्षिक परामर्श व्यवसायमा आफ्नो अलग पहिचान बनाउन सफल व्यवसायी हुन् भट्टराई ,उनले समग्र परामर्श व्यवसायमा सुधारका लागि स्थापना काल देखी नै आवाज उठाउँदै आएका छन् । राज्य पूर्नसंरचना भईसकेको अवस्थामा यो व्यवसायको पनि संरचनागत विस्तार आवश्यक रहेको छ । उनले समग्र व्यवसायीको मर्म भावनालाई अघि बढाउन सक्ने र भइपरेका समस्या समाधान गर्न सक्ने व्यक्तीले परामर्श व्यवसायीहरुको छाता संगठन मध्यकै समग्र व्यवसायीहरुको प्रतिनिधीमूलक साझा संघ इक्यानको नेतृत्व गर्नुपर्ने बताए ।उनले नेपालको समग्र शैक्षिक विकासका एवं सुधारका कार्यक्रमहरुमा विद्यार्थीकाल देखी नै प्रत्यक्ष सहभागीता जनाउदै आएका छन् ।उनले राजनीति सास्त्र र मानवसास्त्रबाट स्नातकोत्तर गरेका छन् ।उनै परामर्श व्यवसायी एवं विज्ञ पदम भट्टराई संग इक्यानको नजीकिएको निर्वाचन र समग्र परामर्श व्यवसायको विषयमा विचारखबर डटकमले गरेको कुराकानीको मूख्य अंस ।

तपाई लामो समयदेखी शैक्षिक परामर्श व्यवसायमा संलग्न हुनुहुन्छ ,समग्र परामर्श व्यवसायीको हितको लागि कस्तो व्यवक्तीले परामर्श व्यवसायीको प्रतिनिधी संस्था इक्यानको नेतृत्व गर्नुपर्छ जस्तो लाग्छ ?
नेपालमा परामर्श व्यवसाय केन्द्रित संस्थाहरुको तिनवटा छाता संगठन रहेका छन् जसमध्य इक्यान सबै भन्दा धेरै सदस्यहरु भएको संघ हो । यसले समग्र परामर्श व्यवसायीको प्रतिनिधीत्व गर्ने क्षमता राख्छ ।त्यसैले यसको नेतृत्व गर्ने व्यक्तीको ध्यान पूर्ण रुपमा परामर्श व्यवसाय केन्द्रित हुनुपर्छ । मौसमी खेति जस्तो गरेर व्यवसाय गर्ने र दलको राजनीति गर्न संघलाई भाडोको रुपमा प्रयोग गर्ने व्यवसायीले परामर्श व्यवसायीहरुको छाता संगठन इक्यानको नेतृत्व गर्न सक्दैन ।

यदी कसैले यस्तो गर्न खोज्यो भने यो संस्था माथी उठ्न सक्दैन । समग्र परामर्श व्यवसायलाई माथी उठाउन सक्ने राजनीतिक पूर्वाग्रहि सोच नभएको संस्थालाई माया गर्ने व्यक्तीले नै इक्यानको नेतृत्व गर्नुपर्छ ।इक्यानको नेतृत्व गर्न लामो समय देखी संघ भित्र क्रियाशिल रहेको र संस्थागत जिम्मेवारी सफल रुपमा निर्वाह गर्दै आएको पूर्णकालिन परामर्श व्यवसायीले नै व्यवसायीहरुको हितअनुकुल अघि बढ्दै संघको नेतृत्व गर्नसक्छ ।व्यवसायीलाई पर्ने समस्या समाधान गर्न सक्ने ,शिक्षाका उपल्ला निकाय संग योजना तर्जुमा गर्न र कार्यक्रम बनाउन पहल गर्न सक्ने परामर्श व्यवसाय सञ्चालन गरेको व्यक्ती मध्यबाटै उत्कृष्ट छवि बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय,कुटनीतिक नियोग संग समन्वय गर्न सक्ने नेतृत्वको आवश्यकता हो ।

उमेद्वारले इक्यानमा गरेको गतिविधी उसको पृष्ठभूमी,विगतका क्रियाकलाप र यसले प्रत्यक्ष व्यवसायीमा पारेको प्रभावका विषयमा पूर्वाग्रही सोच नराखी सम्पूर्ण साधारण सदस्यको हितका लागि लड्ने व्यक्तीगत लाभ नखोजी संघको क्रियाकलाप प्रति जवाफदेही हुने व्यवसायीले परामर्श व्यवसायीको प्रतिनिधी संस्था इक्यानको नेतृत्व गर्नुपर्छ ।
परामर्श व्यवसायीहरुलाई संगठित र मर्यादित बनाउन के कस्ता काम गर्नुपर्ने आवश्यकता छ ?अब आउने इक्यानको नयाँ नेतृत्वले के काम गर्नुपर्छ जस्तो लाग्छ ?
इक्यान हुनेखानेहरुको मात्र संघ होइन यसमा ठूलो लगानी गरेका र यो व्यवसायलाई नै आफ्नो भविष्य ठान्ने साना देखी ठूला व्यवसायीहरुलाई परेका समस्याको समाधान गर्न सक्ने नेतृत्वको आवश्यकता हो । यो व्यवसायलाई मर्यादित र व्यवस्थीत बनाउन सबै व्यसायीहरुलाई आचारसंहिता लागु गरी संघले नियमन गर्नुपर्छ ।गलत प्रवृत्तिलाई हाविहुन दिनुहुँदैन ।

बर्तमान कार्यसमितिले संघको हितका कामका लागि उचित निर्णय लिन नसकेको अवस्था छ त्यसैले अव आउने नेतृत्व भनेको संघको जिम्मेवारीलाई पूर्ण रुपमा बहन गर्न सक्ने किसिमको हुनुपर्छ ।इक्यान भित्र रहेका करीव चारसय व्यवसायीहरुको समान हैसियत हुनुपर्छ ।जसले गर्दा सबै साधारण सदस्यले संघको अपनत्व महसुस गर्न सक्छन् ।हाम्रो इक्यान राम्रो इक्यान, इक्यानको पहिचानमा गौरवगर्न सक्ने बनाउनु नयाँ नेतृत्वको जिम्मेवारी हो ।
बर्तमान संविधान बमोजीम राज्य पूर्नसम्रचना भएको अवस्थामा इक्यानलाई महासंघ ,काउन्सील या अन्य कुनै ढंगले परिमार्जन गरे समग्र परामर्श व्यवसायीको हितमा हुनेथियो जस्तो लाग्छ ?
बर्तमान संविधानले निर्देशित गरेबमोजिम संरचना तयार गर्ने विषयमा इक्यान पनि अछुतो रहन सक्दैन ।यसो भनिरहदा इक्यान महासंघमा जानुको औचित्य भने छैन ।सबैभन्दा पहिले इक्यानको केन्द्र र सात प्रदेशमा शाखा विस्तार गर्न भने जरुरी छ ।शैक्षिक सुचना र जानकारी संगै परामर्श लिन आउने अभिभावक र विद्यार्थीलाई प्रदेश स्तरबाटै सेवा उपलब्ध गराउन सक्नुपर्छ ।महासंघ बनाउने या काउन्सील खडा गर्ने भन्दा पनि प्रमुख चाहि यसको प्रादेशीक शाखालाई सक्षम बनाउनु र स्थानिय स्तरबाटै सेवा प्रदान गर्न सक्नु प्रमुख हो ।

अहिलेको निर्वाचन केन्द्रित माहोलमा दुईवटा चुनावि समिकरण देखिएको छ ,तपाईलाई कुन पक्षका उमेद्वारले इक्यानलाई माथी उठाउन सक्छ जस्तो लाग्छ ?

निश्चित रुपमा इक्यान भित्र दुइवटा प्यानल खुलेर अघि देखीएका छन् । एकातिर राजनीतिक गन्ध आएको ,व्यवसायीक हिसाबले परामर्श व्यवसाय भन्दा अन्यत्र केन्द्रित भएको प्यानल देखीएको छ जसको नेतृत्व विष्णुहरी पाण्डेले गरेका छन् भने अर्कोतिर बैचारीक हिसाबले सबैलाई समेटेको ,बर्तमान कार्यसमितिका पदाधीकारीहरुको उल्लेख्य समभागीता रहेको विशुद्ध व्यवसायीक सोच भएको,लामो समयदेखी इक्यानको गतिविधीमा प्रत्यक्ष संलग्न हँुदै आएको सक्रिय सदस्यहरुको जमात रहेको छ ।जसको नेतृत्व सरोज बस्नेतले गरेका छन् ।मेरो समर्थन र साथ व्यवसायीक हितका लागि अघि बढ्न सक्ने नेतृत्वको पक्षमा हुनेछ ।
तपाईले इक्यान भित्रका सम्पूर्ण मतदाताहरुलाई आगामी निर्वाचनमा कस्तो नेतृत्व चयन गर्न सुझाव दिनुहुन्छ ?

म समग्र व्यवसायी साथीहरुलाई व्यक्ती भन्दा पनि संस्थागत रुपमा काम गर्न सक्ने नेतृत्व छनोट गर्न सुझाव दिन्छु ।पदिय लोभमा नेतृत्व गर्न तयार हुने व्यक्तीलाई भन्दा संस्थागत भूमिका निर्वाह गर्न सक्ने नेतृत्वलाई समर्थन गर्नुपर्छ ।विशुद्ध व्यवसायीको हितमा सोचेर निरन्तर परामर्श व्यवसायमा संलग्न व्यक्तीलाई सहयोग गरेर विजयी गराउन हार्दिक अपील गर्दछु ।

 

Loading...

Similar Posts :


25

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको बताएका छन् । तर, आफूहरुको अभियान नरोकिने प्रष्ट पारे...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ । उक्त एसडी कार्ड १ टेराबाइट अर्थात् १ हजार गिगाबाइट रहेको...

संयोजकले नै फुटाले विवेकशील साझा पार्टी

संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेसंगै विवेकशील साझा पार्टी फुटेको छ । ३७ सदस्यीय केन्द्रीय समितिका...

सरकारी तवरबाटै भव्य रूपमा मनाइयो पृथ्वी जयन्ती

सरकारले राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा नदिएपनि पृथ्वीजयन्ती भने मनाएको छ ।नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक विदा दिएको छैन तर, पृथ्वी...

वैशाखसम्म पाइपलाइनबाटै तेल आपूर्ति

अमलेखगञ्ज-रक्सौल पेट्रोलियम पाइपलाइनको पाइप बिछ्याउने काम सकिए संगै बैशाख सम्ममा पाइपलाइन मार्फत तेल ल्याइने नेपाल आयल निगमले जनाएको छ । निगमले परवानीपुर खण्डमा सडकपेटी...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...