एसईई पछि प्राविधिक शिक्षा , अध्ययन पश्चात के के छन् अवसर ?

Loading...

सीप युक्त शिक्षा अर्थात् प्राविधिक शिक्षा जिविकोपार्जनसंग जोडिने शिक्षा हो । प्राविधिक विषय अध्ययन गर्ने र चाँडो जागिर खाने भन्ने लक्ष्यले विद्यार्थीहरुको यसतर्फ आकर्षण बढ्दै गएको हो । विद्यालय शिक्षाको दश बर्षे औैपचारिक पढाई पछि विभिन्न संकायको छनोट, लक्ष्य तथा भविष्यको योजना समेत यहिँ समयमा तय गरिने भएकाले विद्यार्थीका लागि एसईई पछिको अध्ययन महत्वपूर्ण हुुने गर्दछ । नेपालमा उच्च माध्यमिकतहमा विज्ञान, मानविकी, शिक्षा, व्यवस्थापन लगायतका विभिन्न संकाय उपलब्ध छन् । यसका अलवा पछिल्लो समय नेपाली विद्यार्थीहरुमा प्राविधिक शिक्षा प्रतिको पनि आकर्षण बढ्दै गएको छ ।

प्राविधीक शिक्षा सिकाईमुलक, प्रयोगात्मक तथा व्यवहारिक हुने भएकाले यस प्रति विद्यार्थीको आकर्षण बढ्दै गएको विज्ञहरुको बुझाई रहेको छ । प्राविधीक तथा व्यवसायीक तालिम मार्फत दक्ष कामदार उत्पादन गर्ने उदेश्य सहित सिटईिभिटीईका कार्यक्रमहरु संचालन भएको बताउँछन् , सिटीईभिटीका सुचना प्रवक्ता मनोज शर्मा न्यौपाने । उनका अनुसार तीन वर्षे कोर्ष अन्र्तगत प्रत्येक तीन वर्षमा करिब २० हजारको हाराहरीमा तथा १८ महिने कोर्ष अन्र्तगत करिब ३० हजारको हाराहारीमा दक्ष जनशक्ति उत्पादन हुने गर्दछन् । गुणात्मक रुपमा दक्ष तथा प्रतिस्पर्धात्मक हिसाबले सक्षम यी कामदारले स्वदेश तथा विदेशमा सजिलै काम पाउने उनको भनाई छ ।

प्राविधिक विषयमा भर्ना हुन चाहने विद्यार्थीको मापदण्ड
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले एसईई उत्तीर्ण विद्यार्थीलाई प्राविधिक विषयमा भर्ना हुन एसईईमा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ‘डी प्लस’ ल्याएका विद्यार्थीले पनि डिप्लोमा कोर्समा भर्ना हुन पाउछन् तर स्वास्थ्य विषयको डिप्लोमा कोर्सका लागि भने जिपिए कम्तीमा दुई, अङ्ग्रेजी, गणित र विज्ञानमा ‘सी’ ल्याएको हुनुपर्छ । कृषि र वनमा डिप्लोमा कोर्स पढ्नको लागि अङ्ग्रेजी, गणित र विज्ञानमध्ये दुई ओटामा ‘सी’ र एउटामा ‘डी प्लस’ भए पनि भर्ना हुन पाउछन् ।

नेपालमा उपलब्ध प्राविधीक विषय र रोजगारीको अवसर
स्टाफ नर्स
पछिल्लो समय नेपालमा नर्सिङ पेशा तर्फ आकर्षित हुने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । यस संकायको अध्ययन पश्चात अस्पताल क्लिनिक, नर्सिङ होम लगायतका स्थास्थ्य केन्द्रमा रोजगारी पाईने भएकाले यस प्रतिको आकर्षण बढ्दै गएको हो । मर्यादित तथा सम्मानिय पेशाको रुपमा परिचित स्टाफ नर्सको अध्ययन गरेका विद्यार्थीको विदेशमा समेत धेरै माग हुने गरेको छ । बिरामीको हेरचाह गर्ने दायित्व बोकेका नर्सहरुको जागिर, तलब लगायतका सुविधा व्यस्थस्थित हुने भएकाले यस प्रति विद्यार्थीको आकर्षण बढ्दै गएको हो । नेपाल सरकारद्वारा लोक सेवा अन्र्तगत पाँचौ तहमा छुट्याएको यो विषयलाइृ स्वदेश तथा विदेशमा समेत राम्रो प्राविधीक विषयको रुपमा लिइन्छ । नर्सिङ्ग त्रिभुवनविश्वविद्यालय ,विर अस्पताल,काठमाण्डौँ विश्वविद्यालय, पिएएचएस, तथा सिटीइभिटी अन्र्तगत तीन वर्षमा अध्यापन गराइन्छ ।

(एच ए )हेल्थ असिन्टेन्ट

सिटीइभिटीबाट सम्बन्धन प्राप्त कलेजहरुमा मात्र अध्ययन गर्न पाईने यो विषय तीन वर्षे कोर्ष हो । हेल्थ साईन्स, कम्युनिटी, व्यवस्थापन लगायतका सैद्धान्तिक तथा प्रयोगात्मक विषयको अध्ययन गरिने स्वास्थ्य सहायक एसईई दिएर बसेका विद्यार्थीका लागि अर्काे आकर्षक विषय बन्न सक्छ । यसका अलावा एच ए को अध्ययन पछि बिपीएच एमविबिएसको पनि अध्ययन गर्न सकन्छ । यो विषको अध्ययन पछि अस्पतालमा हेल्थ असिसटेन्ट, प्र्रशिक्षक, नेपाल सरकारा अन्र्तगत संचालित प्राथमिक स्थास्थ्य चौकीको ईन्चार्ज तथा यस्ता संस्थामा सहायक पारामेडीकल स्टाफको रुपमा जागिर पाईन्छ । यसका साथै सरकारी तथा गैरकारी संस्थामा समेत जागिर पाईने भएकाले पनि यस प्रति विद्यर्थीको आकार्षण बढ्दै गएको हो ।
ल्याब टेक्निसियन
सिटीइभिटीबाट अन्र्तगत अध्ययन गरिने यो कोर्षले अस्पताल, क्लिनिक, ल्याब लगायतका स्वास्थ्य क्षेत्रमा ल्याबसंग सम्बन्धित सम्पूर्णकुराको परिक्षण गर्न सिकाउँछ । अध्ययनको समय तीन वर्ष तय भएको यो कोर्षको अध्ययन पश्चात ल्याब अन्र्तगत रगत परिक्षण गर्ने, युरिन परिक्षण गर्ने, स्टुल, कल्चर, सेन्सीभिटी रिपोर्ट आदिको परिक्षण गर्ने गरिन्छ । छोटो समयको अध्ययन पछि स्वदेश तथा विदेशमा रोजगारी पाउने राम्रो संभावना बोकेको यो विषय एसईई दिएका विद्यार्थीको लागि छनोटको विषय बन्न सक्छ ।
डिप्लोमा ईन फार्मेशी
यो पनि तीनवर्षे कोर्ष हो । सिटीईभिटी अन्र्तगत अध्ययन गरिने यो कोर्षमा विशेषत स्वास्थ्य शिक्षा, समुदाय तथा फार्मेशी सम्बन्धी अध्ययन गरिन्छ । विद्यार्थीले फार्मेशीमा डिप्लोमा गरिसके पछि आफैले फार्मेशी खोलेर औषधी बेच्न सक्छन् , हेल्थल्याब्रोटरी तथा औषधी उत्पादन गर्ने कम्पनी, स्वास्थ्य तथा औषधी प्रयोगशाला, औषधी विभाग तथा नेपाल सरकार अन्र्तगत संचालनमा रहेका सरकारी अस्पतालमा काम गर्न सक्छन् । अध्ययन पश्चात खाली बस्न नपर्ने भएकाले पछिल्लो समय यो कोर्ष पनि विद्यार्थीहरुको आकर्षणको विषय बनेको छ । यसका साथै यसको अधययन पछि नेपाल सरकार अन्र्तगत संचालनमा रहेका सरकारी अस्पतालमा जागिर पाईन्छ । अध्ययन पश्चात खाली बस्न नपर्ने भएकाले पछिल्लो समय यो कोर्ष पनि विद्यार्थीहरुको आकर्षणको विषय बनेको छ ।
रेडियोग्राफी
रेडियोलोजिकल अनुसन्धानसंग सम्बन्धित अध्ययन हुने तीनवर्षे रेडियोग्राफी कोर्ष सटीईभिटी अन्र्तगत पढाईन्छ । यो विषयमा विशेषत एक्स रे मेसिन तथा रेडियो डाईग्नोसिसको काम एवम् संचालनबारे अध्यापन गराइन्छ । सिटी स्क्यान, एमआरआई जस्ता आधुनिक प्रविधीको विकास संग संगै स्थास्थ्य संस्था तथा अस्पतालहरुमा यस्ता प्रविधीकको माग तथा आवश्यकता बढेसंगै यसको अध्ययन गर्ने विद्यार्थीको संख्या पनि बढिरहेको छ ।
कृषि
पछिल्लो समय नेपालमा कृषि सम्बन्धी अध्ययन गर्ने विद्यार्थीको संख्या पनि बढ्दै गएको छ ।सिटीईभिटी अन्र्तगत पढाईने तीनवर्षे यो कोर्षको मुख्य उदेश्य आधुनिक कृषि सम्बन्धी ज्ञान तथा प्रविधीको उपयोग गर्न्ु हो । कृषिमा आधुनिकता ल्याउने उदेश्यले यो विषयलाई अध्ययनको पाटो बनाउँदा नेपालको कृषि क्षेत्रमा आमुल परिवर्तन हुन सक्छ । यो कोर्षको अध्ययन पश्चात नेपाल सरकारको कृषि मन्त्रालय अन्र्तगत तथा जिल्लाहरुमा जे.टि.ए पदमा समेत रोजगारी पाउँन सकिन्छ ।
डेन्टल
दाँत सम्बन्धी अध्यापन गराईने तीन बर्षे कोर्ष सर्टिफिकेट ईन डेन्टल साईन्स सटीईभिटी अन्र्तगत पढाईने गरिन्छ । यो कोर्ष अन्र्तगत डेण्टल हाईजिन, दाँत उखेल्ने, मिलाउने, भर्ने तथा दाँत सफा गर्ने तरिका लगायतका समान्य दाँतको उपचार सम्बन्धी पढाईने गरिन्छ । उच्च शिक्षा अन्र्तत बिडीएस तथा डाक्टर पढ्न सकिने यो विषयको अध्ययन पछि अस्पताल तथा क्लिनीक लगायतका स्वास्थ्य संस्थामा जागिर पाईन्छ ।
ओभरसियर
सिटीईभिटी अन्तर्गत पढाईने तीनवर्षे कोर्ष ओभरसियर पनि पछिल्लो पटक विद्यार्थीहरुको आकर्षणको विषय बनिरहेको छ । यो कोर्ष अन्र्तगत सिभील, ईलेक्ट्रिकल, सर्भे, ईलेक्ट्रोेनिक मेकानिकल, कम्प्युटर ,अटोमोबाईल ,आर्किटेक्चर जस्ता ईन्जिनियरिङ विधाको अध्यापन गराइन्छ । विशेषत पुरुषको आकर्षण रहेको यो विषयको अध्ययन गरेकाहरुको नेपालमा अत्याधिक माग रहेको छ । घर, राजमार्ग, हाइृड्रोपावर, औद्योगिक क्षेत्र, कम्प्युटर जस्ता संरचनाको चित्र कोर्ने, योजना बनाउने, नक्शा कोर्ने आदि अध्ययन गरिने यो विषय प्रति आकर्षण हुने विद्यार्थीको संख्या बढिरहेको छ । यसका साथै लोक सेवा आयोग मार्फत राम्रो जागिरको पनि संभावना रहेको हुन्छ ।
बनविज्ञान
वनजंगल सम्बन्धी अध्ययन गरिने यो कोर्ष नेपालमा सिटीईभिटी अन्र्तगत पढाईने गरिन्छ । यो कोर्ष अध्ययनको उदेश्य वन जंगलको संरक्षण सम्बन्धी अध्ययन गर्नू हो । यो कोर्षको अध्ययन पश्चात नेपाल सकारको वन मन्त्रालय अन्र्तगत तथा जिल्लामा रेन्जर पदमा काम गर्न सकिन्छ । उच्च शिक्षा समेत हासिल गर्न सकिने यो कोर्ष पनि विद्यार्थीको आकर्षणको विषय बनिरहेको छ ।

माथि उल्लेखित विषयका अलवा सटईिभिटीईले प्रमाणपत्र तहको नेत्रविज्ञान ,अफ्थाल्मिक, सामान्य आयुर्वेद चिकित्सा, अक्कुपन्चर, अकुप्रेसर पढाउने गर्दछ । त्यस्तै डिप्लोमा अन्र्तगत जियोम्याटिक्स इञ्जिनियरिङ,इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, अटोमोबाइल इञ्जिनियरिङ , इन्फर्मेसन टेक्नोलोजी,आर्किटेक्चर इञ्जिनियरिङ , बायोमेडिकल इक्विपमेन्ट इञ्जिनियरिङ, एग्रिकल्चर बाली विज्ञान , एग्रिकल्चर भेटेरिनरी साइन्स , इन्टरप्रेनरशिप डेभलपमेन्ट लगायतका विषयमा पनि सिटीईभिटीले पढाउने गर्दछ । एसईई दिएर बसेका तथा प्राविधीक शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीका लागि सिटीईभीटी मार्फत पढाईने विषयहरु प्रभावकारी हुने गरेका छन् ।

 

Loading...

Similar Posts :


7

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरेर २४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।...

फेरी सुरू भयाे माअाेवादी र एमालेकाे बिचकाे किचलाे,प्रधानमन्त्रीको कार्यशैली माथि नै प्रश्न ?

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकमा विवादित विषय भन्दा शीर्ष नेतृत्वमा देखिएको एक...

तामाकोसी आयोजना समयमै सम्पन्न हुन्छ – अाेली

प्रधानमन्त्री केपी ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्धारित समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आयोजना निर्माण गर्न सरकारका कुनै निकायले ढिलासुस्ती...

नेपाली प्रधानमन्त्रीलार्इ भारतमा ‘गार्ड अफ अनर’ प्रदान

भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ‌ओलीलाई शनिबार ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । राष्ट्रपति भवनमा शनिबार बिहान एक समारोहबीच ओलीलाई ‘गार्ड अफ अनर’...

एसईई पछि प्राविधिक शिक्षा , अध्ययन पश्चात के के छन् अवसर ?

सीप युक्त शिक्षा अर्थात् प्राविधिक शिक्षा जिविकोपार्जनसंग जोडिने शिक्षा हो । प्राविधिक विषय अध्ययन गर्ने र चाँडो जागिर खाने भन्ने लक्ष्यले विद्यार्थीहरुको यसतर्फ आकर्षण...

फेकनले गर्यो आफ्नो बार्षीक कार्यक्रम सार्वजनिक

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फेकनले आफ्नो बार्षीक कार्यक्रम सार्वजनिक गरेको छ ।फेकनले शैक्षिक परामर्श आचार संहिता २०७४ जारी गर्दै बार्षीक क्यालेण्डर सार्वजनिक गरेको...
Loading...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा...

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको...

विज्ञान र प्रविधिको प्रयोग गरेर आर्थिक विकास गर्नुपर्छ – मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोगगरी आर्थिक विकासको वातावरण...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा सम्पन्न

फेरि करछलीमा मुछिए मेस्सी

डा. नम्रता खड्का तथा हेली गुरुङ्ग भए मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनल

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

‘मिष्टर एण्ड मिस एसइई आइकन–२०१८’ को उपाधि रिकिश चित्रकार र सरस्वती सरु बुढाथोकी को हातमा

पाँचौ संस्करणको मिसेस मंगोल नेपालको ट्यालेन्ट शो सम्पन्न (फोटो फिचर)

‘मिस नेपाल आईडल २०१८’ का प्रतियोगीले देखाए प्रतिभा (फोटो फिचर)

रामचन्द्रलाई उज्यालोले धोका दिएपछि…(भिडियोसहित)

मिसेस तामाङ्गको सक्सेस पार्टीमा कानून,न्याय तथा ससंदीय व्यबस्था मन्त्री शेर बहादुर तामाङ्गबाट विजेतालाई प्रमाण पत्र वितरण